जन प्रभाब / कृष्णा यादव
पर्सा, जेठ ८ गते बिहीबार :
जिल्लामा काेराेना भाइरसकाे संक्रमण व्यापक बन्दै गएकाेले यसकाे संक्रमण अरूतिर फैलन नदिन तथा यसकाे राेकथाम, नियन्त्रण र प्रतिकार्यलाइ प्रभावकारी बनाउन लक डाउनलाइ प्रभावकारी बनाउन अति अावश्यक अवस्थामा बाहेक अन्य अवस्थामा पास वितरण बन्द गरिएकाे व्यहाेरा सबैमा अवगत नै छ ।
राज्यकाे चाैथाै अंगकाे रूपमा रहेकाे पत्रकार जगतकाे हकमा सूचना विभागबाट जारी परिचय पत्र भएमा त्यसैलाइ मान्यता दिइने भएकाेले यसकाे लागि छुट्टै पास लिइरहन अावश्यक नपर्ने र अन्यकाे हकमा पनि समाचार संकलन, सम्प्रेषणकाे काममा हिडेकाे अवस्थामा सम्बन्धित संचार संस्थाबाट उपलब्ध गराइएकाे परिचयपत्रकाे आधारमा काम गर्न दिइने र कुनै बाधा अवराेध नहुने व्यहाेरा जानकारी गराइन्छ । साथै, कुनै कठिनाइ भएमा जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्नुहुन अनुराेध छ ।
-ललितकुमार बस्नेत,
सहायक प्रमुख जिल्ला अधिकारी, पर्सा
