जनकपुर ,बैशाख २८ गते । प्रदेश नम्बर -२ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णहरी पुष्कर, २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंह , सशस्र प्रहरी बल नेपाल नं. २ क्षिन्नमस्ता बाहिनी मुख्यालय वर्दिवासका सशस्त्र प्रमुख प्रहरी नायब महानिरीक्षक राजु अर्याल , धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला , जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार वस्नेत, श्री नं. ८ सशस्त्र प्रहरी गण मुजेलियाका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती, राष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका उप- निर्देशक विमल डंगोल सहितको संयुक्त टोलीले धनुषा जिल्लाका भारत संग जोडिएका अन्तराष्ट्रिय सिमानाकाको विदेह नगरपालिका-९ धनौजी गाउँपालिका , नगराईन नगरपालिका मुखियापट्टी मुसहरनिया गाउँपालिका लगायतको सिमा नाकाहरुको अवलोकन तथा निरीक्षक गर्नुभएको हो।
सन्युक्त टोलिले नेपाल भारत सिमाश्रेत्रमा लुकिछिपी प्रवेश गर्ने कार्यलाई पुर्ण रूपमा रोक लगाउन , सिमा श्रेत्रका क्वारेन्टाइनको सुरक्षा अबस्थाका साथै समग्र रूपमा सिमाश्रेत्रको अनुगमन गर्दै त्यस श्रेत्रमा खटिएको सुरक्षा कर्मीलाई नेपाल सरकारले लागु गरेको लकडाउनलाई प्रभाव कारी रूपमा कार्यान्वयन गर्ने आवश्यक निर्देशन दिनु भएको
२ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंहले जानकारी दिनु भयो ।


















