Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

डा. पाण्डे भन्छन् : नेपालमा कोरोनाले धेरैको मृत्यु हुँदैन, रोगलाई जित्न सक्ने १२ कारण यस्ता छन्


जन प्रभाब-सम्बादाता / २०७७ जेठ ८ गते बिहिवार ।

काठमाडौं – जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले नेपालमा कोरोना भाइरसको संक्रमण अन्य देशमा जस्तै फैलियो भने पनि ठूलो संख्यामा हताहत नहुने तर्क गरेका छन् ।

उनले नेपालीहरुको बसाइ, जीवनशैली तथा रहनसहन, उच्च मनोबल, संस्कृति लगायतका आधारलाई मध्यनजर गर्दै नेपालीहरुले संक्रमणको कडी तोड्ने तथा रोग लागेपनि रोगलाई जित्न सक्ने विशिष्ट कारणहरु रहेको बताएका हुन् ।

जुन निम्नप्रकार छन्-

१. लकडाउन : समयमै लकडाउन भएको, सिमाना शिल गरिएको, सम्भावित जोखिम ठाउँमा निगरानी बढाइएको, सामाजिक दुरी / हात धुने लगायत बिषयमा जनता सुचित भएको आदि ।

२. बसाइ : अधिकांश गाउँ भएको, गाउँमा घरले नै सामाजिक दुरी कायम गरेको, सहरमा सामुहिक बसाइ अत्यन्त न्यून भएको ।

३. जनसंख्या : जुलाई २०१८ भएको जनसंख्या सर्वेक्षण अनुसार नेपालको जनसंख्या २ करोड ९७ लाख १७ हजार ५ सय ८७ छ । काठमाडौ लगायत केहि सहरमा मात्र जनघनत्व बढी छ । अन्य स्थानमा जनघनत्व कम भएको हुनाले रोग सर्ने गति त्यति तीब्र हुँदैन । अरु देशको तुलना गर्दा हाम्रा सहरको जनसंख्या थोरै नै मानिन्छ ।

४. जोखिम उमेर : बिकसित देशको औसत आयु हेर्ने हो भने जेष्ठ नागरिकको प्रतिशत धेरै हुन्छ । जस्तै इटालीमा जेष्ठ नागरिक २३ % छन् । नेपालमा ६५ बर्ष तथा त्यो भन्दा धेरै उमेरका मान्छे ५.३४ % मात्र छन् । त्यसैले संक्रमण फैलिएपनि स्वाभाविक रुपमा मृतकको संख्या कमी हुनेछ । नेपाल डेमोग्राफिक प्रोफाइल २०१९ अनुसार ०-१४ बर्षका २९.५४ %, १५ – २४ बर्षका २१.५२ % तथा २५ – ५४ बर्षको जनसंख्या ३७.१८ % छ । यो ठूलो जनसंख्या उमेरको हिसाबले जोखिम मानिदैन । त्यस्तै ५५ – ६४ बर्षका ६.४२ % र ६५ बर्षमाथिका ५.३४ % छन् ।

५. औसत आयु : नेपालीको औसत आयु ( Life expectancy at birth ) ७१.३ बर्ष ( २०१८ ) बर्ष छ । त्यसमा पुरुषको औसत आयु ७०.६ बर्ष र महिलाको औसत आयु ७२ बर्ष रहेको छ । यो औसत आयु बिकसित मुलुकको तुलनामा कम हो । कोरोना संक्रमणको मृत्युदर ८० बर्ष वा सो भन्दा माथिका व्यक्तिको सबैभन्दा धेरै ( लगभग २१ % ) रहेको छ । तसर्थ कोभिड – १९ बाट हुन सक्ने नेपालको मृत्युदर कम हुने देखिन्छ ।

६. सार्वजनिक यातायात : बिकसित देशमा अन्डरग्राउण्ड रेल, मेट्रो, लामा बस आदि छन् । त्यहाँ दैनिक लाखौँ व्यक्तिको ओहोरदोहोर हुन्छ । नेपालमा थोरैजना अट्ने माइक्रोबस, मिनिबस तथा बस मात्र छन् । यसो हुँदा सार्वजनिक यातायातबाट छिटो संक्रमण फैलिने सम्भावना एकदम थोरै हुन्छ ।

७. रात्रिजीवन : नेपालमा रात्रिजीवन छैन भन्दा हुन्छ । रेस्टुरेन्ट, क्लब, डान्सबार, पार्क, स्टेडियम आदिमा जाने नेपाली न्यून छन् । त्यहाँबाट रोग सर्ने सम्भावना थोरै हुने नै भयो ।

८. हात धोइरहने अभ्यास : नेपालीले ट्वाइलेट पेपर, Tissue पेपर, काँटा /चम्चा / चपस्टिकको प्रयोग न्यून मात्रामा गर्छन । त्यस्तै बाहिरको खाना खाने प्रचलन कम छ । यसको मतलब ट्वाइलेट गएपछि, खाजा खानु अघिं, खाजा खाएपछि, खाना खानु अघिं, खाना खाएपछि, तरकारी पखाल्दा, खान पकाउँदा, भाँडा सफा गर्दा, कपडा धुँदा आदि काममा दिनको बीसौं पटक साबुनले हात धोइरहेका हुन्छन, पानीसंग खेलिरहेका हुन्छन । यो परम्पराले भाइरसको चेन तोड्न ठूलो भूमिका खेलेको छ ।

९. खोप तथा औषधि : नेपालमा सरुवा रोगको प्रकोप फैलिरहने भएकोले भएकोले यहाँ बिसिजीको खोप, पोलियो, जुकाको औषधि, हात्तीपाइलेको औषधि, फ्लु भ्याक्सिन, जापानिज इन्सेफ्लाइटिस लगायतको खोप लगाउने प्रचलन छ । त्यस्तै मलेरिया, कालाजार आदिको औषधि पनि प्रकोप क्षेत्रमा खाएका हुन्छन् । हरेक मौसममा सिजनल फ्लु, स्वाइन फ्लु, बर्ड फ्लु जस्ता रोग, प्रदुषण आदिसंग जुधेका हुन्छन । यी कारण पनि नेपाली सुरक्षित भएको विश्वास गरिएको छ ।

१०. खानपिन : हाम्रो खानपिनमा प्रयोग गर्ने मरमसला ( अदुवा, लसुन, प्याज, बेसार, कागती, ज्वानो, पुदिना, मरिच, जिम्मु, टिमुर, मरौटी, धनियाँ, जिरा, दालचिनी, तेजपात, तुलसी आदि ) ले रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्दछन । अनुसन्धानबाट पनि यी मरमसला सुजन तथा संक्रमणमा उपयोगी हुने तथा इम्युनिटी पावर बुस्ट गर्ने भनेर भनिएको छ ।

११. संस्कृति : नेपालीले शारीरिक परिश्रम गर्ने, हिंड्ने, योग तथा ध्यान गर्ने, पुजाआजा गर्ने, ब्रत बस्ने, चाडपर्वमा मौसम अनुसारका खाना खाने लगायत बिबिध संस्कृति र परम्परा छन् । त्यस्तै बासी नखाने, शाकाहारी खाने वा मासुलाई दैनिक मुख्य खानाको रुपमा नलिने, छाकैपिच्छे पकाउने, नचिनेको खाना नखाने, काँचो मासु नखाने लगायतका अभ्यास रोगको रोकथाम र प्रतिरोध गर्न प्रभावकारी छन् ।

१२. उच्च मनोबल : नेपाली नागरिकमा उच्च मनोवल भएको अनुसन्धानले पनि देखाएका छन् । भूकम्प, बाढीको प्रकोप तथा द्वन्दमा पनि नेपाली नागरिक हाँसेर, एकअर्कालाई सहयोग गरेर सकारात्मक जीवन बिताएका थिए । त्यस्तै नेपालीमा जन्म, वृद्धि, क्षय र मृत्युलाई सहज रुपमा लिने धार्मिक तथा पारम्पारिक मान्यता छ । दैवको खेल, माथिको आज्ञा, पिठो सकिएको जस्ता तमाम मन बुझाउने शब्द सहर तथा गाउँमा प्रचलित छन । नेपालको जेष्ठ जनसंख्या आफ्नो धर्म, परम्परा तथा संस्कृतिको ज्ञाता छ । तसर्थ हरेक घटनालाई ती मान्यतासंग जोड्ने गर्दछ। त्यस्तै नेपाल तपोभूमि भएको, पशुपतिनाथजस्ता शक्तिपीठ भएको, बुद्धको जन्मस्थल भएको तथा विश्वमै अद्वितीय हावापानी भएको मान्ने पंक्ति पनि ठूलो छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

खसीको नाममा बाख्राको मासु बिक्री,तीन पसलबाट २५ किलो मासु बरामद
जनप्रभाबन्युज विशेष

खसीको नाममा बाख्राको मासु बिक्री,तीन पसलबाट २५ किलो मासु बरामद

9 months पहिले
दिपक थापा आईजिपी बन्दै
जनप्रभाबन्युज विशेष

दिपक थापा आईजिपी बन्दै

1 year पहिले
Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

1 year पहिले
नेपाल प्रहरी श्रीमती संघ जुट्याे उद्यमशिलता तर्फ
समाज

नेपाल प्रहरी श्रीमती संघ जुट्याे उद्यमशिलता तर्फ

3 years पहिले
सबै जिल्लामा फैलियो डेङ्गु, अहिलेसम्म ४७ जनाको मृत्यु
कोरोना भाइरस विशेष / स्वास्थ्य तथा जनसंख्या मन्त्रालय / सरकारी अस्पताल / प्राइभेट अस्पताल

सबै जिल्लामा फैलियो डेङ्गु, अहिलेसम्म ४७ जनाको मृत्यु

4 years पहिले
स्वास्थ्य मन्त्रालयले यी अस्पतालमा पठायो निःशुल्क सिटामोल
कोरोना भाइरस विशेष / स्वास्थ्य तथा जनसंख्या मन्त्रालय / सरकारी अस्पताल / प्राइभेट अस्पताल

स्वास्थ्य मन्त्रालयले यी अस्पतालमा पठायो निःशुल्क सिटामोल

4 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh