Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

रथी गिरी, उपरथीहरू कडायत र अधिकारीकाे अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गठन



सेनाका वर्तमान र पूर्व जर्नेलहरूमाथि छानिवन र अनुसन्धान

काठमाडौँ, जेठ १३ गते । नेपाली सेनाले सङ्गठनभित्र विभिन्न भ्रष्टाचारका घटनामा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीलाई कारवाही र अनुसन्धानको दायरामा लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति कार्यान्वयनमा कडाइ गरेपछि उनीहरुलाई अनुसन्धान र कारवाहीको दायरामा तानिएको हो ।

सोही क्रममा समरी जनरल सैनिक अदालतले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति, अनुशासन र आचरणसम्बन्धी कसुर गरेको अभियोगमा तीन अधिकृतसहित पाँच जनालाई दोषी ठह¥याइ कारवाही गरेको छ । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित उक्त महाविद्यालयमा आर्थिक अनियमितता छानविन गर्न सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्ड गठन भएकामा उसले दिएको प्रतिवेदनको आधारमा समरी जनरल सैनिक अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।

उक्त महाविद्यालयका तत्कालीन सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारीसहित १८ जनाको मुद्दा पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा गठित अदालतले जेठ ९ गते शुक्रबार फैसला गरेको हो । अदालतले महासेनानी अधिकारीले गैरकानूनीरूपमा सम्पति उपार्जन गरेको ठहर गर्दै रु एक करोड ८५ लाख ४० हजार असुलउपर गर्ने निर्णय सुनाएको छ ।

प्रमुख सेनानी देवबहादुर क्षेत्रीले पनि आर्थिक अनियमितता गरेको ठहर गर्दै अदालतले दुई वर्ष बढुवा रोक्का गरी निजबाट रु चार लाख ४० हजार असुलउपर गर्ने निर्णय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अदालतले हुद्दा यज्ञराज पोखरेलाई सेवाबाट बर्खास्त गरी अनियमित भएको रु तीन लाख ६० हजार असुलउपर गर्ने फैसला गरेको छ ।

त्यस्तै हुद्दा गणेशबहादुर अधिकारीले आर्थिक अनियमितता गरेको अभियोगमा दोषी ठह¥याइ अदालतले दुई वर्ष तलब वृद्धि र ग्रेड रोक्का गरी रु १० हजार असुलउपर गर्ने निर्णय गरेकोे हो । अदालतले सहसेनानी सुरेन्द्रविक्रम भण्डारीलाई आर्थिक कार्यमा कानूनी प्रक्रिया अवलम्वन नगरेको ठहर गर्दै नसिहत दिने निर्णय सुनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सोही मुद्दामा १३ जनाले अभियोगबाट सफाइ पाएका छन् ।

सेनाले पारदर्शिता र जवाफदेहिता कायम गर्न तथा दण्डहीनता अन्त्यका लागि सेनाले अनुशासन र आचरण विपरीत गर्नेमाथि छानविनको दायरा बढाएको जनाएको छ । यसैबीच भ्रष्टाचार कार्यमा संलग्न भएकै आरोपमा सेनाले सहायकरथी प्रयोगजङ्ग राणालाई पनि अनुसन्धानको दायरामा ल्याएको जानकारी प्राप्त भएको छ ।

यसैबीच सैनिक मुख्यालले बलाधिकृतरथी शरद गिरी, उपरथी झङ्कर कडायत र आनन्द अधिकारीको अध्यक्षता बेग्लाबेग्लै कोर्ट अफ इन्क्वायरी बोर्ड गठन गरी विभिन्न घटनामा भ्रष्टाचार र अनियमिततको आरोप लागेकामाथि अनुसन्धान र छानविन गरिरहेको थाहा भएको छ ।

सङ्गठनभित्र आर्थिक अनियमितताको अभियोग खेप्नुपर्ने आशङ्का गरेर केही उच्च सैनिक अधिकृतले राजीनामा दिएर घर बसे पनि उनीहरुलाई अनुसन्धान दायरामा ल्याएर छानविन भइरहेको जानकारी प्राप्त भएको छ ।(रासस)

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

प्रधानमन्त्रीको भारत भ्रमण : दिनमा कञ्जुस्याइँ भएन, लिन चाहिँ केही सकिएन
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्रीको भारत भ्रमण : दिनमा कञ्जुस्याइँ भएन, लिन चाहिँ केही सकिएन

1 week पहिले
सशस्त्रलाई गोताखोर तालिम
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

सशस्त्रलाई गोताखोर तालिम

1 week पहिले
व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दामा आरोपीलाई थुनामा पठाउन आदेश
जनप्रभाबन्युज विशेष

व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दामा आरोपीलाई थुनामा पठाउन आदेश

1 week पहिले
मेयर महेश चौधरीमाथि झुठो आरोप लगाउँदै प्रदेशसभा सदस्य ललिता दास
अन्य

मेयर महेश चौधरीमाथि झुठो आरोप लगाउँदै प्रदेशसभा सदस्य ललिता दास

1 week पहिले
सार्वजनिक जग्गा सरकारले दुरुपयोग गरेकाे भन्दै प्रदीप पाैडेलकाे खबरदारी
जनप्रभाबन्युज विशेष

सार्वजनिक जग्गा सरकारले दुरुपयोग गरेकाे भन्दै प्रदीप पाैडेलकाे खबरदारी

2 weeks पहिले
नेपाल वायुसेवा निगमले जहाजमा दिएको खाद्यान्न गुणस्तरहीन, यात्रुले गरे हल्लीखल्ली
जनप्रभाबन्युज विशेष

नेपाल वायुसेवा निगमले जहाजमा दिएको खाद्यान्न गुणस्तरहीन, यात्रुले गरे हल्लीखल्ली

2 weeks पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

दिवा खाजा कार्यक्रममा ब्यापक अनियमितता, अख्तियार बेखबर

दिवा खाजा कार्यक्रममा ब्यापक अनियमितता, अख्तियार बेखबर

2 days पहिले
प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण

प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण

2 days पहिले
बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको  उपेन्द्रको टिप्पणी

बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको  उपेन्द्रको टिप्पणी

2 days पहिले
नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको होइन : प्रधानमन्त्री प्रचण्ड

नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको होइन : प्रधानमन्त्री प्रचण्ड

2 days पहिले
सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीन युवाद्धारा माइतीघरमा प्रदर्शन 

सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीन युवाद्धारा माइतीघरमा प्रदर्शन 

2 days पहिले
अब हाम्रो शासन सिंहदरबारमा हुनुपर्छ : चौधरी

अब हाम्रो शासन सिंहदरबारमा हुनुपर्छ : चौधरी

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh