धनगढी,जेठ १९ गते सोमबार । खप्तड डेरी प्रालीले उत्पादन गर्दै आएको निको दुधमा किरा भेटिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर -५ स्थित हसनपुरका तिलक बोगटीले खरिद गरेको दुधमा किरा भेटिएको छ ।

‘खप्तड डेरीले उत्पादन गर्दै आएको निको दुध दैनिक उपभोग गर्दै आएको छु,’ बोगटीले भने, ‘आज खरिद गरिएको दुधमा किरा भेटिएको छ। यसरी दैनिक उपभोग्य खाद्य पदार्थमा किरा भेटिनु लापरवाही हो।’
उता निको दुध उत्पादन गर्ने कम्प्नी खप्तड डेरी ईन्ड्रस्टीज प्रालीले पनि किरा भेटिएको हुन सक्ने बताएको छ। खप्तड डेरीमा लेखा हेर्दै आएकी अनुपमा भट्टले उपभोक्ताबाट गुनासो आएको र आफुहरुले गल्ती स्वीकार गरिसकेको बताईन्।
‘दैनिक हजार लिटर भन्दा बढी प्याकिङ्ग हुन्छ’ भट्टले भनिन् ‘प्याकिङ्ग गर्दा ब्यापार मार्फत गएको हुन सक्छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया !