झापा, जेठ ४ गते आइतबार । झापा जिल्लाको दक्षिणी सीमा क्षेत्रमा प्रहरीले यतीवेला साइकल गस्ती तिब्र गतिमा शुरु गरेको छ ।
भारतबाट कतिपय पोष्टको खाली स्थानबाट लुकीछिपी नेपाल आउन खोज्नेहरु सीमा क्षेत्रमा देखिन थाले पछी तीनदिन देखि सीमा क्षेत्रमा साइकलबाट पनि गस्ती गर्न सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनु भयो ।
प्रदेश नम्बर – १ सरकारले प्रदेश प्रहरी कार्यालय विराटनगर मार्फत झापालाई गस्तिका लागि २५ थान साइकल उपलब्ध गराएको थियो । नेपाल–भारत सीमामा रहेको अस्थायी सुरक्षा पोष्टमा खटिएका प्रहरीले साइकलबाट पनि गस्ती शुरु गरेपछि थप सुरक्षा बढेको छ । एउटा पोष्टदेखि अर्को पोष्टसम्मको खाली क्षेत्रमा प्रहरीले अब साइकल गस्तीबाटै सीमामा सुरक्षा गर्ने कोइरालाले बताए ।

झापाको दक्षिणी सीमामा रहेका सुरक्षाकर्मीलाई आवश्यकताका आधारमा साइकल उपलब्ध गराइएको छ ।



















