लहान,बैशाख ३० गते । जारी लकडाउनको मौका छोपी सीमापारिबाट लागुऔषध भित्र्याउन लागेका एक युवकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । सीमा पारिको बजार लोकहाबाट खेत खेत हुँदै भारि परिमाणमा लागुऔषधसहित नेपाल भित्रिन लागेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खटि गएको सिभिल प्रहरी टोलीले लागुऔषधसहित भगवानपुर गाउँपालिका वडा नम्बर -३ स्थित अभयनगर घर भएका २९ वर्षिय कृचनशरण यादव र परितोष कुमार यादवलाई पक्राउ गरेको हो ।
पक्राउ परेका यादव लगायतका समूहले लागुऔषधको तस्करी गर्दै आएको सूचनाको आधारमा बाटो ढुकेर बसेका प्रहरी टोलिले उनलाई भगवानपुर गाउँपालिका स्थित सडकबाट पक्राउ गरेको हो ।
भगवानपुर गाउँपालिका स्थित चेकजाच गर्ने क्रममा बि.आर 32 एक्स 8461 भारतिय नम्बरको मोटरसाइकलमा आउदै गरेको भगवानपुर गाउँपालिका – ३ अभयनगर का १९ वर्षीय परितोष कुमार यादव र सोहि ठाउँ बस्ने १९ वर्षीय कृचनशरण यादव को साथ बाट डाईलेक्स डिसी १०० ML को ३० बोतल सहित प्रहरीले पक्राउ गरेको । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी बिनोद घिमिरेले जानकारी दिनु भयो । उनलाई अहिले ईलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखि लागुऔषध सम्बन्धी मुद्धामा कारवाही अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय लहानले जानकारी दिनु भयो ।
कारोनाको महामारी फैलि रहेको अवस्थामा लागुऔषध ओसारपोसार गर्ने जघन्य अपराध गर्ने समूह सक्रिय भएको खवर पाएपछि ईलाका प्रहरी कार्यालय लहानका सिभिल टोलि सक्रिय भएपछि उक्त सफलता हात लागेको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरत थापा श्रेत्रिले बताएको छ ।
पक्राउ परेका युवकले सीमा सिल भएको अवस्थामा समेत लागुऔषध कटाएर ल्याउन सक्नुमा पारिबाट पनि उनलाई कसैले सहयोग गरेकोले सहयोग गर्ने अन्य व्यक्तिहरुको समेत खोजी भइ रहेको डिएसपी शरत थापा श्रेत्रिले बताएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !