Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

दरबार हत्याकाण्ड राजा वीरेन्द्रको वंशनाश गरिएको त्यो दिन १९ वर्ष बिते तर रहस्य अझै इतिहासकै गर्भमा

काठमाडाैँ, जेठ १९ गते सोमबार । आजभन्दा ठीक १९ वर्षअघि आजकै दिन नेपालको इतिहासमा कालाे पाेतिएकाे थियाे । त्रासदीमय त्याे घटना ‘कालरात्रि’का रूपमा नेपाली इतिहासमा दर्ज छ । त्याे थियाे- लाेकप्रिय राजा वीरेन्द्र शाहकाे वंशनाश हुनेगरी रचिएकाे दरबार हत्याकाण्ड । १९ वर्ष बिते तर घटनाकाे रहस्य अझै इतिहासकै गर्भमा छ ।

तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका १० सदस्यले ज्यान गुमाउनुपरेको त्याे त्रासदीमय घटना २०५८ साल जेठ १९ गते शुक्रबार राति नारायणहिटी दरबारमा घटाइएकाे थियाे । राजा वीरेन्द्रसहित रानी ऐश्वर्य राज्यलक्ष्मी, छोरा युवराज दीपेन्द्र, छोरा राजकुमार निराजन र छोरी राजकुमारी श्रुति मारिएर एक जनप्रिय राजाकाे वंशनाश गरिएकाे थियाे ।

त्यस घटनामा गाेलीकाे सिकार भएका राजा वीरेन्द्रको साेही राति निधन भएपछि अस्पतालमा अचेतावस्थामै रहेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो । जेठ २२ मा दीपेन्द्रको पनि मृत्यु भएको घोषणा गरिएसँगै वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र राजा बनेका थिए । तर राजा ज्ञानेन्द्रकाे सत्ता धेरै समय टिकेन ।

राजा वीरेन्द्र लगायतकाे शवयात्रा समेत कर्फ्यु लगाइएपछि र सर्वसाधारणलाइ श्रद्धाञ्जली समेत अर्पण गर्न नदिएर हतारमै उनकाे दाहसंस्कार गरिएकाे लगायत हर्कतका कारण आम जनतामा शंका र आक्राेशकाे आगाे झन् दन्काइदिएकाे थियाे । तर पनि कर्फ्यू अवज्ञा गरेर जनताहरू घरका छत र सडकभरि राजा वीरन्द्रकाे शवयात्राका क्रममा देखिएका थिए ।

दरबार हत्याकाण्डको सात वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको समाप्ति भई गणतन्त्रको उदय भयो । उच्च सैन्य घेराभित्र रहेको नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको रहस्य अहिलेसम्म खुल्न सकेको छैन ।

देशमा धेरै परिवर्तन र उथपुथल भए, दर्जनजति सरकार फेरिए । तर घटनाकाे रहस्य उक्काउन कसैले सकेन । अब न त प्रर्याप्त प्रमाण र तथ्य जाेगाइएका छन्, न हालसम्म जीवित याे घटनाका प्रत्यक्षदर्शीहरू नै बक फुटाउन चाहन्छन् ।

तत्कालीन सभामुख तारानाथ रानाभाट तथा प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय सम्मिलित उच्चस्तरीय छानबिन समितिले सो घटनाको दोषी दीपेन्द्रलाई देखाई प्रतिवेदन सार्वजनिक गरेको थियो । सो समितिले घटनासँग जोडिएका पात्रहरूको बयानलाई आधार बनाएर प्रतिवेदन तयार पारेको थियो । तर साे प्रतिवेदनप्रति आम जनताकाे विश्वास लागेन र घटना अहिले पनि शंकाकै घेरामा रहेकाे छ ।

पछि संविधानसभाबाट संविधान जारी हुनअघि र पछि तराई मधेसमा भएका हिंसात्मक आन्दोलनको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले क्षेत्राधिकार नाघेर प्रतिवेदनमा ‘राजदरबार हत्याकाण्ड’ लगायत विषय पनि समेटेको थियाे । तत्कालीन राजपरिवारको हत्या कसले गर्यो भन्ने विषय विवादित रहेकै अवस्थामा आयोगको प्रतिवदेनमा ‘युवराज दीपेन्द्र’ले अरुको हत्या गरेर आफूले आत्महत्या गरेको’ उल्लेख छ । तर यसमा पनि भरपर्दाे तथ्य नभएकाे भनेर जनताले पत्याउने अवस्था रहेन ।

हत्याकाण्डलगत्तै तत्कालीन राजा ज्ञानेन्द्रकाे निर्देशनमा घटना भएकाे त्रिभुवन सदनलाई भत्काउन लगाइएकाे थियाे । हत्याकाण्डको खास रहस्य पत्ता लगाउन नसकिए पनि नारायणहिटी संग्रहालयले दरबार त्रिभुवन सदनकाे पुनर्निर्माण गरेको छ । दरबार हत्याकाण्ड भएको स्थानको स्मरण गराउन त्रिभुवन सदन निर्माण गरी संग्रहालयका रुपमा संरक्षण गरिएको हो ।

अहिले नारायणहिटी दरबारलाई संग्राहलय बनाइएको छ । गत वर्षदेखि राजाले लगाउने गरेको श्रीपेचका साथै सुनकाे राजदण्ड समेत सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएकाे छ । तर अबका सयाैँ वर्ष पनि याे हत्याकाण्डकाे रहस्य भने इतिहासकै गर्भमा तुहिएर जाने हाे कि ?

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh