लहान ,बैशाख २८ गते आइतबार । राष्ट्रिय युवा संघ नेपालका जिल्ला कार्यसमिति सिरहाद्वारा आज बिहान करिब ८ बजे देखि रक्तदान कार्यक्रम गरिएको छ । लाहान नगरपालिका वडा नम्बर -७ स्थित राम मन्दिरको छेउमा सेनिटाईज गरि शुरु गरिएको उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पाटि (नेकपा) बाट सिरहाको श्रेत्र नम्बर -१ को ( क ) बाट निर्वाचित माननीय लगनलाल चौधरी ले उद्द्घाटन गरेका छन ।
राष्ट्रिय युवा संघ नेपालका जिल्ला कार्यसमिति सिरहाद्वाराकोभिड -१९ महामारीको बेला हुनसक्ने रगतको आभावलाई मध्यनजर गर्दै शुरुभएको रक्तदान कार्यक्रममा प्रहरी लगायत स्थानीय युवाले रक्तदान गरेको खबर छ । रक्तदान कार्यक्रममा जम्मा १ सय जना सहभागी हुने राष्ट्रिय युवा संघ नेपालका जिल्ला कार्यसमिति सिरहाका सह-संयोजक अशानन्द यादवले जानकारी दिनु भयो ।
कार्यक्रममा रक्तदाताहरुलाई समाजिक दुरी बनाई आसन ग्रहण गराएको सह-संयोजक यादवले जनाएका छन । यादवले ब्लड बैंकमा रगतको आभाव भएको बेला रगत दान गर्नु जिवनदान गरेको सरह हुने बिश्वास ब्यक्त गरेका छन ।
नेकपा युवा नेता बिजय गुप्ता र सुरेन्द्र साहको अगुवाईमा भएको उक्त कार्यक्रम लकडाउनलाई मर्यादित बनाउदै भएको जिकिर गरिएको छ । ईलाका प्रहरी कार्यालय र ईलाका प्रशासनले निर्देशन दिए अनुसार भिडभाड नगरी पालैपालो रक्तदान गरिएको खबर प्राप्त भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !