Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पालको बसाइ, पानीको समस्या, लामखुट्टे, सर्पको डर छ तर पनि २४ घण्टा सिमामा खटेको छ -सशस्त्र प्रहरी


सशस्त्र प्रहरीमा ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव कता
थप भए सिमानाकामा बिओपीकाे संख्या पाँच सय भए साढे ३ किलोमिटरको फरकमा सशस्त्रको उपस्थिति

काठमाडौं,जेठ ७ गते बुधबार ।
सीमा नाका लगायत विभिन्न स्थानमा कोभिड 19 सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तीमा सशस्त्र प्रहरी बल छ / कोरोना भाइरस (कोभिड-१९)लाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले आफ्ना सम्पूर्ण ड्यूटिलाई उच्च सतर्कतामा राखेर यस विरुद्धको अभियानमा सकृत रहेको छ । यस परिस्थितिमा द्विविधारहित ढंगले परिचालित भई स्थानिय जनतालाई प्रत्यक्ष सेवा, सुरक्षा, सहयोग तथा आपद विपद्मा परेकाहरुको उद्वारमा सकृय रहन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मातहत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । लागूभएको ‘लक डाउन’मा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै सशस्त्र प्रहरी बलले स्थानिय स्तरमा समेत जनचेतनामा अभिबृद्वि गर्न माईकिङ लगाएत विभिन्न प्रयासहरु गरिरहेको छ । सशस्त्र प्रहरी बलको टोली देशका विभिन्न १६१ स्थानमा हेल्थ डेष्कमा खटिएको छ । जसमा कुल ५३० जना सशस्त्र प्रहरी कर्मचारी खटिएका छन् । स्थानीय स्तरमा उपलब्ध श्रोत साधनको उपयोग गरी मास्क उत्पादन गरी निःशुल्क वितरण, विभिन्न ठाउँहरुमा सावुन पानीको व्यवस्था, कोरोना भाईरसबाट जोगिने उपाय लेखिएका जनचेतना मूलक पर्चा पम्पलेट वितरण लगायतका कार्यहरु समेत गरिएका छन् । सीमा नाकाबाट आवतजावत नियन्त्रण, ‘लक डाउन’को वेवास्था गर्दै लापर्वाही पूर्वक सडकमा निस्केका स्थानीय व्यक्ति तथा सवारी साधन नियन्त्रण लगायतका कार्यहरुमा समेत एपीएफ टोली परिचालन गरिएको छ । एपीएफ टोलीले स्थानीय प्रशासन तथा प्रहरी सँग समन्वयन गरी आफ्नो दायित्व निर्वाह गरिरहेका छन् । एपीएफ टोली सीमा नाका सुरक्षा, क्वारेन्टाईन सुरक्षा, हेल्थ डेष्क लगायत ‘इमिडियट रेस्पोन्स टिम’, चेक पोइन्ट, पिकेट, पैदल गस्ती, मोवाईल गस्ती, ‘क्वीक रिएक्सन टिम’ लगायतका ड्यूटिहरुमा परिचालित रहेको छ । यसैगरी हरेक एपीएफ ईकाइहरुमा विपद्का बेला उद्धार कार्यका लागि एपीएफ टोली उच्च सतर्कतामा राखिएको छ । यसका लागि विभिन्न ८१ स्थानमा कुल १ हजार ६२ जना सशस्त्र प्रहरी कर्मचारी खटिएका छन् । देशका विभिन्न १२ स्थानमा एम्बुलेन्स तथा स्वास्थ्यकर्मीसहित एपीएफ टोली परिचालित रहेको छ । सशस्त्र प्रहरी बलले कोरोना भाईरसबाट जोगिन आफ्ना सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई सचेत गराउनुकासाथै उनीहरुमार्फत उनीहरुका घर परिवार तथा छरछिमेकमा समेत सचेतना गराउने प्रयास गरेको छ । हरेक व्यारेकमा थर्मलगनबाट तापक्रम नाप्ने, सेनीटाईजरको प्रयोग गर्ने, सावुन पानीले हात धुने जस्ता कार्य गर्दै आएको तथा कुनै सशस्त्र प्रहरी कर्मचारीमा कुनै लक्षण देखिएमा तत्काल क्वारेन्टाईनमा राख्नका लागि सशस्त्र प्रहरी बलको हरेक व्यारेकमा त्यस सम्बन्धि व्यवस्था मिलाईएको छ ।
गृहमन्त्रालयले सिमानाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको बिओपीको संख्या पाँच सय पुर्या उने तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापा’बादल’ले दिएकाे निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले साे सम्बन्धि खाका तयार पारि गृहमन्त्रालयमा गृहमन्त्री र मन्त्रालयका अधिकारी समक्ष प्रस्तुत गरेकाे हाे । हाल सिमामा १२१ बिओपी रहेकोमा त्यसलाई बढाएर पाँच सय पुर्याउने सरकारको तयारी रहेकाे छ । नेपालतर्फको सिमानाकामा भारतकाे ५३० बिओपी रहेकोमा नेपालले पनि साेहि अनुपातमा बिओपी थप्ने तयारी गरेकाे हाे । प्रस्ताव अनुसार साे संख्यामा जनशक्ति खटाउन ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्रले राखेको छ । हाल सरदर १५ किलोमिटरकाे दुरिमा रहेकाे बिओेपी त्यसपछि ३.५ किलोमिटर सिमामा रहनेछ ।

बिओपी थप सम्बन्धि गृहमन्त्रालयकाे छलफलमा गृहमन्त्री थापाले सिमा व्यवस्थापनकाे विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेकाे बताउँदै बिओेपी थप सम्बन्धि प्रस्ताव आफुले मन्त्रीपरिषदमा लैजाने र सशस्त्र प्रहरीले तयार पारेकाे प्रस्ताव राम्राे रहेकाे भन्दै बिओेपी रहने स्थान, आवश्यक पुर्वाधार लगायतका विषयमा थप विस्तृत प्रस्ताव ल्याउन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिए । शान्त, समृद्ध र स्वाधीन नेपालकालागि सिमा व्यवस्थापन अनिवार्य शर्त रहेकाे बताउँदै गृहमन्त्री थापाले यसका लागि राज्यले बजेटमा कन्जुस्याइँ गर्न नहुने बताउनुभयो । तत्कालै वा चरणवद्ध रुपमा पाँच सय स्थानमै बिओेपी स्थापना प्रक्रिया अगाडि बढाईने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयाे । उहाँले अहिले जटिल परिस्थितिमा सिमित , स्राेत र साधनका बाबजुद सिमामा काेराेना नियन्त्रणका लागि सुरक्षानिकायले खेलेकाे भूमिका प्रशंसनीय रहेकाे टिप्पणी गर्नुभयाे ।

गृहसचिव महेश्वर न्याैपानेले सिमाकाे विषय संवेदनशील विषय भएकोले सिमाबाट हुने अपराध, चाेरी, तस्करी नियन्त्रणका लागि समेत बिओेपी बढाउनुकाे विकल्प नरहेको बताउनुभयो । उहाँले भन्सारकाे १११ ठाउँमा रहेकाे जग्गा बिओपीलाई दिन अर्थ मन्त्रालय सकारात्मक देखिएकाे जानकारी दिँदै अन्य स्थानमा प्रदेश सरकार, स्थानीय निकाय र जिल्ला प्रशासनसँगकाे समन्वयमा आवश्यक जग्गा खोज्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो । यसअघि सिमाक्षेत्रमा ८७ बिओपीमात्रै रहेकोमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृहमन्त्रालय सम्हालेपछि यसमा ठुलाे संख्यामा थप गरि १२० पुर्याबइएको छ । त्यस्तै बिओपी संख्या २२१ पुरयाउने गृहमन्त्रीको प्रस्ताब मन्त्रीपरिषद्ले यसअघिनै पारित गरिसकेकाे छ । यसअघि बिओपीमा करिव ५ हजार जनशक्ति रहेकोमा कोरोनाको संक्रमणका कारण सिमा सिलपछि ८ हजार ३८३ थप जनशक्ति सिमामा थपिएको हाे । गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्ला, हेडक्वार्टर लगायतका स्थानमा रहेका जनशक्ति घटाएर सिमामा पठाउन निर्देशन दिएसँगै अहिले ठुलाे संख्यामा सिमामा सशस्त्र प्रहरी बल खटिएका छन् । सशस्त्रको १२१ स्थानमा मात्रै बिओेपी रहेपनि कोरोनाको संक्रमणका कारण सिमा सिलपछि त्यसलाई बिस्तार गरि १२ सय स्थानमा अस्थायी र स्थायी पाेस्ट बिस्तार गरिएको सशस्त्रले जनाएकाे छ ।सशस्त्रले पेश गरेको योजना गृह हुँदै मन्त्रिपरिषदबाट स्वीकृत भए सीमामा साढे ३ किलोमिटरको फरकमा सशस्त्र प्रहरी बलको उपस्थिति हुनेछ । सीमामा सशस्त्र प्रहरीका ५ हजार जनशक्ति खटिइरहेका र कोभिड–१९ भाइरसको महामारीपछि पहाडी क्षेत्र र भीआईपी सुरक्षाबाट तानेर ८ हजार ३८३ थप जनशक्ति सीमा पठाइएको छ । हाल उत्तरी सीमा किमाथांकामा एउटा र नेपाल–भारत सीमा गरी १ सय २२ वटा बीओपी छन् । खोलामा हाम फल्न पर्यो , बाढी आयो ,, आगलागी भयो ,, भूकम्प आयो सशस्त्र प्रहरी बल खटिएका छन् । , नेपाल भारत सिमा नाकामा रात -दिन खटेको छ सशस्त्र प्रहरी / पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म नेपालको भारतसँग जोडिएको एक हजार ८८० किलोमिटर सीमा क्षेत्र खुला छ। नेपालमा सबभन्दा ठूलो जोखिम अहिले भारतबाटै देखिएको छ। भारतमा तीब्र दरमा कोरोना भाइरसको संक्रमण फैलिइरहेकाले भारतबाट आउने नेपाली र नेपालमा भित्रिने भारतीयबाट समेत उच्च जोखिम छ। सीमा बन्दका क्रममा नेपालबाट भारत र भारतबाट नेपाल कतै पनि आवागमन हुन नदिने निर्णय सरकारले गरेको छ।                                                     नेपाल–भारतबीचको दुवैतर्फको सीमा क्षेत्र पूर्ण रुपमा सिल गरिए पनि उताबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम पूरै रोकिएको छैन।
यही आवागमन रोकेर कोरोना भाइरसको संक्रमण भयावह हुन नदिन सीमा क्षेत्रमा खटिएको छ, सशस्त्र प्रहरी। कोभिड- १९ को संक्रमण देखिन थालेपछि सशस्त्र प्रहरीले पूर्वतयारी अनुसार नै अन्तर्राष्ट्रिय सीमामा आफ्ना कर्मचारी खटाउन थालेको हो।
अहिले भारतसँगको कूल एक हजार ८८० किलोमिटर क्षेत्र पूर्ण सिल गरेर सशस्त्रले नै २४ घण्टा निगरानी गरिरहेको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता, डीआईजी प्रविणकुमार श्रेष्ठका अनुसार अहिले सीमामा मात्रै २४ घण्टा पहरा दिन साढे ८ हजार सशस्त्र प्रहरी परिचालित छन्। उनले भने, “सरकारले सीमा नाका सिल गरेपछि भारतसँग सीमा जोडिएको क्षेत्रमा निरन्तर निगरानी गरिरहेका छौं।”
त्यसका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरीका एक हजार २१३ वटा अस्थायी पोष्ट स्थापना गरिएका छन्। ती पोष्टमध्ये अधिकाशं पाल टाँगेर बनाइएका छन्। तीनै पालको भरमा सशस्त्र प्रहरी २४ घण्टा ड्युटी गर्छन्। डीआईजी श्रेष्ठले भने, “कतै कैत मात्र खाली भवन र स्कुलमा बसिरहेका छन्।” सशस्त्र प्रहरी बलका प्रवक्ता श्रेष्ठले पहाडी जिल्ला लगायत अरु धेरै ठाउँमा कार्यरत सशस्त्र प्रहरीलाई त्यहाँबाट निकालेर सीमाक्षेत्रमा खटाएको बताए। सीमा क्षेत्रमा कुनै पनि व्यक्तिको प्रवेश हुन नपाओस् भनेर प्रत्यक्ष निगरानीसँगै सीसीटीभी, बाइनाकुलर लगायतका उपकरणसमेत प्रयोग गरिएको छ।
त्यस्तै ड्रोन क्यामेराको मद्वतले पनि निगरानी बढाउने काम भइरहेको छ।
भारतसँग सीमा जोडिएका क्षेत्रमा सशस्त्र प्रहरी बलका २२ वटा गण छन्। सीमाक्षेत्रमा बोर्डर आउट पोष्ट र भन्सारमा गुल्म पनि रहेका छन्।
“सामान्य अवस्थामा यी सबै ठाउँमा करिब १४ हजार जनशक्ति खटिएको हुन्थ्यो”, डीआइजी श्रेष्ठले भने, “अहिले नाका नै लक्षित गरेर थप साढे आठ हजार खटाएका हौं। अन्य जनशक्ति पनि अहिले मुख्य रुपमा जिल्लामा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि गर्नुपर्ने काममा नै छ।” देशैभर कोभिड- १९ रोकथामको जिम्मेवारीमा अहिले साढे ३१ हजार हाराहारी परिचालित भएको श्रेष्ठले बताए। पालको बसाइ, पानी पर्योे भने पनि समस्या छ / लामखुट्टे, सर्प लगायतको पनि त्यतिकै डर छ। अधिकांश ठाउँमा ड्युटी गरिरहेकै स्थानमा बसेर खाना पकाएर खाने र नजिकै अस्थायी शौचालयको व्यवस्था गरिएको छ।
“खटिएका स्थानमा पैदल नै गस्ती गर्नुपर्ने वाध्यता छ। सवारी साधनको व्यवस्थापन गर्न सकिएको छैन”, प्रवक्ता श्रेष्ठले भने, “सम्बन्धित निकायमा हामीले त्यहाँ खटिने कर्मचारीका लागि आवश्यक पर्ने श्रोतसाधनको माग गरेका छौं।” सशस्त्र प्रहरी मुख्यालयले नै उनीहरुको सुरक्षाका लागि मास्क, स्यानिटाइजर, हात धुने साबुन, थर्मोमिटर लगायतको व्यवस्था गरेको छ। लकडाउनमा संक्रमणका खतरा टार्न साढे आठ हजार सशस्त्र प्रहरी पालमूनि बसेरै सीमाक्षेत्रमा २४ घण्टा ड्युटी गरिरहेका छन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ
जनप्रभाबन्युज विशेष

सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ

11 months पहिले
निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन
केन्द्रिय अनुसन्धान ब्यूरो ( सिआइबी ) / अपराध अनुसंधान

निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन

11 months पहिले
६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ
जनप्रभाबन्युज विशेष

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ

11 months पहिले
मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन
जनप्रभाबन्युज विशेष

मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

11 months पहिले
कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट
क्राइम रिपोर्ट

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट

11 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh