जन प्रभाब-सम्बादाता / २०७७ जेठ ६ गते मंगलवार
महोत्तरी । लकडाउनको मौका छोपी अवैध रुपमा नदी उत्खन्न भईरहेको जनगुनासो बढेपछि २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख डिआइजी धिरज प्रताप सिंहले अबैध उत्खन्न विरुद्ध निगरानी बढाइएको छ । प्रदेश २ को जिल्ला महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर -८ स्थित मरहा खोलामा अबैध उत्खन्न कार्य गरिरहेको भन्ने विशेष सूचना को आधारमा २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र ईलाका प्रहरी कार्यालय गौशाला , महोत्तरी बाट खटिएको सन्युक्त प्रहरी टोलिले उक्त स्थानमा खनिएको खाल्टोहरु पुरी रहेको अबस्थामा

चेसिस नम्बर – CLGZL50CCJL65816K को Loader थान १,ज १ क ५८४ र ज १ क ५९५ नम्बर को backhoe loader थान १ फेला पारी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिनु भयो । उक्त २ वटै Loader आवश्यक कार्वाहीको लागि गौशाला नगरपालिका कार्यालय पठाइएको प्रहरी जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !