Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

विराटनगरका औषधि व्यवसायी दुलालको हत्या आरोपमा प्रहरीले श्रीमतिसहित तीन जना पक्राउ


विराटनगर,जेठ ५ गते सोमबार । विराटनगरका औषधि व्यवसायी ३३ वर्षिय देवीप्रसाद दुलालको हत्या आरोपमा प्रहरीले श्रीमतिसहित तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीले दुलालकी श्रीमति मीना श्रेष्ठ, सिरहा जिल्लाको लहान नगरपालिका वडा नम्बर – १० घर भई हाल विराटनगरमा बस्ने २१ वर्षिय ब्रहमदेव साह र इटहरी उपमहानगरपालिका वडा नम्बर – १२ का २० वर्षीय सोनु साहलाई पक्राउ गरेको छ

। 
इटहरी–१२ खनार घर भई विराटनगर १० मधुमारामा देवी माँ पाथीभरा फर्मा नामक औषधि पसल सञ्चालन गर्ने दुलालको आइतबार बिहान शंकास्पद मृत्यु भएको थियो ।

ओछ्यामा बेहोस भेटिएको भन्दै उनकी श्रीमति मीना श्रेष्ठ दुलालसहितले विराटनगरस्थित गोल्डेन अस्पतालमा लगेकोमा उनको मृत्यु भइसकेको थियो । मृतकको शरिरमा चोट देखिएको र श्रीमति मीनाको भनाई बाँझिएको देखिएपछि अनुसन्धान गर्दा उनकै योजनामा हत्या भएको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

श्रीमती मीना र ब्रह्मदेवको मुख्य योजनामा सोनुको पनि संलग्नमा दुलालको हत्या गरेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । प्रहरीले मीना र ब्रम्हदेवलाई आइतबार पक्राउ गरेको थियो भने सानुलाई सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई मोरङ प्रहरीले सोमबार साँझ भिडियो कन्फ्रेन्स मार्फत पत्रकार सम्मेलन गरि घटना सार्वजानिक गरेको छ ।

देवीप्रसादको श्रीमतिसँग सम्बन्ध राम्रो नभएको र मनमुटाव भइ झैझगडा हुँदै आएकोले मीनाको योजना अनुसार हत्या भएको प्राराम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी अधिकारीले बताए । 
हत्यामा संलग्न ब्रम्मदेव चार वर्षदेखी दुलालको औषधि पसलमा काम गरेका थिए । श्रीमतिसँगको हिमचिमबारे जानकारी पाएपछि दुलालले ७ महिना अगाडि साहलाई कामबाट निकालि दिएको खुलेको छ । त्यसपछि उनीहरुले दुलालको हत्या योजना बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

यसरी गरे हत्या
मीनाको श्रीमान देवीप्रसादसँग मनमुटाव भइ दैनिक जसो झैझगडा हुने गरेकोले पसलमा काम गर्ने ब्रम्हदेवलाई सुनाएका थिए । श्रीमानको हत्या गरे टेनसन साप हुने भएकोले उनीहरूले हत्या योजना ब्रम्हदेवलाई सुनाएका थिए । मीनाले शनिबार कोठामा ककटेल पार्टी हुने जानकारी ब्रम्हदेवलाई सुनाएका थिए । त्यही अनुसार हत्याको योजना मीना र ब्रम्हदेवले बनाउँछन् ।

ब्रम्हदेवले हत्यामा उनको साथी सोनुको पनि सहयोग लिन्छन् । देवीप्रसाद र उनका व्यवसायी साथीहरू बिच शनिबार राती कोठामा ककटेल पार्टी चल्छ । ९ बजे पार्टी सकिएपछि देवीप्रसादका व्यवसायीक साथीहरू आ–आफनो घरतर्फ लाग्छन् । दुलाल आफ्नो कोठा तिर जान्छन् । मीनाले ढोका खोलिदिए पछि दुलालको कोठामा ब्रम्हदेव र सोनु आइपुग्छन् । देवीप्रसाद सुतिनसकेको हुनाले मीनाले उनीहरूलाई सिढीमा लुकाउँछिन् । ११ बजे देवीप्रसाद सुतेपछि प्लाष्टिकको डोरीले घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीको भनाइ छ ।

हातमा पञ्जा लगाएर डोरी प्रयोग गर्दै हत्या गरेको खुलेको छ । ब्रह्म्मदेवले प्लाष्टिकको डोरीले घाँटी कसेका थिए भने ज्ञानुले खुट्टा समातेर हत्या गरेकोे प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । घाँटी कसेपछि थाहा पाएर उठ्न खोज्दा झ्यालमा ठोक्किएर देवीप्रसादको वायाँ आँखामा चोट समेत लागेको प्रहरीको भनाइ छ । दुलालको नाक, हात, घाँटी र वायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा शव थियो । उनी सुतेको ओछ्यानमा रगत लतपतिएको थियो भने घाँटीमा डोरीले कसेको डाम थियो । दुलालको घाटीको डाम हटाउन मीनाले पाउण्डर पनि दलेकी थिइन् ।

प्रहरी नियन्त्रणमा रहेकी मीनाले सुरुमा भने श्रीमानलाई उच्च रक्तचापको समस्या रहेको र त्यही कारणले मृत्यु भएको हुनसक्ने भन्दै ढाँट्ने प्रयास गरेको प्रहरी अनुसन्धानमा संलग्न प्रहरीको भनाई छ । हत्यापछि ब्रम्हदेवले सोनुलाई मोटसाइकलमा राती २ बजे इटहरीको खनारस्थित घर पुराएर उनी विराटनगर डेरामा फर्किएका थिए । कोठामा आएर आरमा गरेपछि विहान सबेर विराटनगर ४ बरगाछीस्थित काम गर्ने फार्मेशीमा गएका थिए ।

hatya-newsm

हत्याको योजना शुक्रबार बनेको थियो 
प्रहरीका अनुसार मीना र ब्रम्हदेव नजिकको साथी जस्तो थिए । ब्रह्मदेव चार वर्षदेखि दुलालकै औषधि डिलरमा काम गर्थे । त्यही क्रममा मीनासँग उनको हिमचिम बढेको चाल पाएर श्रीमान देवीप्रसाद दुलालले ब्रह्मदेवलाइ कामबाट निकालिदिएको खुलेको बताइएको छ । प्रहरीका अनुसार मीनाले शुक्रबार ब्रम्हदेवसँग सल्लाह गरेर हत्याको योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यापछि बिरामी भएको देखाउन अस्पताल लगेर घटनालाई स्वभाविक मृत्यु भन्ने बनाउन खोजेको पाइएको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनामा प्रयोग गरिएको डोरी र पञ्जा विराटनगर–९ स्थित झाडीमा फेला पारेको छ । प्रहरीले हत्यामा प्रयोग भएको ४ थान मोवायल, प्रयोग भएको ८ थान सिमकार्ड, एयलमक पाउडर १ थान, कपडाको ब्याण्डेज १थान, नाइलनको डोरी २ थान, सर्जिकल पन्जा ८ जोर, घटनास्थलबाट उठएको रगत लागेको बेडकभर १ थान, सिरानीको खोल, ब्लयाङकेटको टुक्रा थान १ र चुडिएको सिक्री पनि बरामद गरेको छ ।

हत्यामा संलग्न तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा म्यात थप गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । दुलाल र मीनाबीच १० वर्ष पहिले प्रेम विवाह भएको थियो । उनीहरुका ८ वर्षका छोरा छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

बाबुले पेट्रोल छर्किएर आगो लगाइदिंदा २ वर्षे छोराको मृत्यु
अपराध

बाबुले पेट्रोल छर्किएर आगो लगाइदिंदा २ वर्षे छोराको मृत्यु

4 months पहिले
नेपाल प्रहरीका कारण तनावमा अध्यागमन प्रमुख
अपराध

नेपाल प्रहरीका कारण तनावमा अध्यागमन प्रमुख

7 months पहिले
फरार प्रतिवादी कारागार चलान
अपराध

फरार प्रतिवादी कारागार चलान

7 months पहिले
सन्दीपको बयान : युवतीले बेडमा बाेलाएकी थिइन्, म अस्वीकार गरेर कुर्सीमै सुतेँ (पूर्णपाठ)
अपराध

सन्दीपको बयान : युवतीले बेडमा बाेलाएकी थिइन्, म अस्वीकार गरेर कुर्सीमै सुतेँ (पूर्णपाठ)

7 months पहिले
हत्या गरि फरार रहेका प्रतिवादी १२ वर्षपछि पक्राउ
क्राइम रिपोर्ट

हत्या गरि फरार रहेका प्रतिवादी १२ वर्षपछि पक्राउ

8 months पहिले
सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्‍न अनुमति
अपराध

सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्‍न अनुमति

8 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

स्रोत नखुलेको १४ लाख बढी रुपैयाँसहित एक जना नियन्त्रणमा

स्रोत नखुलेको १४ लाख बढी रुपैयाँसहित एक जना नियन्त्रणमा

2 hours पहिले
प्रचण्ड–बाबुरामविरुद्ध सर्वोच्चमा मुद्दा

प्रचण्ड–बाबुरामविरुद्ध सर्वोच्चमा मुद्दा

2 hours पहिले
ट्रेडमार्कको मुद्दा विभागमा विचाराधीन

ट्रेडमार्कको मुद्दा विभागमा विचाराधीन

2 hours पहिले
सत्ता टिकाउनका लागि रेशम चौंधरीलाई आममाफी दिइयो : कांग्रेस नेता कोइराला

सत्ता टिकाउनका लागि रेशम चौंधरीलाई आममाफी दिइयो : कांग्रेस नेता कोइराला

2 hours पहिले
मधेसका ८ जिल्लामा मिटर ब्याजीविरुद्ध १८ हजार ७१ उजुरी, ७ जना पक्राउ

मधेसका ८ जिल्लामा मिटर ब्याजीविरुद्ध १८ हजार ७१ उजुरी, ७ जना पक्राउ

2 hours पहिले
सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भण्डारी ५ दिनदेखि सम्पर्कविहीन

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भण्डारी ५ दिनदेखि सम्पर्कविहीन

2 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh