काठमाडाैं,जेठ २० गते । चीनबाट सुरु भएकाे कोरोनाभाइरस अर्थात् कोभिड-१९ का कारण मृत्यु हुनेकाे संख्या ३ लाख ७७ हजार ३९७ पुगेकाे छ । पछिल्लाे तथ्यांकअनुसार मंगलबार बिहानसम्म संक्रमितकाे संख्या ६३ लाख ६५ हजार १७३ पुगेकाे छ ।
कुल सङ्क्रमितमध्ये २९ लाख भन्दा धेरै उपचारपछि घर फर्किएका छन् । वर्ल्डो मिटर्सका अनुसार अहिलेसम्म काेराेना संक्रमितमध्ये २९ लाख ३ हजार ३८२ जना उपचारपछि घर फर्किसकेका छन् ।
याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा साढे ७ गुणा बढी हाे । पछिल्लाे समय काेराेना संक्रमति निकाे हुनेकाे संख्या बढ्दै गइरहेकाे छ । साेमबार मात्रै १ लाख बढी संक्रमित निकाे भएर घर फर्किएका छन् ।
कुन देशकाे अवस्था कस्ताे ?
अमेरिका
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा १ लाख ६ हजार ९२५ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १८ लाख ५९ हजार ३२३ पुगेकाे छ ।
संक्रमितमध्ये ६ लाख १५ हजार ४१६ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ११ लाख ३६ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १६ हजार ९४९ अवस्था गम्भीर रहेको छ ।
ब्राजिल
ब्राजिलले अमेरिकालाई पछ्याइरहेकाे देखिन्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या ५ लाख २९ हजार ४०५ पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या ३० हजार ४६ पुगेकाे छ ।
कुल संक्रमितमध्ये २ लाख ११ हजार ८० जना भने पूर्णरूपमा निका भइसकेका छन् । अहिले त्यहाँ त्यहाँ २ लाख ८८ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।
रूस
अहिलेसम्म रूसमा ४ लाख १४ हजार ८७८ मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने ४ हजार ८५५ पुगेकाे छ ।
कुल संक्रमितमध्ये १ लाख ७५ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ २ लाख ३४ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
स्पेन
कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ८६ हजार ७१८ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २७ हजार १२७ जनाले ज्यान गुमाएका छन् ।
कुल संक्रमितमध्ये १ लाख ९६ हजार ९५८ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ६२ हजारमा कोरोना सक्रिय रहेको छ । तीमध्ये ६ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
बेलायत
अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत पर्छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३९ हजार ४५ पुगेकाे छ ।
संक्रमितकाे संख्या भने २ लाख ७६ हजार नाघेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । अहिले पनि त्यहाँ २ लाख भन्दा धेरैमा काेराेना सक्रिय रहेकाे छ ।
इटाली
काराेनाभाइसकका कारण धेरै मृत्यु हुनेमा इटाली पनि पर्छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३३ हजार ४७५ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख ३३ हजार बढी कोरोनाबाट संक्रमित भएका छन् ।
कुल संक्रमितमध्ये १ लाख ५८ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ४१ हजारमा काेराेना सक्रिय रहेकाे छ भने ४२४ काे अवस्था गम्भीर रहेकाे छ ।
भारत
छिमेकी मुलुक भारत अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे छ । एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएकाे छ ।
अहिलेसम्म भारतमा १ लाख ९८ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण ५ हजार ६०८ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये ९५ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले त्यहाँ ९७ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।
फ्रान्स
कोरोनाले भयावह बनाएकाे अर्काे देश हाे, फ्रान्स । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ८९ हजार २२०पुगेकाे छ भने मृत्यु हुनेको संख्या २८ हजार ८८३ पुगेको छ ।
संक्रिमतमध्ये ६८ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९१ हजारमा काेरोना संक्रिय रहेको छ । तीमध्ये १ हजार ३०२ जनाकाे अवस्था भने गम्भीर रहेको छ ।
जर्मनी
जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ८३ हजार ७६५ पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ८ हजार ८१८ पुगेको छ । अहिले त्यहाँ ९ हजारमा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ६५ हजार ९०० भने पूर्णरुपमा निको भइसकेका छन् ।
टर्की
टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ६४ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ४ हजार ५६३ काे मृत्यु भएकाे छ । संक्रमितमध्ये १ लाख २८ हजार भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ३१ हजारमा काेराेना सक्रिय रहेकाे छ ।
इरान
इरानमा टर्कीभन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ७ हजार ८७८ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख ५४ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख २१ हजार निकाे भएका छन् । अहिले त्यहाँ २५ हजारमा मात्रै काेराेना सक्रिय रहेकाे छ ।
पेरू
पेरूमा पनि काेराेना संक्रमितकाे संख्या १ लाख ७० हजार पुगेकाे छ । अहिलेसम्म त्यहाँ काेराेनाका कारण ४ हजार ८३४ जनाकाे मृत्यु भएकाे छ । कुल संक्रमितमध्ये ६८ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ९६ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।
चीन
कोरोनाको उद्गम स्थल चीनमा भने अहिले ७३ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार ३१५ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८३ हजार २२ जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।
नेपाल
नेपालमा पनि अहिलेसम्म काेराेना संक्रमितकाे संख्या १ हजार ८ सय ११ पुगेकाे छ । संक्रमितमध्ये २११ जना पूर्णरूपमा निकाे भएका छन् भने ८ जनाकाे ज्यान गएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !