लहान ,बैशाख २० गते । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को नियन्त्रण र रोकथामको लागि गरिएको लकडाउनलाई पूर्णरूपमा प्रभावकारी बनाउने जिल्ला प्रहरी कार्यालय सिरहाले सक्रिय भूमिका खेलेको छ । सबैले हातेमालो गरेर काम गरेको खण्डमा मात्र कोरोनाको महामारीलाई नियन्त्रण र रोकथाम गर्न सकिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले बताए । उनले यसलाई नियन्त्रणमा राख्न लकडाउनको कार्यान्वयनलाई प्रभावकारी बनाए पनि जानकारी दिए ।
‘सिंगो मुुलुक अहिले कोभिड १९ को जोखिमा रहेको छ, यो जोखिन न्यूनीकरण गर्नको लागि सबै नागरिकको भूमिका उच्च रहेको छ, यो भूमिका निर्वाह गर्नको लागि हामीले माइकिङ गरेर सबै नागरिकलाई अत्यावस्यक काम भएका बाहेक ननिस्कन सिरहा जिल्ला भरी अनुरोध गरेका छौँ, यदि निस्कनै परे, कामको प्रकृति हेरेर ती नागरिकको समस्यलाई सम्बोधन गर्ने गरेका छौँ’, एसपी चतुर्बेदीले भने । सिरहा जिल्लाको सिमा नाका देखि गाउँ सहर र टोल टोलमा गएर कोभिड १९ सम्वन्धी जनचेतना विस्तार गर्ने गरेको, सर्वसाधारणलाई घरभित्र नै बस्न आग्रह गरेको छ ।
प्रहरीले प्रत्येक नागरिकको टोल–टोलमा, घर–घरमा गएर गएर सुरक्षा प्रदान गर्दा यो समयमा अन्य प्रकृतिका अपराध पनि निकै कम भएको र प्रहरीको यो कार्यमा आम नागरिकले साथ दिएको उनको भनाइ छ । प्रहरी र आम नागरिक एकै सिक्काका दुुई पाटा भएका भन्दै यो महामारीमामा सिरहा प्रहरीले खेलेको भूमिकामा सबैले साथ दिनुुपर्ने उनले बताए ।
लकडाउनको समय लम्बिदै जाँदा पछिल्लो समय अत्यावस्यक कामबाहेक पनि तरकारी, औषधि, ग्यास आदि किन्ने बहानामा केही सर्वसाधाणहरू बाहिर निस्कने गरेका छन् । यो अवस्थामा उनीहरूलाई सम्झाई बुुझाई, घर फर्काउने र पुुनः त्यस्तो घटना दोहो-याउनेलाई केही घण्टा नियन्त्रणमा लिएर कोरोना भाइरस जनचेतना दिने गरेको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सिरहाले बिभिन्न निकायहरूसँग समन्वय गरेर सरसफाइ, अपराध न्यूनीकरणका विषयमा बिभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको उनले जानकारी दिए ।
आम नागरिकलाई सुरक्षा प्रदान गर्दा सडकमा खटिने प्रहरीको लागि जोखिम उच्च हुुने भन्दै प्रहरीले सुरक्षाको सबै प्रवन्ध मिलाएको पनि उनले बताए । यसको लागि प्रहरी आफैँ र सेवाग्राहिलाई समेत कोरोना भाइरसको संक्रमणबाट बच्न मुल गेटमा पानी ट्याङ्की र साबुन को व्यवस्था गरी हात धोएर मात्र कार्यालय प्रवेश गर्ने व्यवस्था मिलाएको उनले बताए । यसले कोरोना भाइरसको संक्रमण फैलनबाट केही मात्रमा भए पनि रोकथाम गर्ने अनुमान गरिएको र जिल्ला प्रहरी कार्यालय सिरहाले ड्युुटीमा खटिने प्रत्येक प्रहरीलाई मास्क, स्यानीटाइजरको व्यवस्था गरेकोसमेत एसपी चतुर्बेदीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
