Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोना भाइरस संक्रमितको संख्या – प्रदेश २ मा बढ्दै


जनकपुर,जेठ १३ गते गते । प्रदेश नम्बर – २ मा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढीरहेको छ । प्रत्येकदिन कारोना संक्रमित देख्न गरिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । २ सय ३२ जना प्रदेश २ को विभिन्न जिल्लामा संक्रमित भएका छन् । हुनत प्रदेश २ सरकारले रौतहटमा २१ जना महोेतरीमा २ जना र बारामा ३ जना कोरोना संक्रमितहरु थपिएका छन । योसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या २६५ जना पुगेको जनाएको छ । प्रदेश सरकारले बताएपनि स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा जानकारी दिएको छैन ।

सोमबार मात्रै एकै दिन ५४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको ७२ जना संक्रमितमध्ये ५४ जना प्रदेश २ कै छन् । सबैभन्दा बढी रौतहटमा थपिएका छन् । रौतहटमा २६ जना थपिंदा बारामा २३ जना थपिएका छन् । धनुषामा ३ जना र सप्तरीमा २ जना थपिएका छन् । सबैभन्दा बढी संक्रमित पर्सा जिल्लामा छन् । पर्सामा ९० जना, रौतहटमा ५२ जना, बारामा ३६ जना, सर्लाहीमा ३४ जना, धनुषामा ११ जना, महोत्तरी र सप्तरीमा ४र४ जना र सिरहामा १ जना संक्रमित देखापरेका छन् ।

संक्रमितमध्ये ५ जना यस प्रदेशका स्थायी बासिन्दा भए पनि काठमाडौंमै बस्दै आएका छन् । संक्रमितहरुको विभिन्न ठाउँको आइसोलेसनमा उपचार भइरहेको छ । प्रदेश २ मा संक्रमितको संख्या बढनुमा भारतवाट आएकाहरु नै बढी रहेको स्वास्थ्यकर्मीहरु वताउँछन् । कोही रोजगारीको क्रममा भारततर्फ गएका थिए भने अन्यकार्यका लागि भारत गएकोमा पनि कोरोना फैलिएको छ । बाहिरवाट आउनेमा कोरोना फैलिने खतरा हुँदापनि खुल्ला सीमानाका मोका छोपी अहिलेपनि भारततर्फबाट आएने क्रम जारी नै रहेको छ ।

जेठ ४ देखि १० गतेसम्ममा ६ सय २१ ज्ना धनुषा भित्रिएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ४ गते ६१ जना, ५ गते ६९ जना, ६ गते ३६ जना, ७ गते ८१ जना, ८ गते ६० जना, ९ गते २०७ जना, १० गते १ सय १३ जना नेपालीहरु उक्त नाकामार्फत भित्रिएका हुन् । रोजगारीका सिलसिलामा भारतका विभिन्न सहरमा रहेका २६ सय ४० जना पछिल्लो एक साता रौतहट भित्रिएका थिए । उनीहरु सबै स्थानीय तहको क्वारेन्टाइनमा रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । बीना जानकारीको ८ वटै जिल्लामा धेरै आएका छन् । बाहिरबाट आएकाहरुको खाजी गर्न कुनै निकाय गम्भीर देखिएका छैनन् । राज्य नै गम्भीर छैनन भने कसले के गर्छन चैम्बर अफ कर्मश जनकपुरधामका यपाध्यक्ष सरोज मिश्रले बताए ।

संक्रमितमध्ये वीरगञ्जबाट सोमबारसम्म ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । यसअघि आइतबार राति एकै परिवारका १८ जना संक्रमित कोरोना निको भएर घर फर्किएका थिए भने जेठ १० गते ९ जना संक्रमित डिस्चार्ज भएका थिए । जसमध्ये दुई जना पुनः संक्रमण देखा परेर भर्ना भएका व्यक्ति थिए । यस्तै वैशाख १४ गते ४ जना संक्रमित डिस्चार्ज भएका थिए । तर दुई जनामा पुनः संक्रमण देखिएपछि अस्पताल भर्ना भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भारतबाट ६ हजारभन्दा बढी आए
भारतबाट एक सातामै प्रदेश २ का जिल्लामा साढे ६ हजार भन्दा धेरै मानिस आएका छन् । जेठ ६ देखि १२ गतेसम्म प्रदेश २ मा ६ हजार ७ सय १३ जना मानिस भारतबाट आएका प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यी मानिसहरुलाई राख्न एक सातामा थप ७८ क्वारेन्टाइन थपिएको छ ।

मन्त्रालयका अनुसार ६ जेठसम्म २ सय वटा क्वारेन्टाइनमा ६ हजार ७ सय १० बेड भएकामा १२ जेठसम्म २ सय ७८ क्वारेन्टाइनमा १४ हजार २ सय ३२ बेड संख्या पुर्याइएको छ । ६ जेठसम्म क्वारेन्टाइनमा ३ हजार ९ सय ८४ जना रहेकामा १२ जेठसम्म १० हजार ६ सय ८७ जना पुगेका छन् । प्रदेश २ मा अधिकांश क्वारेन्टाइन सामुदायिक विद्यालयमा बनाइएको छ ।

जनकपुरधाम उप महानगरपालिकाले अघिल्लो हप्ता गोपाल दास धर्मशालालाई क्वारेन्टाइन बनायो । ५० बेड क्षमताको उक्त क्वारेन्टाइनमा बस्नेको संख्या अहिले ७५ पुगेको छ । भारतबाट आउनेको संख्या ह्वात्तै बढेपछि हप्ता दिनमै क्वारेन्टाइन भरिभराउ बनेको छ ।
भारतबाट धमाधम मानिसहरु स्वदेश फर्किन थालेपछि उपमहानगरपालिकाले मंगलबारदेखि वडा नम्बर २० को बसहियामा अर्काे क्वारेन्टाइन सञ्चालनको तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत गोपाल रेग्मीले जानकारी दिए ।

सप्तरीको सीमावर्ती बलान बिहुल गाउँपालिकामा पछिल्लो हप्ता भारतबाट १ सय ५१ जना आएका छन् । लकडाउन अवधीभर १ सय ८५ जना आए पनि ३२ जना परीक्षणपछि घर गइसकेको गाउँपालिका अध्यक्ष दयानन्द गोइत बताउँछन् ।

कोरोना संक्रमणबाट बच्न २०७६ चैत ११ गतेबाट लकडाउन सुरु भएदेखि नै सीमामा व्यापक मात्रामा सुरक्षाकर्मी खटाएर आवतजावतमा रोक लगाइएको थियो । तर गएको ४ जेठदेखि सीमानाका खुकुलो बनाएसँगै प्रदेश २ का आठ वटै जिल्लामा भारतबाट भित्रिनेको संख्या अत्यधिक बढेको छ । अहिले एउटा जिल्लामा दैनिक ५० जनाको हाराहारीमा मानिस भारतबाट आइरहेका छन् ।

जेठ ६ गतेसम्म प्रदेश २ मा ६ हजार ७ सय १० बेड भएको २ सय क्वारेन्टाइन थियो र त्यहाँ ३ हजार ९ सय ८४ जना मानिसलाई राखिएको थियो । जेठ १२ गते सोमबारसम्ममा क्वारेन्टाइन बेड संख्या १४ हजार २ सय ३२ पुग्यो भने त्यहाँ १० हजार ६ सय ९७ जना बसेका छन् । क्वारेन्टाइन नथप्ने जिल्ला सर्लाही र बारा मात्रै छन् । सर्लाहीमा ३९ र बारामा १७ वटा क्वारेन्टाइन रहेको छ । सरकारी तथ्यांक बाहेकपनि निकै संख्यामा भारतवाट धेरैजना नेपाल भित्रिएका छन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ
जनप्रभाबन्युज विशेष

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ

12 months पहिले
खसीको नाममा बाख्राको मासु बिक्री,तीन पसलबाट २५ किलो मासु बरामद
जनप्रभाबन्युज विशेष

खसीको नाममा बाख्राको मासु बिक्री,तीन पसलबाट २५ किलो मासु बरामद

12 months पहिले
कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट
क्राइम रिपोर्ट

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट

12 months पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 year पहिले
दिपक थापा आईजिपी बन्दै
जनप्रभाबन्युज विशेष

दिपक थापा आईजिपी बन्दै

1 year पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ

1 year पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh