काठमाडौं,जेठ १७ गते सनिवार । जनता समाजवादी पार्टी नेपालका शीर्ष नेता तथा पूर्व उप-प्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भुमि फिर्ता गर्न नसकने बताएका छन् ।
बिहीबार राति एक कार्यक्रममा पूर्व उपप्रधानमन्त्री समेत रहेको उपेन्द्र यादवले प्रधानमन्त्री ओलीले नेपाली भुमि फिर्ता गर्न नसकने बताएका हुन् । यादवले ‘प्रधानमन्त्री ओलीले भन्नुहुन्छ नि भूमि ल्याउने, भूमि ल्याउने होईन उहाँले । आउनेवालापनि उहाँबाट होईन ।’ भनेका छन् ।
उनले भने,’मधेशी जनता, आदिवासीहरुले नै मुलुकलाई जोगाएको छ। मुलुकको एकतालाई जोगाएका छन् । यो कुरा यथार्थ हो । दोस्रो कुरा के हो भने हामी क्लियर नै छौं कि हामी हाम्रो भूभाग फिर्ता चाहन्छौं । हाम्रो भूभागमा हाम्रो अधिकार कायम होस भन्ने हामी चाहन्छौं । त्यसका लागि जे गर्नुपर्छ हामी गर्छों । तर, संविधान संशोधन हुँदाखेरि सबै राष्टिय समस्याहरु हल गर्नेगरि उठेका, सहमति भैसकेका मुद्दाहरुलाई समावेश गरेर बढ्न्होस भनेको हो हामीले प्रधानमन्त्रीज्यूलाई ।’
यादवले थपे ‘हामी राष्टिय एकता, क्षेत्रिय अखण्डता, नेपालको सार्वभौमसत्ताको पक्षमा जहिलेपनि उभिन्छौं । यादवले आफूहरुलाई पनि साथमै लिएर जाने प्रधानमन्त्रीको दायित्व भएको पनि सम्झाए । उनले भने, ‘यदि उहाँले हामीलाई साथै लिएर जान सक्नुभएन भने त्यो उहाँको दोष हुन्छ ।’
संविधान संशोधनका आफ्ना मुद्दाहरु सम्बोधन हुन्छन् कि हुँदैनन् यो हेर्न बाँकी रहेको यादवको भनाई छ । उनले भने,’प्रधानमन्त्रीले हाम्रो मुद्दा सम्बोधन गर्ने कि नगर्ने रु त्यस विषयमा हाम्रो छलफल चलिराखेको छ । त्यसमा प्रधानमन्त्रीको दायित्व हो हामीलाई पनि साथमा लिएर जाने । यदि उहाँले लिएर जान सक्नुभएन भने त्यो उहाँको दोष हुन्छ । उहाँले हाम्रो मुद्दा सम्बोधन गर्नुहुन्छ भनेर विश्वास, अविश्वासको कुराभन्दा पनि नियतको कुरा हो । उहाँले मुलुकलाई कता लैजानुहुन्छ । यो पहिलो कुरा हो, अर्को कुरा देशको आन्तरिक एकता नभईकन, आन्तरिक एकता दहो नभईकन उहाँले भन्नुहुन्छ नि भूमि ल्याउने, भूमि ल्याउने होईन उहाँले । आउनेवालापनि उहाँबाट होईन । एउटा कुरा याद राख्नुहोस्।’

















