जन प्रभाब-सम्बादाता / कृष्णा यादब-बीरगंज, बैशाख २८ गते आइतबार .
नेपाल पत्रकार महासंघ पर्सा शाखाले पर्सा प्रहरीले ज्यादती गरेको भन्दै त्यस बिरुद्ध हड्तालको घोषणा गरेको छ । महासंघले भोली बिहान ८ बजे घण्टाघरमा धर्ना दिने घोषणा गरेको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साको समाचार बहिष्कार गर्ने समेतको निर्णय गरेको छ । पत्रकार तिवारी यादवको गिरफ्तारी बिरुद्ध जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकारहरुलाई प्रहरीले अपमानपूर्ण ब्यवहार गरेकोले महासंघ आन्दोलीत भएको हो ।
नेपाल प्रहरीका प्रदेश प्रमुख डिआइजी धिरज प्रताप सिंहको आगमनमा पर्साका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका पदाधिकारीको बैठक साविकको अञ्चल प्रहरी कार्यालयमा बसेको थियो ।
बैठकबाट फर्किएर आएपछि पत्रकारसंग सम्वाद हुने समस्याले निकास पाउने आसमा बसेका संचारकर्मीलाई प्रहरी प्रमुख गंगा पन्तले वास्ता नगरेपछि अपमानीत महशुस गरेका पत्रकारले आन्दोलनको बाटो अख्तियार गरेका हुन । आन्दोलनको उद्धघोष गर्न निस्किएका पत्रकारसंगै पत्रकार तिवारी यादव पनि जिल्ला प्रहरी कार्यालयबाट निस्किएका छन ।
वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएमकै प्रवेशद्वारबाट पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।दूब्र्यवहार गर्ने प्रहरीलाई माथि कारवाही नभए सम्म आन्दोलन गर्ने पत्रकार महासंघ पर्साले जनाएको छ । पत्रकार यादवको मोबाईल अहिले पनि प्रहरीले नै राखेको छ ।
यसैवीच प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोटेले एक बिज्ञप्ति जारी गर्दै प्रत्रकार तिवारी यादव माथि प्रहरीले गरेको दूब्र्यवहारको निन्दा गर्नु भएको छ । उहाँले दोषी प्रहरीलाई कारवाही गर्न माँग गर्नु भएको छ । यसेगरि बानका प्रदेश अध्यक्ष आरसी यादवले बिज्ञप्ति जारी गरि पत्रकार महासंघको कार्यक्रममा एक्येवद्धता जनाउनु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !