काभ्रे ,जेठ ७ गते बुधबार । काभ्रे जिल्लाको भुम्लु गाउँपालिकास्थित सिलामे भिरमा बोलेरो जीप दुर्घटना हुदाँ दुई जना सुनकोशीमा बेपत्ता भएका छन् ।
बोलेरो जीप दुर्घटना हुदाँ बेपत्ता हुनेमा भुम्लु गाउँपालिका – १ सापिङका अशोक गिरी र सोही स्थानको भोला महत रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दोलालघाटबाट सापिङ हिडेको बा १६ च ८८३८ नम्बरको बोलेरो गाडी उकालो जार्दै गर्दा ब्याक आएर दुर्घटना भएको हो । प्रहरीका अनुसार जीप सिमेन्ट र कुखराको दाना लिएर जाँदै थियो । जीप नै सुनकोशी नदीमा खसेको नभइ उकालोमा ब्रेक लगाउने क्रममा जीपको पछाडी बसेका यात्रु सुनकोशीमा पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ३९ बर्षीय सानुमाया गिरी घाइते भएको र उहाको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।
