एजेन्सी,जेठ १९ गते । कोरोनाभाइरस महामारीका बावजुद भारत र चीनको सीमाक्षेत्र लद्दाखस्थित दुई देशका सेनाबीच विवाद चरमउत्कर्षमा पुगेकाे छ । तनाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सैन्य हतियार र सैनिक बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

लद्दाखमा विगत २५ दिनदेखि भारतको लद्दाखमा पर्ने चीन र भारत सीमामा विवाद हुँदै आएको छ । पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र विवादलाई लिएर दुबै देशका सैनिकहरू हाल आमुन्नेसामुन्ने भएपछि त्यहाँ तनाव बढ्दै गएको हो ।
सैन्य तथा कुट्नीतिक स्तरमा उत्पन्न तनावलाई रोक्ने प्रयासहरू जारी नै रहेको अवस्थामा दुबै देशले सम्भावित भिडन्तलाई ध्यानमा राख्दै सैनिक, हतियार र तिनको गतिविधि बढाएका हुन्।
टाइम्स अफ इण्डियाले श्रोतलाई उदृत गर्दै चिनियाँ सेनाले पूर्वी लद्दाखको नियन्त्रण रेखा नजिक आफ्नो सैन्य रणनीति अन्तरगत आर्टलरी बन्दुक, पैदल सेनाको लडाई सवारी साधन र भारी सैन्य उपकरणहरु क्रमिकरूपमा थपिरहेको जनाएको छ ।
यसैगरी भारतीय सेनाले पनि त्यहाँ अतिरिक्त सैनिकको साथसाथै उपकरण र तोपखानाको बन्दुक जस्ता हतियारहरू बढाउन सुरू गरेको छ । भारतीय वायुसेनाले त्यहाँ कडा हवाइ निरिक्षण गरिरहेको टाइम्स अफ इण्डियाले जनाएको छ । यध्यपी यसको आधिकारिक संख्या पुष्टि हुन सकेको छैन ।
यस महिनाको सुरूमा चिनियाँ सेना र भारतीयबीच झडप समेत भएकाे थियाे । सीमामा घुसपैठ गर्न खोजेपछि भारतीय सेना टाेलीलाई चिनियाँ सेनाले नियन्त्रणमा पनि लिएकाे थियाे । भारतीय सेनाले चिनियाँ सेनाले आफ्नो घूसपैंठको गर्न खाेजेकाे बताउँदै अाएकाे छ ।
भारतीय सेनाले चीनको यस कदमलाई आफूमाथि दबाब बढाउने चिनियाँ रणनीति भएको निष्कर्ष निकालेको छ। ‘हामी चिनियाँहरूको यो चलाखीका बारेमा सचेत छौं। भारतीय सेना आफ्नो अडानमा अडिग छ र यी क्षेत्रमा पूर्वतः अवस्था नआउँदासम्म हामी केही स्वीकार गर्ने छैनौं,’ एक वरिष्ठ भारतीय सैन्य अधिकारीले भने ।
अघिल्लो शुक्रबार भारतीय सेना प्रमुख एमएम नाराभान पूर्वी लद्दाखस्थित सिमानाको अवस्था बुझ्न भन्दै त्यहाँ पुगेकाे थिए । भारतीय सेनाको गस्तीमा चिनियाँ सेनाले बाधा पुर्याएको भारतीय पक्षको भनाइ छ । साथै भारतको सार्वभौमसत्ता र सुरक्षाको लागि आफूहरु प्रतिबद्ध रहेको भारतीय सेनाले जनाएको छ ।
भारत र चीनका फौजहरुबीच प्योंग्यांग त्सो लेकस्थित केहीअघि भनाभन भएको थियो । साथै भारतीय पक्षले त्यस लगायत तीन स्थानमा आफ्नो भूमि चीनले कब्जा गरेको दावी गर्दैआएको छ ।
चिनियाँ सिपाहीहरुले सीमा क्षेत्र नै पार गरी भारतीय भूमिमा बस्न थालेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !