Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लिपुलेकमा सडक बनेको मलाई थाहा नै छैन : परराष्ट्रमन्त्री ज्ञवाली

जन प्रभाब-सम्बादाता / २०७७ बैशाख २७ गते .

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले लिपुलेकमा बनेको सडकको बारेमा आफूलाई जानकारी नभएको बताएका छन । भारतले शुक्रबार नेपालको लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक मार्गको उद्‌घाटन गरेप्रति आफूलाई जानकारी नभएको बताएका हुन ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै सडकमार्ग खोल्‍ने विषयमा नेपाल सरकारसँग परामर्श गरेको थियो भन्‍ने प्रश्नमा मन्त्री ज्ञवालीले मार्ग खोल्‍यो भन्‍ने जानकारी भएको तर यो विषयमा अध्ययन गर्न नपाएको बताए । अध्ययन गरेपछि सबै कुरा थाह हुने उनको भनाई छ ।

उक्त सडकमार्गको भिडियो कन्फरेन्समार्फत उद्‌घाटन गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्विटमार्फत ‘मानसरोवर जाने लिंह रोडको उद्‌घाटन गर्न पाउँदा खुसी लागेको छ । बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले धार्चुलादेखि लिपुलेक जोड्‍ने उपलब्धि हासिल गरेको छ । भिडियो कन्फरेन्समार्फत उत्तराखण्डको पिथोरागढदेखि दार्चुलाको गुन्जीसम्म सवारीको जत्था प्रस्थान गरेको’ बताएका थिए ।

अन्तत : कोरोनाको मौका छोपी भारतले लिपुलेक हुदै मानसरोवरको बाटो खोल्यो

भारतले नेपाली भूमि अति क्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला-लिपुलेक लिङ्क रोड उद्घाटन गरेका हुन् ।

भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो ।

भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ)ले कैलाश मानसरोवर रुटलाई चीनको बोर्डरसम्म जोडेको छ। कोभिड-१९ को महामारी सामना गर्दै बीआरओले १७ हजार ६० फिट उचाइमा रहेको कैलाश मानसरोवरमा बाटो विस्तार गरेको हो ।’

यो सडक मार्गले नेपाली भूमिलाई हस्तक्षेप गरेको सीमाविद्हरू बताउँछन् । भूगोलविद् प्रा.डा. नरेन्द्रराज खनाल त्यो बाटो नेपाली भूमि हुँदै गाएको बताउँछन् ।

सन् १८१६ को सुगौली सन्धिअनुसार काली (महाकाली) नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो । प्रा.डा. खनाल लिम्पियाधुरा मुहान भएको नदी नै सीमा नदी भएकाले गुञ्जी, गब्र्याङ, कुटियाङ्दीलगायतका सम्पूर्ण भूभाग नेपालको हो ।

सर्वे अफ इन्डियाले नेपाली भूभागसमेत भारततर्फ पर्नेगरी नोभेम्बर २०१९ यता दुईवटा राजनीतिक नक्सा प्रकाशन गरेपछि नेपालमा त्यसको चर्को विरोध भयो ।

त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले लिपुलेकलाई व्यापारिक मार्गको रुपमा विकास गर्ने भनी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । त्यतिबेला उनीहरूले नेपाललाई कुनै जानकारी दिएको थिएन ।

कालापानी क्षेत्र र नवलपरासीको सुस्तामा सीमा विवाद रहेको कुरा दुवै देशले स्वीकारेको छ । तर, आफैँले विवाद छ भनेर स्वीकारेको क्षेत्रमा एकलौटी रुपमा बाटो खोल्नु गलत भएको जनकारहरू बताउँछन् ।

नेपाल सरकारको दृष्टिकोण के हो ?

सर्वे अफ इन्डियाले निकालेको नक्साको जनस्तरमा व्यापक विरोध भएपछि नेपाल सरकारले कूटनीतिक नोट पठाएको थियो । तर, भारतले अहिलेसम्म समस्या समाधान हुने गरी तत्परता देखाएको छैन ।

भारत चुप लागेर बसे पनि नेपालले आफ्नो दृष्टिकोण स्पष्ट पार्नुपर्ने जानकारहरू बताउँछन् । पूर्वसचिव द्वारिकानाथ ढुंगेलका अनुसार यो महाकाली नदीको मुहानसँग जोडिएको मुद्दा हो ।

भारत आफैँले कालापानी र सुस्तामा विवाद छ भनेको बेला त्यसरी सडक खोल्नु सहमति विपरीत भएको ढुंगेल बताउँछन् ।

‘कोभिड-१९ को मारमा परेका बेला भारतले सडक उद्घाटन गरेको खबर आयो’ सीमा बचाउ अभियानमा समेत सक्रिय पूर्वसचिव ढुंगेल भन्छन् ‘एउटा नागरिकको नाताले मेरो प्रश्न छ यो विषयमा नेपाल सरकारको दृष्टिकोण के हो ? दिल्लीस्थित नेपाली दूतावासले के खबर गर्‍यो ?’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ
जनप्रभाबन्युज विशेष

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ

10 hours पहिले
बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी
जनप्रभाबन्युज विशेष

बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी

10 hours पहिले
नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
जनप्रभाबन्युज विशेष

नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

1 day पहिले
वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह
जनप्रभाबन्युज विशेष

वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

1 day पहिले
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जनप्रभाबन्युज विशेष

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

1 day पहिले
देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई
जनप्रभाबन्युज विशेष

देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई

1 day पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ

10 hours पहिले
बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी

बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी

10 hours पहिले
नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

1 day पहिले
वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

1 day पहिले
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

1 day पहिले
देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई

देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई

1 day पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh