जन प्रभाब-सम्बादाता / २०७७ बैशाख २७ गते ।
जनकपुरधाम । धनुषा प्रहरीले शुक्रबार राति २० किलो ७ सय ग्राम लागूऔषध गाँजा बरामद गरिएको छ । सशस्त्र प्रहरी गस्ती टोलीले जिल्लाको विदेह नगरपालिका वडा नम्वर ५ बाट गाँजा बरामद भएको हो ।
एकराहीबाट सराबेतर्फ गाँजा लग्दै गरेका तीन जना व्यक्तिले ड्यूटिमा खटिएको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि गाँजाको पोका फालेर फरार भएको सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गण हेडक्वार्टरका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक निर्मल खड्काले जानकारी दिए ।
बेरिएको प्लाष्टिकको झोलाभित्र मेसिनले पेलेर प्याक गरिएको गाँजा बरामद भएको उनले बताए । आवश्यक प्रकृया पूरा गरी जिल्ला प्रहरी कार्यालय धनुषालाई बुझाइने खड्काले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !