Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लिपुलेक र लिम्पियाधुरामा मधेसी छैनन्, त्यही भएर त्यहाँ जमीन मिचिएको छ – नेता मनिष सुमन


काठमाडौं, जेठ ११ गते आइतबार । जनता समाजवादी पार्टीका नेता मनिष सुमन आक्रामक बोलीका कारण चर्चामा आइरहन्छन् । उनले कालापानी र लिपुलेकको विषयमा मात्र बोल्ने तराईका विषयमा नबोल्ने गरेर पूर्वाग्रही व्यवहार गरेको टिप्पणी गरेका छन् । सुमनसँग एनआरएन रेडियोका लागि ऋषि धमलाले गरेको विशेष कुराकानीः

सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराएको छ, तपाईंहरु त्यसको पक्षमा कि विपक्षमा ?
धेरै राम्रो काम गरेको छ । त्यसको विपक्षमा हुने कुरै छैन । तर, यही बेलामा थुप्रै टुंगिइसकेका कुराहरु जस्तै नागरिकता सम्बन्धी संसद्बाटै टुंगिइसकेको छ । राष्ट्रियसभाको बनोटमा कतिपय कुराहरु टुंगिइसकेका छन् । त्यस्तै भाषाका कुरा राष्ट्रिय भाषा मात्रै होइनन्, अन्य मातृ भाषाहरु पनि सरकारी कामकाजमा प्रयोग हुने भन्ने कुरा टुंगिसकेका छन् । अर्थात् मधेसवादी दलले हिजो उठाइआएको संसोधनका कुराहरु पनि जंगिनिसानको संशोधनसँगै प्याकेजमै संशोधन दर्ता भइदिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो ।

यो त नयाँ नक्साको लागि संविधान संशोधन प्रस्ताव हो नि यसमा तपाईंहरु किन बखेडा निकाल्नुहुन्छ ?
यसलाई बखेडा भन्न कहाँ मिल्छ ?
यस्ता कुराले त तपाईंहरुलाई राष्ट्रियताको बारेमा प्रश्न गर्न थालिसके नि ?
हामीले विरोध गर्यौं भनेर कसले भन्यो ? यसले त मधेसीलाई यहाँ बस्न पनि संकट पर्ने अवस्था आउन सक्छ । तपाईंले कुन आधारमा भन्नुभयो ? हामीमाथि राष्ट्रियताप्रति प्रश्न उठ्यो भनेर । किन भने मधेसमा छौं । हाम्रा अनुहार भारतीय जस्ता देखिएर भारतीय समर्थक भयौं । राष्ट्रियताको सवालमा हामी नेपाली हौं । नेपालको पक्षधर हौं, किन भने लिपुलेक र लिम्पियाधुरामा मधेसी छैनन् । त्यही भएर त्यहाँ जमीन मिचिएको छ । तराईका भूभागहरु जहाँ मधेसीहरु बस्छन्, ती ठाउँहरुमा सीमा मिचिएको छैन ।

सुस्तामा समस्या छैन ? त्यो पनि त मधेस नै हो नि ?
समस्या त छ तर थोरै मात्रै छ । जसरी लिपुलेक, लिम्पियाधुरामा जस्तो ठूलो भूभाग मिचिएको छैन । जहाँ मधेसीहरुको बसोबास छ । ती ठाउँमा धेरै ठूलो भूभाग मिचिएको छैन । लिम्पियाधुरामा त मधेसीहरुको बसोबास छैन । त्यहाँ त ओलीजीका मान्छे मात्रै छन् । त्यसै भएर त्यहाँ समस्या देखिएको छ । मैले त यतिमात्रै भनेको हो । यदि संविधान नै संशोधन हुँदै छ भने किन पटक–पटक गर्ने ? प्याकेजमै गरौं भनेको हो । यो संविधान संशोधनका कुराले हामी हास्यका पात्रा बनेका छौं । तेत्रा विद्धानहरुले बनाएको संविधानमा नक्सा गलत छापिएको रहेछ के यो गम्भीर त्रुटी थिएन ? आज आएर चेत आएको छ ।

कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै भूभाग हो भन्न त तपाईं तयार हुनुहुन्छ नि होइन ?
किन नमान्नु । हामी पनि नेपाली हौं । तपाईंले यी सबै कुरा भनिरहँदा हामी प्रस्ष्टसँग भन्छौं, ‘जसरी कुटनैतिक दुरुपयोग, कुटनैतिक अज्ञानता नेपाल सरकारले अहिले प्रस्तुत गरिरहेको छ ।’
नेपाल सरकारले कुटनैतिक दुरुपयोग कसरी गर्यो ?
सम्मानित प्रधानमन्त्रीले संसद् जस्तो ठाउँमा बच्चा बोल्ने ।

के कुरामा बच्चा जस्तो कुरा राख्नुभयो त प्रधानमन्त्रीले ?
प्रधानमन्त्रीले संसद्मा बच्चा जस्तो बोल्नुभएको छ ।
ठ्याक्कै भन्नुस् न ?
मैंले ठ्याक्कै कुरा गरेको छु । तपाईंलाई पनि थाह मुखबाट निकाल्न खोजिरहनुभएको छ । सबै नेपाली जनतालाई पनि थाहा छ । ‘भारतको कोरोना कडा चाइनाको कोरोना नरम यो बच्चा जस्तो कुरा भएन ?
स्वास्थ्य राज्यमन्त्री नवराज रावतले भन्नुभयो नि भारतको कोरोना कडा छ भनेर त ?
कहाँको कडा छ, कहाँको नरम छ यो कुरा प्रधानमन्त्रीजीलाई थाहा छ ? स्वास्थ्य राज्यमन्त्रीजी डाक्टर हो ? यसरी कुनै देशप्रति लक्षित गरेर भन्नुहुँदैन । कोरोना भनेको पुरै विश्वभरि एउटा महामारी हो ।

इटाली र चीनको त नराम्रो भयो नि ?
इटाली र चीनमा त्यति धेरै मान्छेको मृत्यु भएको छ त्यहाँ कसरी नरम भयो ? मैले यहाँ कहींको नरम र कहींको कडा भन्न खोजेको होइन । सम्माननीय प्रधानमन्त्रीजीले त्यस्तो बच्चा जस्तो कुरा संसद्मा बोल्नु हुन्नथ्यो । कसैको जंग निसानको बारेमा यो सिंग नै हो । यो कडा हो भन्नुहुँदैनथ्यो । यसलाई कुटनैतिक संवादबाट टुंग्याउनुपर्ने कुरा हो । म त धेरै दिनदेखि पढ्दै छु । भारतीय पक्षबाट लिपुलेक, लिम्पियाधुराको बारेमा नेपालसँग संवाद गर्न तयार छौं भनेर आइरहेको छ । कुनै सञ्चारमाध्यमले अतिरञ्जित ग¥यो भन्दैमा पुरै भारतले नै बोल्यो भनेर जानुहुँदैन ।

बुद्धिनारायण श्रेष्ठले त जथाभावी कुरा गरेर भारतलाई वार्ता भाग्न सजिलो बनाउनुहुँदैन भन्नुभएको छ, हाम्रो देशका नेताहरु भाषण मात्रै गर्छन् नि ?
हाम्रा नेताहरु भाषण मात्रै गर्दैनन् । उत्तेजना पनि फैलाउँछन् । संसद् जस्तो गरीमामय ठाउँमा अनेक नरम र कडा कुरा गरेर उत्तेजना फैलाउँछन् । त्यो जमीन हाम्रो थियो, हाम्रो हो र हाम्रो रहिरहने छ । हामीले आफ्नो भूभागको लड्ने हो । तर, बन्दुक लिएर लड्ने होइन संवादबाट पनि लड्न सकिन्छ ।

यसबारेमा हिजो मैंले भारतीय नेताहरुसँग पनि कुरा गरेको थिएँ नि ?
तपाईंले गर्नुभएको संवाद मैले पनि सुनेको थिएँ । त्यसमा प्रस्ट रुपमा भारतीय नेताजीहरुले भन्नुभएको थियो । उहाँले मेरो देशप्रति तपाईंको प्रधानमन्त्रीले बोलेको कुराले धेरै दुःख लागेको छ भन्नुभयो । उहाँले त लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्नेसम्मका कुराहरु पनि गर्दै हुनुहुन्थ्यो । मलाई त तपाईंको प्रश्नप्रति पनि संका लागेको छ ।
तपाईंहरु केहीलेकाही भारतको पक्ष लिनुहुन्छ कि ?
सत्यको पक्ष लिन्छौं । जनता समाजवादी पार्टी हिजो राष्ट्रिय जनता पार्टी हुँदा पनि सधैं सत्यको पक्षमा उभिन्थ्यो । यसमा सत्य के छ भने हाम्रो भारतसँग रोटीबेटीको सम्बन्छ । काठमाडौंका जनताको अलि थोर होला । तर, पश्चिम दार्चुलादेखि पूर्व झापासम्म लाखौंलाख जनता छन् । तिनका नाता, गोता, छोरीचेली, बुहारी, आमा सबै भारत र नेपालमा मिसिएका छन् । उनीहरुसँग हामीले सँगै इद, होली मनाएका छौं । सीमा खुल्ला छन् । एकअर्कामा एउटा साबुन, सलाई किन्न पनि खुलमखुला आउजाउ गरिरहेका हुन्छन् । हाम्रो देशका थुप्रै सामान उनीहरुले किनेका हुन्छन् । उतातिरका थुप्रै नुन, चिनी, मसला हामी किनिरहेका हुन्छौं । त्यहाँ त्यस्तो सीमा विवाद छँदैछैन । त्यस्तो राम्रो वातावरणलाई काठमाडौंमा थोरै सरकार चलाउनेहरुले ‘राष्ट्रियता, राष्ट्रियता’ भन्ने नाममा विधुषित नगरिदियोस् भन्ने हाम्रो आग्रह हो । तपाईंहरु म एउटा मधेसी दलको कार्यकर्ता भएको नाममा यिनीहरु पनि भारतीय समर्थक हुन् भन्ने नसोच्नुहोस् । हामी कसैका समर्थक होइनौं । नेपालका छोराछोरी हौं । नेपाल हाम्रो मातृभूमि हो, हामी नेपाली हौं, त्यसैले हाम्रो समर्थन नेपाललाई हुन्छ । अनुहार मिल्दैमा तिमी त भारतीय हौं उतै समर्थन गर्छौं होला भन्न मिल्दैन ।

राजपा र समाजवादी पार्टीबीचमा फेरि पनि एकता जटिलतातिर गयो नि किन ?
हाम्रो पार्टी एकतामा कुनै जटिलता छैन । हामीले वैशाख ११ गते नै निर्वाचन आयोगमा हाम्रौ पार्टी एकता भएको जानकारी गराइसकेका छौं । त्यो आवश्यक दस्तावेजका पछाडि लगेका छौं । अर्को कुरा हाम्रो पार्टी एक भएर बनाएको विधान पारित भइसकेको छ । घोषणापत्र पारित भइसकेको छ । अब नेताहरुको व्यवस्थापनको बारेमा अलि गम्भीर रुपमा हिजो, अस्ति पनि छलफल भएको छ । त्यसमा समानताका आधारमा व्यवस्थापन गर्ने भनेर । जस्तो समानको आधारमा झन्डा एउटा पार्टीको हुने निर्वाचन चिन्ह अर्को पार्टीको हुने भनिएको छ । नाममा दुवै पार्टीको अंश जोडेर बनाइएको छ । त्यसैगरी नेता व्यवस्थापन पनि समानकै आधारमा लागिरहेका छौं । नेता व्यवस्थापन भइसकेपछि दुई, तीन दिनभित्रै दल दर्ता गराउँदैछौं ।
त्यसमा महन्त ठाकुर एक नम्बर नेता हो ?
त्यो सर्वस्वीकार्य कुरा हो । महन्त ठाकुरजीको नेतृत्व र कार्यकारी अध्यक्षतामा पार्टी एकीकरण हुने कुरा त वैशाख ११ गते नै टुंगिइसकेको छ । त्यसलाई रुप दिनको लागि बैठकहरु बसिरहेका छन् । सबैजना नेताहरुको उचित व्यवस्थापन हुने गरी छलफल चलिरहेको छ ।
तर, प्रक्रिया र पद्धतिभन्दा अहमताबाट चल्दै आएका नेता भएकाले एकता प्रक्रिया टुंग्याउन गाह्रो भयो रे नि ?
कुनै गाह्रो भएको छैन । गाह्रो खाली कोरोनाको कारण भएको छ । हामी एकआपसमा भेटघाट गर्न पाएका छैनौं । सोसियल डिस्टेन्सको पालना गर्नुपर्ने भएकाले फुल बैठक बस्न पाएका छैनौं । तर, पार्टी एकीकरण भएको कुरा घरघरबाट सन्देश दिइएको छ ।

उपेन्द्र यादव र राजेन्द्र महतोबीच विवाद छैन ?
तपाईंले यो अति आश्चर्यजनक कुरा गर्नुभयो । उपेन्द्र यादव र राजेन्द्र महत्वको हृदय मिलनकै कारण पार्टी एकीकरण भएको छ । पार्टी एकीकरण एउटा सामान्य कार्यकर्तादेखि महन्त ठाकुर, बाबुराम भट्टराई सबैलाई श्रेय दिनुपर्छ । तर, अत्याधिक श्रेय दिने हो भने राजेन्द्र महत्व र उपेन्द्र यादवजीलाई दिनुपर्छ । यी दुईजनाले कुनै स्वार्थबिना मन, वचन, कर्मले पार्टी एकीकरणमा भूमिका खेल्नुभएको छ । यो पार्टी एकीरणले देशमा तेस्रो वैकल्पिक शक्ति निर्माण हुनुपर्छ । र, भोलि यो कम्युनिस्ट एकाधिकारलाई परास्त गर्न सक्ने एउटा नयाँ शक्तिको रुपमा स्थापित हुनुपर्छ भन्ने यी दुई, तीनवटा प्राथमिक सिद्धान्तलाई तय गरेर लाग्ने व्यक्तिको नाम हो, उपेन्द्र यादव र राजेन्द्र महत्व । उहाँहरुबीच खटपट भन्ने कुरा अत्यन्तै सुन्नै नसकिने कुरा हो ।

प्रधानमन्त्री केपी ओलीले संसद्मा बोलेपछि ह्वात्तै हाइट बढेको छ नि ?
उहाँको हाइट सञ्चारमाध्यमले बढाइदिने, घटाइदिने होइन । आउँदो निर्वाचनले हो । यो लोकतन्त्र हो । त्यसमा जसलाई जनताले रुचाउँछ उसैको हाइट बढेको मानिन्छ । केपी ओलीलाई तपाईंले जसरी काठमाडौंका सञ्चारमाध्यम देखिरहनुभएको छ, त्यसरी जनतामा हुनुहुन्न । अहिले केपी ओलीजीले जति पनि वैदेशिक सम्बन्ध थिए, त्यसलाई समाप्त पार्नुभएको छ । केपी ओलीजीले जसरी ५० लाखभन्दा बढी नेपालीले पठाएको रेमिट्यान्सबाट मुलुक चलेको थियो । ती नेपालीलाई म नेपाल ल्याउँदैल्याउँदिन भनेर फसिरहेका छन् । अर्को उहाँले लकडाउनको विकल्पै दिन सक्नुभएको छैन । त्यसैगरी बलात्कारदेखि अनेकौं भ्रष्टाचारका काण्डहरु छन्, कुनैमा उहाँले सफलता हासिल गर्न सक्नुभएको छैन । मीठा भाषण दिँदैमा हाइट बढ्ने भए सबैभन्दा मीठा भाषण त प्रदीप गिरी दिनुहुन्छ उहाँको पनि त हाइट बढ्नुपर्छ नि ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मेयर नै यसरी कमाउन लागेपछि
जनप्रभाबन्युज विशेष

मेयर नै यसरी कमाउन लागेपछि

6 months पहिले
वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला
जनप्रभाबन्युज विशेष

वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला

6 months पहिले
पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो
जनप्रभाबन्युज विशेष

पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो

7 months पहिले
दुर्गा प्रसाईँको भिडिओ सन्देशः प्रहरीले मलाई खोज्नु पर्दैन, म काठमाडौंमै सुरक्षित बसेको छु
जनप्रभाबन्युज विशेष

दुर्गा प्रसाईँको भिडिओ सन्देशः प्रहरीले मलाई खोज्नु पर्दैन, म काठमाडौंमै सुरक्षित बसेको छु

11 months पहिले
प्रसाईं सम्पर्कविहीन भएपछि राजावादीको कमाण्ड जगमान गुरुङलाई
जनप्रभाबन्युज विशेष

प्रसाईं सम्पर्कविहीन भएपछि राजावादीको कमाण्ड जगमान गुरुङलाई

11 months पहिले
पार्टी जिम्मेवारीमा फर्किए रास्वपा सभापति रवि
जनप्रभाबन्युज विशेष

पार्टी जिम्मेवारीमा फर्किए रास्वपा सभापति रवि

11 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh