जन प्रभाब-सम्बादाता / २०७७ जेठ १७ गते सनिवार.
लहान । जिल्ला प्रहरी कार्यालय सिरहाले ७ दिने योगा शिविर सनिवारबाट शुरु गरेको छ।


पतंजली योग समिति सिरहाको सहयोगमा जिल्ला प्रहरी कार्यालय सिरहाले सात दिने योगा शिविर शुरु गरेको हो।
कोरोना भाइरस (कोभिड – १९ ) को कारण प्रहरी कर्मचारीहरु बिच मानसिक तनाव वृद्धि हुनसक्ने अबस्थालाई मध्यनजर गर्दै तनाव व्यबस्थापनको निम्ति योगा शिविर सुरु गरेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सिरहामा सनिवार देखि शुरु गरिएको सो शिविर ७ दिन सम्म चल्ने एसपी चतुर्बेदीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !