Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अब नेपालमा भ्रष्टाचारीलाई अधिकतम कैद १४ वर्ष


काठमाडौँ , जेठ ९ गते शुक्रबार । अब भ्रष्टाचारमा संलग्न हुने व्यक्तिलाई अधिकतम १४ वर्ष कैद सजाय गर्ने कानुन बन्‍ने भएको छ । ‍जति धेरै रकम भ्रष्टाचार गरे पनि १० वर्षमात्रै कैद सजाय हुने प्रचलित कानुनी व्यवस्था उल्ट्याएर राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा १० करोड रुपैयाँभन्दा बढी जतिसुकै भ्रष्टाचार गरे पनि १४ वर्ष जेल हाल्ने कानुन बनाउन सहमति जुटेको हो । 

सहमतिअनुसार १ करोडदेखि १० करोड रुपैयाँसम्म भ्रष्टाचार गरेमा ८ देखि १० वर्षसम्म कैद सजाय हुनेछ । त्यस्तै, ५० लाखदेखि १ करोड रुपैयाँसम्म भ्रष्टाचार गरे ६ देखि ८ वर्ष, २५ लाखदेखि ५० लाख रुपैयाँसम्म भ्रष्टाचार गरे ४ देखि ६ वर्षसम्म, ५ लाखदेखि २५ लाख रुपैयाँसम्म भ्रष्टाचार गरे २ देखि ४ वर्षसम्म, १ लाखदेखि ५ लाख रुपैयाँसम्म भ्रष्टाचार गरेमा १ देखि २ वर्षसम्म र ५० हजारदेखि १ लाखसम्म भ्रष्टाचार गर्नेलाई ६ महिनादेखि १ वर्षसम्म कैद सजाय गर्ने कानुन निर्माण गर्न समितिमा सहमति जुटेको सभापति परशुराममेघी गुरुङले जानकारी दिए । ५० हजार रुपैयाँसम्म भ्रष्टाचार गरेमा १ महिनादेखि ६ महिनासम्म कैद सजाय गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रस्ताव गरेको ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ मा १ करोडभन्दा जति बढी भ्रष्टाचार गरे पनि १० वर्षसम्म मात्रै कैद गर्ने पुरानै व्यवस्था प्रस्ताव गरेको थियो । रिसवत लिएको रकम जफत हुने र सोही रकमबराबरको बिगो असुल गर्ने कानुनी व्यवस्था छ ।

यस्तो सजाय राष्ट्र सेवक कर्मचारी वा राष्ट्र सेवक हुन लागेको व्यक्तिलाई हुने विधेयकमा लेखिएको छ । ‘राष्ट्रसेवक वा राष्ट्रसेवक हुन लागेको कुनै व्यक्तिले आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्न वा गरिदिएबापत वा नगर्न वा नगरिदिएबापत वा आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्दा वा कुनै व्यक्तिलाई मोलाहिजा वा अनिष्ट गर्न वा गराइदिएबापत वा नगर्न वा नगराइदिएबापत आफ्नो वा अरु कसैको निमित्त प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रिसवत लिएमा वा लिन मन्जुर गरेमा कैद, जरिवाना र बिगो जरिवाना हुनेछ,’ भन्ने विधेयकमा लेखिएको छ ।

प्रधानमन्त्री कार्यालयले प्रस्ताव गरेको विधेयकमा घुमाउरो तरिकाले भ्रष्टाचारीलाई हुने सजाय घटाउन खोजेको भन्दै सांसद ठगेन्द्रप्रसाद पुरीले आलोचना गरेका थिए । उनका अनुसार हालको व्यवस्थाअनुसार कम्तीमा ३ महिना कैद हुने व्यवस्था भए पनि अहिले कम्तीमा १ महिना कैद र अधिकतम सजाय पनि घटाउन खोजिएको उनले बताए ।

कांग्रेस सांसद राधेश्याम अधिकारीले भ्रष्टाचारीका लागि धन सम्पत्ति आर्जन महत्त्वपूर्ण हुने भएकाले उसको धनमा नै प्रहार गर्नुपर्ने धारणा राखे । ‘हामीले भ्रष्टाचार नियन्त्रण गर्ने कानुन निर्माण गर्दा अत्यधिक जरिवाना गर्ने लाइनबाट सोच्नुपर्छ । कैदभन्दा पनि जरिवाना गर्नेमा जोड दिनुपर्छ । अहिलेको प्रश्न कैदमा जोड दिने कि भ्रष्टाचारमा नियन्त्रणमा भन्ने प्रश्न हो,’ उनले भने ।

सांसद रामनारयण बिडारीले भ्रष्टाचारका अभियुक्तको मात्रै नभएर त्यसरी आर्जन गरेका व्यक्तिको पनि सबै सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गर्नुपर्ने माग गरेका थिए । भ्रष्टाचारविरोधी कडा कानुन निर्माणका लागि सरकारी विज्ञ, पूर्व राष्ट्रसेवक र बहालवाला कर्मचारी बाधक रहेको उनको भनाइ थियो ।

सांसद वेदुराम भुसालले भ्रष्टाचारीलाई कानुनी सहुलियत दिन नहुने बताए । ‘भ्रष्टाचारीलाई ज्यान मारेको जत्तिकै सजाय दिनुपर्छ,’ उनले भने । जति ठूलो रकम घूस लियो त्यति नै बढी कैद सजायको कानुन बनाउनुपर्ने सांसद प्रमिला कुमारीको भनाइ थियो । अर्बौ रुपैयाँ भ्रष्टाचार गर्नेलाई १० वर्ष कैदमात्रै गर्नु ठीक नभएकाले अर्बौं रुपैयाँ भ्रष्टाचार र अनियमितता गर्नेलाई कम्तीमा २० वर्ष कैद गर्नुपर्ने उनको भनाइ थियो ।

नेपालले अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको महासन्धिमा हस्ताक्षर गरेकाले सरकारी, निजी क्षेत्र र राजनीतिक क्षेत्रमा हुने अनियमितता र भष्टाचार नियन्त्रण गर्नका लागि भ्रष्टाचार निवारण ऐन, २०५९ संशोधन गर्न लागिएको हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

6 months पहिले
दोलखामा स्रोत नखुलेको करिब २० लाखसहित दुईजना पक्राउ
आर्थिक

दोलखामा स्रोत नखुलेको करिब २० लाखसहित दुईजना पक्राउ

6 months पहिले
भुक्तानी सेवा प्रदायकमाथि राष्ट्र बैंकको कडाइ
आर्थिक

भुक्तानी सेवा प्रदायकमाथि राष्ट्र बैंकको कडाइ

11 months पहिले
सिराहामा नलकटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ
अपराध

सिराहामा नलकटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

11 months पहिले
सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ
अपराध

सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ

11 months पहिले
विश्वास बहुउदेश्यीय सहकारीका अध्यक्षसहित ७ जनाविरुद्ध ५ करोड ठगी आरोपमा मुद्दा दायर
आर्थिक

विश्वास बहुउदेश्यीय सहकारीका अध्यक्षसहित ७ जनाविरुद्ध ५ करोड ठगी आरोपमा मुद्दा दायर

11 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh