Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लकडाउनका कारण बिक्रि नभएपछि तरकारी बारीमै चल्यो ट्र्याक्टर

चितवन , जेठ १६ गते । देश भरी लामो समयसम्म लकडाउन जारी रहँदा पूर्वी चितवनका किसानले लगाएको तरकारीसहित बारी जोताउन थालेका छन् । किसानले उत्पादन गरेको तरकारीले बजार नपाएपछि तरकारीसहित नै जोत्न शुरु गरेका हुन् । खैरहनी नगरपालिका वडा नं १ बहेराका किसान वाससुदेव सापकोटाले तरकारी बिक्री नभएपछि खेतमा ट्र्याक्टर लगाएर जोताउन बाध्य भएको बताए । यसपटक लकडाउनले गर्दा बजार मूल्य नपाएपछि सापकोटाले भिन्डीबारी जोताएका हुन् । उनले सात कठ्ठा जग्गामा भिन्डी लगाएका थिए । वैशाख महिनामा उनले रु १२ हजारको मात्र भिन्डी बिक्री गरेको बताए । 

त्यसयता उनको भिन्डीले बजार पाएको छैन । लकडाउन लम्बिँदा प्रायः धेरै किसान मारमा परेका छन् । सापकोटाले आफ्नो परिश्रमबाहेक सात कठ्ठामा रु ६५ हजार खर्च गरेर भिन्डी लगाएको जानकारी दिए । उनले भने “शुरुमा केही बिक्री भयो, अहिले सित्तैमा लैजानसमेत मान्दैनन् ।” बोटमा छिप्याएर राख्नुभन्दा जोतेर अर्को बालीको तयारी गर्न उपयुक्त ठानेर तरकारीसहित बारी जोतेको उनको भनाइ छ । बाह्र वर्षअघि प्रतिकिलो रु दुईमा झरेपछि उनले त्यो बेला पनि तरकारीसहितको बारीमा ट्र्याक्टर लगाएका थिए । 

अर्का किसान कृष्णप्रसाद सापकोटाले २३ कठ्ठामा तरकारी खेती गर्दै आएका छन् । त्यसमध्ये छ कठ्ठामा भिन्डी खेती गरेका छन् । अन्य तरकारीले बजार पाए पनि भिन्डीले भने मूल्य नपाउँदा उनी  निरास छन् । भिन्डीसँगै जोडिएको जग्गामा मकैखेती गरेकाले एकैपटक जोत्ने तयारीमा उनले गरेका छन् । विदेशबाट फर्केर स्वदेशमै तरकारी खेती शुरु गरेका कृष्ण यसैबाट छोराछोरी पढाउने, घर खर्च चलाउने गर्थे ।
 
तरकारी खेती गर्ने किसानलाई उनीहरुले उत्पादन गरेको वस्तुको समर्थन मूल्य सरकारले तोक्नुपर्ने उनको भनाइ छ । उनीहरुले स्थानीय ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थामार्फत तरकारी बिक्री गर्दै आएका छन् । सहकारीका अध्यक्ष पूर्णदत्त जैसी क्षेत्रीले लकडाउनका कारण तरकारी सङ्कलनको काम बन्द भएको बताए । यहाँ उत्पादन भएको तरकारीको मुख्य बजार नारायणगढ, काठमाडाँै र पोखरा हो । अन्य जिल्ला लैजान अहिले समस्या छ सहकारीका अध्यक्ष जैसीले भने, “बिचौलिया हाबी हुँदा तरकारीले उचित मूल्य पाउन नसकेको हो ।”

सो क्षेत्रमा अहिले ३०० किसानले व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका छन् । सहकारीका अध्यक्ष जैसीका अनुसार खैरहनी वडा नं १ बाट मात्रै वार्षिक नौ करोडको तरकारी उत्पादन हुँदै आएको छ । यहाँ भिन्डी, बोडी, बन्दा, काउली, गोलभेँडालगायत तरकारी खेती हुँदै आएको छ । गत वर्ष पनि यस क्षेत्रका किसानले उत्पादन गरेको तराकारीले बजार नपाएपछि खेतमै जोताएका थिए ।
 
चैतेधानमा घाँटी मरुवा र डडुवा रोग  
जिल्लाको पूर्वी क्षेत्रमा लगाइएको चैतेधानमा धानको घाँटी मरुवा र पात डडुवा रोग देखिएको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार खैरहनी र रत्ननगर नगरपालिकामा लगाइएको चैतेधानमा यस्तो समस्या देखिएको हो । कार्यालयका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीका अनुसार सो क्षेत्रमा लगाइएको हर्दिनाथ–१ र पिआर धानमा समस्या देखिएको हो । यस धानमा गत वर्ष पनि यो समस्या देखिएको थियो । बातावरणअनुकूल हुन नसक्दा र रोग सहन सक्ने क्षमता कम भएको धानमा यो समस्या देखिने गरेको हो । 

अहिले खैरहनी नगरपालिकामा लगाइएको ५०० हेक्टर क्षेत्रफल र रत्ननगरमा फाट्टफुट्टरूपमा समस्या देखिएको उनले जानकारी दिए । ढुसीका कारण धानमा यो समस्या आउने उनले बताए । अहिले लगाइएको धानमा रोग सहन सक्ने क्षमता कम हुने हुँदा रोगले सहजै आक्रमण गरेको उनको भनाइ छ । बाला निस्कनुअघि ढुसीनाषक विषादी छर्नुपर्ने हुन्छ । किसानमा ज्ञानको कमीका कारण विषादी नराख्दा समस्या भएको उनले जानकारी दिए ।
 
धानमा देखिएको समस्या समाधानका लागि कार्यालयले आकस्मिक बाली संरक्षण सेवाबाट काम गरिरहेको छ । कार्यालयका प्रमुख राजन ढकालले स्थानीय तहहरुसँग सहकार्य गरी रोग नियन्त्रणका लागि काम भइरहेको बताए । स्थानीय तहमा रहेका कृषि शाखालाई यस विषयमा पूर्वजानकारी गराइएको भए पनि रोग लागेपछि नियन्त्रणका लागि प्रयोग गर्ने विषादी, मात्रा र विधिका बारेका किसानलाई जनाकारी गराउँदै आएको उनले जानकारी दिए । अहिले जिल्लामा छ हजार हेक्टरभन्दा बढीमा चैतेधान लगाइएको छ । रासस

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?
जनप्रभाबन्युज विशेष

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

20 hours पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh