Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एड्स पत्ता लगाउने वैज्ञानिकको दाबी : कोरोना मान्छेले नै बनाएको हो


काठमाडौँ, जेठ ८ गते बिहिवार । सन् २००८ मा चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार विजेता फ्रान्सका वैज्ञानिक प्रोफेसर लुच मन्त्याग्नियरले कोरोना भाइरसबारे नयाँ तथ्यको खुलासा गरेका छन् । एचआइभी पत्ता लगाएका ती वैज्ञानिकले कोरोना भाइरस कुनै प्रयोगशालामा निर्माण गरिएको बताएका हुन् ।

फ्रान्सको समाचार च्यानल सीन्युजसँगको अन्तर्वार्तामा उनले कुनै मलिक्युलर बयोलोजिष्टले कोरोना भाइरसको निर्माण गरेको दाबी गरेका छन् । उनले कोरोना भाइरसमा एचआइभीमा पाइने जेनेटिक इलिमेन्ट समेत रहेको समेत खुलासा गरेका हुन् । उनले यसरी एचआइभीमा रहेको गुण कोरोनामा समेत प्राकृतिक रूपमा बन्न असम्भव रहेको बताएका छन् ।

अन्तर्वार्ताकारले यसरी कोरोना निर्माण कुन उद्देश्यबाट अभिप्रेरित भएर ती मलिक्युलर बयोलोजिष्टले गरेका होलान् भन्ने प्रश्नमा उनको जवाफ छ, ‘यो स्पष्ट छैन’ उनले थपेका छन्, ‘मेरो काम सत्यको खुलासा गर्ने मात्र हो ।’  

उनले कसले यो बनाएको भन्ने आफूलाई थाहा नभएको तर बनाउनुको उद्देश्य चाहिँ शायद एड्सको खोप निर्माण गर्नु रहेको हुनसक्छ भनेका छन् । उनले यो भाइरस जो कहिले नभएर यो सम्बन्धी राम्रो ज्ञान भएकाले निर्माण गरेको समेत बताएका हुन् ।

उनले कोरोना भाइरसमा रहेको एउटा भाग प्राकृतिक भाइरस रहेको र त्यसमा नै एचआइभीको अर्को भाग मिसाएर नयाँ भाइरस निर्माण गरिएको भनेका छन् । कोरोनामा रहेको प्राकृतिक भाइरसको भाग भने चमेरोबाट नै लिइएको उनको पनि दाबी छ । 

मन्त्याग्नियरले कोरोना भाइरस मानव निर्मित भएको दाबी गर्ने आफू मात्र पहिलो वैज्ञानिक नरहेको भन्दै जनवरीको ३१ तारिकका दिन भारतीय अनुसन्धानकर्ताले पनि यस्तो दाबी गर्दै लेख प्रकाशित गरेको प्रमाण पनि पेस गरेका छन् । सो अनुसन्धानात्मक लेखमा पनि कोरोना भाइरस एचआइभी सँग मिल्दोजुल्दो रहेको खुलासा गरिएको छ ।

सो लेखमा यो भाइरसमा परम्परागत भाइरसमा भन्दा भिन्नै खालको विशेषता रहेको समेत उल्लेख गरिएको छ । तर, केही समय पछि नै त्यो लेख हटाइयो । मन्त्याग्नियरले शायद उनीहरूलाई त्यो हटाउन दबाब आयो होला भन्ने आशङ्का सो अन्तर्वार्तामा गरेका छन् ।

त्यसो त कोरोना महामारी फैलिएको एक महिना बितिसकेपछि चीनको साउथ चाइना युनिभर्सिटी अफ टेक्नोलोजीले समेत एक अनुसन्धानात्मक लेख मार्फत चीनको वुहानमा रहेको प्रयोगशालाबाट नै कोरोना भाइरस बाहिरिएको हुनसक्ने कुरा जनाएको थियो । सो लेखमा चीनको वुहानमा रहेको वुहान नेशनल बायोसेफ्टी ल्याबरोटरी नै चीनको पनि एक मात्र यस्तो भाइरसबारे अनुसन्धान गर्ने स्थान रहेको समेत उल्लेख छ ।

इबोला र सार्स जस्ता भाइरसको अध्ययन गर्ने सो प्रयोगशालामा निकै खतरनाक विषाणुको अध्ययन र प्रयोग हुने हुँदा त्यहाँबाट भाइरसको चुहावट हुनसक्ने भन्दै अमेरिकाका वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका थिए । सन् २०१८ मा यो प्रयोगशाला सञ्चालनमा आउनु अघि नै आफूहरूले चेतावनी दिएको कारण पनि अहिले अमेरिका कोरोना भाइरसको विश्वव्यापी महामारीको दोषी चीन नै रहेको दाबी गर्दै आइरहेको छ । तर, चिनियाँ अनुसन्धानकर्ताहरूको सो लेख पनि हाल उनीहरूलाई फिर्ता लिन लगाइएको छ ।

प्रोफेसर मन्त्याग्नियरले आफू कुनै पनि वैज्ञानिक बिचारहरू सम्प्रेषण गर्न नडराउने समेत बताएका छन् । उनले यसअघि पनि एक अन्तर्वार्तामा एड्ससँग लड्नको लागि उनीहरूलाई पोषण र एन्टीअक्सिडेन्टको आवश्यकता हुने भन्दै औषधी व्यापारीको विरोध गरेका थिए ।

कोरोना भाइरस प्रयोगशालामा बनाइएको र यसको निर्माण गर्नुको करण औषधिको व्यापार गर्ने हुनसक्ने उनको भनाई निकै अर्थपूर्ण रहेको अहिले विश्वभर विश्लेषण गरिँदै छ । औषधि उत्पादकहरूको यो ठुलो षडयन्त्र र अपराध हुनसक्ने अनुमान यसअघि पनि धेरै पटक गरिँदै आएको थियो ।

जे होस्, अहिलेसम्म यो भाइरसको कारण विश्वले २० ट्रिलियन डलर नोक्सान व्यहोरेको भन्ने अनुमान गरिरहेका बेला यसको निर्माण निकै महँगो भने साबित भइसकेको छ । आर्थिकन्यूज बाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

इजरायल पुगेर विपिनका आमा र बहिनीले भने– हाम्रो कसैसँग दुश्मनी छैन, विपिनलाई घर पठाइदिनुस्
अन्तर्राष्ट्रिय

इजरायल पुगेर विपिनका आमा र बहिनीले भने– हाम्रो कसैसँग दुश्मनी छैन, विपिनलाई घर पठाइदिनुस्

4 months पहिले
खसीको नाममा बाख्राको मासु बिक्री,तीन पसलबाट २५ किलो मासु बरामद
जनप्रभाबन्युज विशेष

खसीको नाममा बाख्राको मासु बिक्री,तीन पसलबाट २५ किलो मासु बरामद

5 months पहिले
नेपालमा एमसीसी परियोजनाले पायो निरन्तरता
एमसीसी / अन्तर्राष्ट्रिय सुरक्षा ब्यूरो

नेपालमा एमसीसी परियोजनाले पायो निरन्तरता

5 months पहिले
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय आतंकबादी समूह / इसि / अपराध बिशेष

इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

5 months पहिले
दिपक थापा आईजिपी बन्दै
जनप्रभाबन्युज विशेष

दिपक थापा आईजिपी बन्दै

9 months पहिले
ओडिसा घटनाबारे कूटनीतिक पहल गर्न प्रचण्डको आग्रह
जनप्रभाबन्युज विशेष

ओडिसा घटनाबारे कूटनीतिक पहल गर्न प्रचण्डको आग्रह

10 months पहिले

ताजा समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh