काठमाडौं,जेठ १२ गते सोमबार । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण अमेरिकामा भन्दा ब्राजिलमा धेरैको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा ७०३ जनाको मृत्यु भएको छ । सोही अवधिमा अमेरिकामा ६१७ जनाको मृत्यु भएको छ ।
सोही अवधिमा संक्रमित भने ब्राजिलमा भन्दा अमेरिका बढी थपिएका छन् । अमेरिकामा १९ हजार ६१७ संक्रमित २४ घण्टामा थपिँदा ब्राजिलमा १६ हजार २२० संक्रमित थपिएका छन् ।
पछिल्ला दुई हप्ता यता ब्राजिलमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको छ । अमेरिका पछि ब्राजिल सबैभन्दा धेरै कोरोना संक्रमित हुने देश हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !