सिरहा,जेठ १७ गते सनिवार ।
लागुऔषध मुद्दामा थुनाबाट फरार भएका एकजना पुन-पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाको हिरासत कक्षमा रहेका लागुऔषध मुद्धाका अभियुक्त शुक्रबार पक्राउ परेको हो ।
पक्राउ पर्नेमा सिरहाको लाहान नगरपालिका २२ बस्ने ३१ वर्षीय रामअशिस यादव छन् ।
गएको मंसिर १४ गते यादव ईलाका प्रहरी कार्यालय महेशपुरपतारको हिरासत कक्षबाट फरार भएको थियो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटेको सादा पोशाकको प्रहरी टोलीले उनलाई सिरहा नगरपालिका १५ स्थित ससुराली घरमा लुकीछिपी बस्दै आएको खबर पाएछि शुक्रबार पक्राउ गरेको सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई राखिएको छ ।
यादवले हिरासत कक्षमा रहेको अन्य थुनुवाहरुलाई भाग्न उक्साउने मुख्य व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले बताए । यसबारे थप अनुसन्धान कार्य भइरहेको एसपी चतुर्बेदीले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !