काठमाडौं,जेठ २० गते मंगलवार । सरकारले २०७७ साल जेठ २५ गतेसम्म कर दाखिला गर्नका लागि निर्देशन दिएको छ। सरकारले आगामी ५ दिनभित्र अर्थात जेठ २५ गतेसम्म कर दाखिला गर्नका लागि निर्देशन दिएको हो।
आन्तरिक राजस्व विभागले मंगलवार एक सूचना जारी गर्दै सरकारले अन्तिम पटक जेठ २५ गतेलाई कर तिर्ने समयसीमा तोकेकोमा लकडाउन अवधि बढे पनि कर तिर्ने समय भने यथावत रहेको जनाएको हो।
सूचना अनुसार गत चैत, वैशाख र जेठ सम्ममा बुझाउनुपर्ने मूल्य अभिवृद्धिकर, भ्याट, अन्तःशुल्कलगायतका सम्पूर्ण कर बझाउनका लागि विभागले सूचित गरेको हो। साथै निर्धारित समयमा नै निर्धारित कर नबुझाए शुल्क, थप दस्तुर, व्याज, तथा जरिवाना लाग्ने समेत विभागले जनाएको छ।
सरकारले सार्वजनिक सूचना नै निकालेर पछिल्लो पटक कर तिर्न बढाइएको म्यादभित्र कर तिर्न दबाव दिएको हो।सूचना बमोजिम व्यवसायीले जरिवानाबाट बच्न जेठ २५ गतेभित्रै कर तथा विवरण पेश गरिसक्नु पर्नेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !