नवलपरासी,जेठ १९ गते सोमबार ।
पश्चिम नवलपरासीको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठिप्रसौनीको कमान्डमा सिमामा खटिएका सशस्त्र प्रहरीले दिन र रातको समयमा लाइन खाएर भारतबाट अवैध रूपमा किराना पसल तथा मल खादहरु तस्कर गराउन सक्रिय भइरहेको पाएको छ ।
सिमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीनै नेपाल भारतको सिमा छेउछाउ बस्ने स्थानीय तस्करहरुसंग मिलेर भारी मात्रामा किराना पसलको सामान,गुट्का,चिनी र मलखाद जस्ता सामग्री सुस्ता ५ को मुख्य नाका बनकट्टी र प्रतापपुर ५ को बसहिया नाकाबाट गएराती भारत तर्फबाट अवैधरूपमा मालसामानहरु नेपाल भित्र्याउने क्रममा ईलाका प्रहरी कार्यालय बेलाटारीले करिब २ लाख बराबरको सामग्री बरामद गरेको छ ।
रामनगर प्रहरी चौकीका इन्चार्ज जनक थापा र ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेको नेतृत्वमा गएको गस्ती टोलीले सो अवैध सामग्रीहरु सुस्ता ५ बनक्ट्टीको मुख्यनाकामा सुरक्षाका लागी राखिएको सशस्त्र प्रहरीको अस्थाई पोस्टको बाटो हुदै भारतबाट नेपाल भित्र्याउने क्रममा पोस्ट देखी करिब ५० मिटरको दुरिमा नेपाल प्रहरीले बरामद गर्न सफल भएको हो ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठिप्रसौनीका टिमले सिमा नाकामा खटाएका सशस्त्र प्रहरीहरुलाई रातीको समय २ घण्टाको सिमा खाली गर्ने गरेको नाम नबताउने सर्तमा एक सशस्त्र प्रहरीले बताए ।
यति मात्र नभएर सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीको मिलोमतो यसरी सिमामा तस्कर हुन सक्ने उनले व्यक्त गरे । सिमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले स्थानीयको सानोतिनो काम वा औषधि जस्ता सामान पनि आउन भारतबाट आउन नदिने तर रातीको समयमा बोर्डरनै दुई घण्टाको लागी तस्करहरुको लागी खुल्ला गरिदिने गरेको स्थानीयबासीले आरोप पनि लगाएको छ ।
एउटा सिमामा बाक्लो रूपमा सुरक्षाका लागी खटिएको सशस्त्र प्रहरीले तस्करी भएको नदेख्ने सिमा देखि करिब १५ किलोमिटरको दुरिमा रहेको ईलाका प्रहरी कार्यालय बेलाटारीले तस्करी भएको अवैध सामग्री सिमामा रहेको सशस्त्र प्रहरीको पोष्ट नजिकबाटै बरामद गर्नुनै प्रष्ट हुन कि सशस्त्र प्रहरीको मिलोमतोमा सिमामा तस्करी भइरहेको छ ।
गएराती सुस्ता र प्रतापपुरबाट बरामद गरेको अवैध सामग्री सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठिप्रसौनीको एरियामा पर्ने गर्छ । पछिल्लो समय यता जिल्ला प्रहरी कार्यालय परासीमा आउनु भएको एसपी अजय केसिको सक्रियतामा नेपाल प्रहरीले धमाधम अवैध सामग्रीहरु बरामद गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !