Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोविड १९ सँगको लडाइ, जनताको सुझबुझ र सम्प्रदाय



विजय कुमार गुप्ता
बैशाख २४ गते । कोरोना भाईरस (कोभिड– १९) ले निम्त्याएको महामारीको लडाइँमा नेपालले तदारुकता र धैर्यको परिचय दिएर सम्पूर्ण नेपालीको जीवन रक्षा गर्ने आशलाई बलियो बनाएर विश्वलाई राम्रो सन्देश दिनसफल भएको छ । सिंगो विश्वमा देशको शिर ठारो पारेको छ । यो लडाईंमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकारले उपलब्ध स्रोत साधनको अधिकतम् उपयोग गर्दै महामरीसँग जुध्दैछ । मुलुकभित्र स्वास्थ्य सेवासँग सम्बन्धित स्रोत साधन पर्याप्त नभएपनि तीन तहकै सरकार जनताको जीवन रक्षाको अहोरात्र जुटिरहेको छ । यो लडाईंमा सरकार बाहेक पनि अन्यको धेरै ठूलो भूमिका छ । विभिन्न पेशागत संघ संगठन, समूह, पेशाकर्मी, पत्रकार, कानुन व्यवसायीहरु जसले विगतमा राजनीतिक परिवर्तनको आन्दोलनको नेतृत्व गरिरहेका दलहरुलाई भरपुर सघाएका थिए । बुद्धिजीवी, संचारमाध्यम, गैरसरकारी संस्था, धार्मिक संगठन, कर्पोरेट क्षेत्र, फिल्म, खेल क्षेत्रसहित आम नागरिकले कोरोना महामारी विरुद्ध सरकारले चालेको हरेक कदमलाईसहयोग गरेका छन् ।
आम नागरिकको तहबाट कोरोना महामारीको लडाईंमा सरकारलाई भरपुर सहयोग भएपनि सरकारमा पनि नकाात्मक सोच राख्नेहरु बलियो हुँदै गएका हुन् कि भन्ने सर्वसाधारणलाई पर्न थालेको छ । पहिलो, सबैलाई आफ्नो समूहको स्वार्थसँग जोडेर हेर्ने र अर्को तिललाई पहानट बनाउने प्रवृत्ति । यद्यपि कोरोनासँग लड्न सबै भन्दा जरुरी स्रोत साधनको र त्यसको उचित वितरण हो । सरकारले कोरोनाको महामारी शुरु भएपछि गम्भिर संकटको बेला स्वास्थ सामाग्री खरिद प्रकृयाको टेण्डर  नै विवादको घेरामा परेपछि खारेज मात्र भएन, त्यस लगत्तै नेपाली सेनामार्फत्खरिद गर्ने निर्ण समेत गर्यो । भलै, अहिलेसम्म स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेबारी पाएको सेनाले सामान नल्याएको किन नहोस् । कोरोनाको महामारी विरुद्ध लड्न सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण उच्च स्तरीय समितिमार्फत् पनि काम गरिरहेको छ ।
कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि खटिएकाहरुको सम्मानमा प्रधानमन्त्रीले घोषणा गरेको राष्ट्रियगानलाई पनि खिल्ली उडाउनेहरुको पनि जमात पनि सामाजिक सञ्जालहरुमा छ्याप्छ्याप्ती देखिए । मुलुकमा केही मिडियाकोरोना विरद्धको लडाईंमा असहयोगीभूमिकामा छन् तापनि चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, प्रशासन, जनपक्षीय मिडिया लगायतको उत्साहबर्धक सहकार्यले सम्पूर्ण नेपालीको मनोबल उच्च भएको छ । केही अनलाईन पोर्टलहरु संकटको यो घडीमा जनताप्रतिको मुख्य जिम्मेदारीबाट विमुख मात्र भएका छैनन्, तथ्यलाई बंग्याएर पस्किने समाचारले विपद्को यो घडीमा जनतालाई दिग्भ्रमित गर्ने प्रयास गरिरहेका छन् । पछिल्लो समय सरकारले गलत सामग्री सम्प्रेषण गर्ने केही अनलाईन समाचार पोर्टलहरुलाई कारबाही समेत गरेको छ  । सामाजिक संजाल सरकार बाहेकका लागि प्रमुख स्रोत हो । यसको भूमिका माथि धेरै सवालहरु उठिरहेका छन् । कोरोना भाइरस विरद्ध सड्न, नागरिकलाई उत्प्रेरित गर्न चेतनामूलक सूचनाहरु सम्प्रेषण गर्नुको सट्टा व्हाटसएप, भाईवर, फेसबुक, ट्वीटर,युटुब च्यानलहरुमा कोरोना भाइरस सम्बन्धी नकारात्मक भ्रामक सामग्रीहरु प्रशस्त छन् ।
यसमा केही खास जात, सम्प्रदायसँग जोडेर पनि भिडियो, फोटो, लेखहरु छन । नेपालमा कोरोना संक्रमण बढ्दै जानु सबैका लागि चुनौती हो । पछिल्लो समय मुलुकका विभिन्न ठाउँमा मस्जिद, मदर्सामा भेटिएका जमातीहरुको कारणले सिंगो मुस्लिम समुदायलाई नै बद्नाम गर्न खोज्नेहरु पनि छन् । जमाती लुकाएको सूचना हिन्दूले दिएपछि झडप’ जस्ता नितान्त पत्रकार आचारसंहिता विरोधी सामगहीहरु पनि प्रसारण प्रकाशन भए जुन ज्यादै चिन्ताको विषय हो । मुलुकको हितका लागि मुस्लिम समुदाय जहिले पनि हातेमालो सहकार्य गर्न तयार छ । मुस्लिम धर्मगुरुहरुबाट पनि त्यही आशयका विचारहरु आएका छन् । भारतबाट आएका केही जमातीहरु मस्जिदमा बसेको र कोरोनाको उपचारमा असहयोग गरेको सत्य हो तर त्यसो भन्दैमा सम्पूर्ण मुस्लिम समुदायलाई नै असर पर्नेगरी सामाजिक संजालमा गरिएका पोस्टहरुले हाम्रो राष्ट्रिय अखण्डता र सयौं वर्षदेखि मिलेर बसेका जनताबीच फाटो ल्याउने षड्यन्त्र बाहेक केही होइन ।
मन्दिर होस् या मस्जिद, चर्च होस या गुम्बा, सबैतिर अनुगमनको दायरा बढाउनु पर्छ । कसैलाई कोरोना संक्रमणको आशंका छ भने सबै मिलेर तत्काल त्यस्ता व्यक्तिहरुलाई नजिकको स्वास्थ्य संस्था, स्थानीय तहले संचालन गरेका क्वारेण्टाइनमा पुर्याउने व्यवस्था गर्नुपर्छ । आशंका गएिका व्यक्ति जुनसुकै धर्म र सम्प्रदायको किन नहोस् । कोरोना महामारीको संकट जसरी गहिरिंदै गएको छ, त्यसरी नै केही विदेशी जमातीका कारण सम्पूर्ण मुस्लिम समुदायमाथि भाइरस फैलाउन सक्ने आशंकाको नजरले हेरिनु  गलत हो । रोगको कुनै धर्म, जात हँुदैन ।सबै धर्मका धर्म गुरुहरुले पनि यो विषयमा गम्भिरतापूर्वक सोच्न जरुरी छ ।
हामीले अहिले गर्ने भनेको मुख्य कुरा सरकारको निर्देशन पालना गर्ने नै हो । हामीले धर्मका नाममा जम्मा हुने मन्दिर मस्जिद, चर्च, गुम्बामा पनि भिडभाड बन्द गराउन सक्नु पर्छ । यसमा सम्बन्धित समुदायका अगुवाहरुले पनि विशेष भूमिका खेल्न जरुरी छ ।अहिलेको समय कठिन समय हो । कोरोना भाइरस नेपालमा मात्र नभइ संसारका एक चौथाई देशमा फैलिएको हँुदा हामी सबैले संयमता अपनाउन जरुरी छ । यो संकटपूर्ण र संवेदनशील घडीमा आफ्नै घरमा बसेर सामाजिक दुरी कायम गर्ने हो भने कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिन्छ । धर्मका नाममा कुनै खास समुदायलाई आक्षेप लगाउने र मानमर्दन गर्ने काम मानवता विरुद्ध कार्य हो ।
एकै पटक १२ जना भारतीय जमातीहरु उदयपुर गाईघाट भुल्केमा भेटिएपछि सम्प्रदायिक सोच बदल्ने षड्यन्त्र पनि हुन थालेको छ जुन ज्यादै चिन्ताको विषय हो । भारत आफैं कोरोनाको महामारी विरुद्ध लडिरहेका बेला एकै ठाउँमा १ जना भारतीय जमातीहरु भेटिनु, पहिल्यैदेखि नै बाहिरबाट आएकाहरुलाई चेकजाँचका लागि आग्रह गर्दा पनि लुकेर बस्नुले केही गम्भिर आशंकाहरु नजन्माएको होइन । पर्सा बीरगंजको छपकैया मस्जिदमा संक्रमित मुस्लिम जमाती भटिनुले पनि आशंका गर्नेहरुलाई बल पुर्याएको देखिन्छ । कोरोना विरुद्ध स्थानीय, प्रदेश र संघीय सरकारको प्रयास, संचारमाध्यमले खेलेको भूमिका हुँदाहुँदै त्यसलाई बेवास्ता गरी देश र जनतालाई खतरामा पार्नु पक्कै राम्रो होइन । बुझ्नु पर्ने कुरा के हो भने कोरोना भाईरस कुनै विचारधारा, मजहब, दलीय आस्था नहेरी फैलिन सक्छ । तसर्थ, मानवजातीको रक्षाको लागि सम्पूर्ण विचारधारा, मजहब र दलीय आस्था भन्दा माथि उठेर यस गम्भिर संकटको स्थितिबाट पार पाउन स्वास्थ्य सम्बन्धी सचेतना, सरकारले गरेको घोषणाको पालना गराउने जिम्मेबारी सबैको हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ
जनप्रभाबन्युज विशेष

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ

12 hours पहिले
बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी
जनप्रभाबन्युज विशेष

बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी

12 hours पहिले
नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
जनप्रभाबन्युज विशेष

नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

1 day पहिले
वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह
जनप्रभाबन्युज विशेष

वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

1 day पहिले
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जनप्रभाबन्युज विशेष

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

1 day पहिले
देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई
जनप्रभाबन्युज विशेष

देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई

1 day पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ

12 hours पहिले
बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी

बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी

12 hours पहिले
नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

1 day पहिले
वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

1 day पहिले
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

1 day पहिले
देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई

देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई

1 day पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh