Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीको कन्ट्याक ट्रेसिङ सुरु , कुन जिल्लामा कति सङ्क्रमित हेर्नुहोस ?


काठमाण्डौ,बैशाख ३१ गते बुधबार । सरकारले कोरोना सङ्क्रमण पुष्टि भएका नयाँ बिरामीको कन्ट्याक ट्रेसिङ आजदेखि सुरु गर्ने तयारी गरेको छ ।

हिजो उपत्यकामा तीन जनासहित एकैदिन ८३ जनामा कोराना पुष्टि भएपछि उनीहरुको कन्ट्याक ट्रेसिङ आजदेखि सुरु गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका अरु व्यक्तिको खोजी गरेर उनीहरुको पनि कोरोना परीक्षण गर्ने तयारी छ । हिजो उपत्यकामा तीन जनासहित ८३ जनामा कोरोना पुष्टि भएपछि आजदेखि सम्पर्कमा आएका अरु व्यक्तिको खोजी गर्न लागिएको हो । 

हिजो पर्सामा दुई पत्रकारसहित ५७ जना, रुपन्देहीका ९ जना, कपिलवस्तुका ८ जना, महोत्तरी, धनुषा र भक्तपुरमा दुई–दुई जना तथा काठमाण्डौ, बाराका र सर्लाहीमा एक–एक जना गरी ८३ जनामा कोरोना पुष्टि भएको थियो । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २१७ पुगेको छ । अहिलेसम्म उपचारपछि ३३ जना निको भएका छन् 

उपत्यकामा कोरोना देखिएका महिला वैशाख २९ गते काठमाण्डौ आएका थिए  

उपत्यकामा कोरोना पुष्टि भएका तीन जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा राति नै पु¥याइएको छ । काठमाण्डौ र भक्तपुरमा कोरोना पुष्टि भएका दुई महिला गएको २९ गते काठमाण्डौ आएको खुलेको छ । काठमाण्डौ चन्द्रागिरीकी ३३ वर्षकी महिला महेन्द्रनगरबाट र भक्तपुरमा डेरा गरी बस्ने २५ वर्षकी युवती सुनसरीबाट काठमाण्डौ आएको खुलेको छ ।

भक्तपुर दुवाकोटका २८ वर्षका पुरुष भने कताबाट आएको खुल्न बाँकी छ । उनीहरुलाई राती नै टेकु अस्पताल लगेर आइसोलेसनमा राखिएको छ । सबैको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पर्साका सङ्क्रमण पुष्टि भएकाहरुलाई एकै ठाउँमा ल्याउने तयारी 

पर्सामा कोरोना देखिएका नयाँ बिरामीलाई एकै ठाउँमा ल्याउने तयारी भएको छ । विभिन्न गाउँमा कोरोना सङ्क्रमित भेटिएपछि उनीहरु सबैलाई आज एकै ठाउँमा ल्याउने तयारी भएको हो । तर धेरै सङ्क्रमित भएकाले कहाँ र कसरी राख्ने भन्नेबारेमा भने निर्णय हुन बाँकी छ । हिजो कोरोना पुष्टि भएका दुई जना पत्रकारलाई भने वीरगन्जको नारायणी अस्पतालमा आइसोलेशनमा राखिएको छ । हिजो ५७ जना नयाँ बिरामी थपिएसँगै पर्सामा मात्रै ८२ जनामा कोरोना पुष्टि भएको छ । 

कुन प्रदेशमा कति सङ्क्रमित 

अहिलेसम्म १९ हजार ९ सय ९० जनाको पिसिआर र ५९ हजार ६ सय २७ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरीएकोमा २ सय १७ जनामा कोरोना देखिएको हो । जसमध्ये सबैभन्दा धेरै सङ्क्रमित प्रदेश २ मा भेटिएका छन् । अहिलेसम्म प्रदेश २ मा सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् ।

प्रदेश २ को पर्सामा ८२, धनुषा, बारा र रौतहटमा ३–३, महोत्तरी र सर्लाहीमा २–२ तथा सप्तरीमा १ गरी ९६ जना, प्रदेश ५ को कपिलवस्तुमा २९, बाँके २४, रुपन्देही १६ र बर्दीयामा एक गरी ७० जना, प्रदेश १ को उदयपुरमा ३२, झापामा २ तथा भोजपुरमा एक गरी ३५ जना, वागमती प्रदेशको काठमाडौ ४, भक्तपुर र चितवनमा २–२ धादिङ १ गरी ९, सुदुरपश्चिम प्रदेशको कञ्चनपुरमा ४ र कैलाली एक जना गरी ५ तथा गण्डकी प्रदेशको बाग्लुङमा २ गरी २ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा भने एक जनामा पनि कोरोना देखिएको छैन । त्यहाँ परीक्षण नै नभएकाले कोही पनि सङ्क्रमित नभेटिएका स्थानीयको गुनासो छ । अहिलेसम्म सङ्क्रमण भएका मध्ये ३३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १६, प्रदेश २ मा ५, बागमती र सुदुरपश्चिम प्रदेशमा ५–५ तथा गण्डकी प्रदेशमा २ जना डिस्चार्ज भएका छन् । 

लकडाउन आफ्नै लागि   

लकडाउन खुकुलो भएपछि केही दिन यता उपत्यकासहित मुख्य शहरमा गाडीको चाप बढेको छ । तर लकढाउन खुकुलो भयो भन्दैमा अति आवश्यक नपरी घरबाहिर ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले कोरोनाबाट आफु र आफ्नो परिवारलाई जोगाउन पनि अति आवश्यक नपरी घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले कोरोनाबाट बच्न आफै सचेत हुनुपर्ने भन्दै घरघरमा आफैंले कफ्र्यू लगाउनुपर्नेमा जोड दिनुभएको छ । 

यसैबीच कोरोना भाइरसको जोखिम बढेपछि पर्सामा निषेधाज्ञा जारी गरीएको छ । जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती निकालेर गएराती ८ बजेदेखि जेठ ५ गते राती १२ बजेसम्म लागु हुने गरी पर्सा जिल्लाभर निषेधाज्ञा लागु गरेको जनाएको छ । अब पर्सामा औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कोही पनि घर बाहिर निस्कन पाउनेछैनन् ।

यस्तै पर्सामा सेना परिचालन गरीएको छ । कोरोना नियन्त्रणको लागि नागरीकलाई घरभित्रै बस्न आग्रह गरीएपनि नटेरेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको साथमा स्थानीय प्रशासन ऐन अनुसार सेना परिचालनसमेत गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ
जनप्रभाबन्युज विशेष

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ

11 months पहिले
कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट
क्राइम रिपोर्ट

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट

11 months पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 year पहिले
दुर्गा प्रसाईँको भिडिओ सन्देशः प्रहरीले मलाई खोज्नु पर्दैन, म काठमाडौंमै सुरक्षित बसेको छु
जनप्रभाबन्युज विशेष

दुर्गा प्रसाईँको भिडिओ सन्देशः प्रहरीले मलाई खोज्नु पर्दैन, म काठमाडौंमै सुरक्षित बसेको छु

1 year पहिले
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
जनप्रभाबन्युज विशेष

वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात

1 year पहिले
अध्यादेश संसदबाट पारित हुन्छ: प्रधानमन्त्री ओली
जनप्रभाबन्युज विशेष

अध्यादेश संसदबाट पारित हुन्छ: प्रधानमन्त्री ओली

1 year पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh