काठमाडौं,जेठ १९ गते । सशस्त्र प्रहरी बल नेपालले नेपाल भारत सीमानाकाको सुरक्षामा थप कडाइका लागि दुई सय जनालाई तत्काल तराईका जिल्लामा पठाउने भएको छ ।
जसमा दक्षिण एशियाली खेलकुद सागमा समावेश भएका एक सय खेलाडीलाई पनि पठाइने भएको छ । सशस्त्रले केन्द्रबाट नै खेलाडीसँगै अन्य करिव दुई जनाको टोलीलाई प्रदेश २ का विभिन्न जिल्लामा खटाउने जनाएको छ ।
एपीएफबाट अहिले २५० जना खेलाडीहरु उपत्यकाका विभिन्न युनिटमा परिचालन भएको र ५०–६० जना पदक विजेता खेलाडीहरुलाई भने एपीएफ क्लबमै राखिएको छ ।
आवश्यक परेमा ती पदक विजेता खेलाडीहरुलाई पनि परिचालन गर्ने एपीएफले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !