काठमाडौं, जेठ ४ गते आइतबार । भारत सरकारले नेपाल सरकारलाई ३० हजार व्यक्तिको जाँच गर्ने क्षमताको कोभिड–१९ पीसीआर टेस्ट कीट आज आइतबार सहयोग गरेको छ ।
भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आइतवार कोभिड–१९ पीसीआर किट हस्तान्तरण गरेका हुन् ।
पुनाका माइल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु हस्तान्तर गरिएको दूतावासले जनाएको छ ।
सो टेस्ट कीटको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले तीस हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सक्ने दूतावासले विश्वास व्यक्त गरेको छ ।
यसैगरि, गत वैशाख १० गते राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधि हस्तान्तरण गरेका थिए ।
