धादिङ -जेठ १५ गते ।
नारायणगढ– मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना स्थित तुइन खोला पुलमा दुई सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।
आज बिहिबार विहान नारायणगढबाट धादिङ्ग तर्फ आउँदै गरेको ना ५ ख ९१२२ नम्बरको मालबाहक ट्रक र काठमाण्डौ बाट विरगञ्ज फर्कदैँ गरेको ना ८ ख १५५२ नम्बरको टेलर एक आपसमा ठोक्किदा एक जना चालक घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक कञ्चन तामाङले बताए ।
घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनाका कारण नारायणगढ –मुग्लिन सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । सामान लोड भएको ट्रकको अगाडीको भाग पुलमा झुण्डिएको अवस्थामा रहेकोले निकाल्नको लागि चितवनबाट क्रेन मगाइएको उहाँले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
