दिनेश्वर गुप्ता
लहान, १९ जेठ । सिरहाको मिर्चैया ३ मा घुमुवा प्रहरीको आतंकले स्थानीयवासी त्रसित छन् । मिर्चैया नगरपालिका वडा नम्बर ३ बलुवामा जेठ १८ गते राती काँग्रेस र माओवादी कार्यकर्ताबीच विवाद भएको थियो । विवाद पश्चात एक अर्कामाथी प्रहरीमा जानकारी दिएको थियो । प्रहरीले विवादमा संलग्नलाई खोजतलास गर्नुपर्ने हो ।
तर, जनप्रतिनिधिहरुको दवावमा घुमुवा प्रहरीले राष्ट्रिय जनता पार्टी नेपालका युवा नेता खगेश्वर गोहिवारलाई मानसिक तनाव दिँदै आएको छ ।
प्रत्यासी वडाध्यक्ष समेत रहेका गोहिवारलाई विना कसुर प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रतिकार गरी उनलाई रोकेका छन् । प्रत्यासी वडाध्यक्ष गोहिवार भन्छन् — ‘म खेतमा काम गरिरहेका थिए ।’ ‘तीन घुमुवा प्रहरी मेरो घरमा आएर नाना थरीको क्रियाकलाप गर्न थाले ।’ ‘केही छिनमा म खेतबाट घर आए ।’ ‘घुमुवा प्रहरीले चारैतीरबाट तनाव दिन थाले ।’ ‘केही छिनमा प्रहरी भ्यान आयो ।’ ‘मलाई जबजस्ती भ्यानमा कोच्न थाले ।’ ‘स्थानीयले किन के कारणले निर्दोष मान्छेलाई लैजान खोजेको हो भन्दै प्रहरीको नियन्त्रणमा जान नदिएको हो ।’ घुमुवा प्रहरी रोहित, शत्रुधन मण्डल र बबलु भनिने गोहिवारलाई तनाव दिन गएका थिए । प्रत्यासी वडाध्यक्ष गोहिवारलाई प्रहरीले पटक पटक तनाव दिँदै आएको छ । यसवारे ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवारसंग मोवाईल नम्बर ९८५२८३४३४२ मा पटक पटक सम्पर्क गर्दा फोन उठाउँनु भएन । मुस्कानसहित प्रहरी सेवा भन्छन् । यहाँ राजनीतिक प्रतिशोधको कारण पटक पटक प्रत्यासी वडाध्यक्ष गोहिवारलाई मानसिक तनाव दिने गरेको स्थानीयहरु बताउँछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !