Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अवैद्य सम्बन्धले निम्तायो आत्महत्या


गुल्मी,बैशाख २५ गते । गुल्मीको मलायगिरी गाउँकी २२ वर्षीया गीता खड्का बुटवल बस्दै आएकी थिइन् । मलेसियामा रहेका श्रीमान् ईश्वर खड्काले उनलाई ५ वर्षीय छोरासहित बुटवलस्थित शहरमा लगेर डेरा गरेर राखेका थिए ।

सोमबार साँझ मात्रै श्रीमान्सँग फोनमा कुरा भएको थियो केहिबेर । त्यसपछि  दिदीको फोन आएको छ भनेर गीताले काटिन् । त्यसै दिन साँझ छोरासँगै लिएर कोठा बाहिर निस्किइन् ।

बुटवल उपमहानगरपालिका वडा नम्वर १९ को पत्थरगञ्जमा उनको डेरा थियो । घरबेटी दीपक सेन भन्छन् –‘साँझ त्यस्तै साढे सात बजे उनी डेराबाट बहिर निस्केकी हुन् ।’ सेनको घरमा गीताका आमा छोरा डेरा सरेको त्यस्तै छ सात महिना जति भएको थियो ।

मंगलबार विहान करिव सात बजेतिर उनको दिदीको घर नजिकै पर्ने रुखमा गीता  अर्को एक पुरुष एउटै रुखमा डोरीको पासो लगाइ झुण्डिएको अवस्थामा फेला पर्छिन् ।

बुटवल मै डेरा गरि बस्ने मृतक गीताकी दिदी लक्ष्मी कुँवर क्षेत्री भन्छिन् –‘हिजो बिहान त्यस्तै चार बजेरित मेरो कोठा भित्र छोरालाई जबरजस्ती धकेलेर अहिले आउँछु भन्दै हिँडेकी हो । विहान सात बजेतिर एउटी महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा रहेको खबर आएपछि हेर्न जाँदा मेरै बहिनी र फ्याक्ट्रीमा काम गर्ने केटा रैछ ।’

लक्ष्मी भन्छिन्, ‘रातभरी उनीहरु फ्याक्ट्री पछाडीसंगै बसेका रहेछन् । त्यहीँबाट आएर छोरा मेरो कोठामा छाडेर हिडेपछि  एकैसाथ आत्महत्या गरेका रहेछन् ।’ 

मंगलबार उनीसंगै आत्महत्या गर्ने उदयपुरका २४ वर्षीय हीराबहादुर श्रेष्ठ हुन् । मंगलबार ईलाका प्रहरी कार्यालयमा आइ उनका दाजु रणबहादुर श्रेष्ठले भाईको शव बुझेर लगेका छन् ।

बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी भिम भट्टराईले दुईबीच अवैद्यसम्वन्ध रहँदै आएको खुलेको बताए । ‘हामीले थप अनुसन्धान गर्दैछौ,’ उनले भने ।

हीराबहादुर श्रेष्ठका दाईका अनुसार भाईले त्यस फ्याक्ट्रीमा काम गर्न लागेको डेढ वर्ष जति भयो । घरमा श्रीमती र ९ महिनाको छोरा छ ।  ‘छ सात महिनाअघि मात्र घरमा गएको थियो । श्रीमतीसँग पनि सम्वन्ध राम्रै थियो । यता अर्को महिलासँग झुण्डिएर आत्मा हत्या गरेको खबर आए पछि बुटवल आएका हौंँ । अहिले भाईको शव लिएर जाँदैछौं,’ उनले भने । उनकी श्रीमति र सन्तानको बिचल्ली हुने भएको उनले पीडा सुनाए  ।

उनका अनुसार उनीहरुको पुखेयौंली घर उदयपुरको चौबन्दी नगरपालिका भए पनि हाल बसाई सराई गरेर उनीहरु सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर ५ मा बस्दछन् ।  यता, उनकी गीताका ५ वर्षीय छोरा ठूली आमाको शरणमा छनन् ।

गीताको शव बुझ्न उनका ६५ बर्षीय ससुरा रेशमबहादुर खड्का उनका भाई गणेश खड्का लगायत  गुल्मीबाट बुटवल पुगेका थिए । मंगलबार बुहारीको शव बुझेर खड्का परिवारले तिनहुँखोलामा दाहसंस्कार गरेका छन ।

मलेशियामा रहेका मृतक गीताका श्रीमान किशोरले ईमोबाट कुरा गर्दै गहभरी आँशु पारे । ‘के गर्ने ३ महिनादेखि लकडाउनका कारण कोठा बाहिर निस्कीन सकेको छैन्  । साथमा पैसा पनि छैन । लकडाउनअघि चैत्र महिनामा यहाँको खर्च कटाएर ३५ हजार रुपैयाँ श्रीमतिलाई पठाएको थिए,’ उनले भने ।

‘लकडाउन सुरु नहुँदै मेरो घर आउने फलाइट थियो । तर, श्रीमतिले अहिले नआउनुहोस अझै एक वर्ष थपेर उतै बस्नुस भनेकी थिइन्,’  उनले भने, ‘मैले पटक पटक पठाएको दश एघार लाखको हिसाब किताबको टुंगो छैन । कहिले कसलाई कहिले कसलाई दिएको छु भन्थिन् । तर उनीहरुलाई सोध्दा लगिसकेको बताउँछन् ।’ ‘अब मसंग पैसा पनि छैन श्रीमति पनि छैन,’ उनले भने ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ
जनप्रभाबन्युज विशेष

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ

11 months पहिले
कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट
क्राइम रिपोर्ट

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट

11 months पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 year पहिले
हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा
जनप्रभाबन्युज विशेष

हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा

1 year पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ

1 year पहिले
लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी
अपराध

लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी

1 year पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh