जनकपुर , जेठ १४ गते बुधबार । कोरोना महामारीका कारण नेपाल सहित विश्व अक्रान्त रहेको अवस्थामा भारतबाट नेपाल आउन लागेका मजदुर धनुषा जिल्लाको जटही नाकामा मृत्यु भएको छ ।
सिकिस्त बिरामी लाई जनकपुरको दर्जनौं एम्बुलेन्सलाई उपचारका लागि प्रादेशिक अस्पताल ल्याई दिन आग्रह गर्दा समेत एम्बुलेन्स संचालकहरु बिरामी ल्याउन अस्वीकार गरेका थिए ।
बिरामीलाई उपचारका लागि समयमै अस्पताल सम्म ल्याउन नस्क्दा नाका मै मृत्यु भएको भन्दै मजदुरहरु आन्दोलित भएका हुन ।
एम्बुलेन्सका लागि रेडक्रस जनकपुरका नरेश सिँह सहित सुरक्षा निकाय संग समेत उनीहरुले आग्रह गरेको आक्रोशित आन्दोलनकारीहरुको आरोप छ ।
धनुषाको जटही नाकामा भारतबाट आएका मजदुरलाई चेकजांच गरी जिल्ला भित्रिनी दिने गरेको छ । यद्द्पी नाकाको ब्यबस्थापनको चरम लापरवाहीका कारन बिरामीको मृत्यु भएको आरोप छ ।
उक्त बिरामीको नाम ठेगाना अहिले खुल्न सकेको छैन ।
यसै बीच आन्दोलन कारीले एक एम्बुलेन्स तोडफोड गरेका छन ।
