जन प्रभाब-सम्बादाता / २०७७ वैशाख २० गते.
काठमाडौं । प्रदेश-५ मा पहिलो पटक कोरोना संक्रमित दुई जना फेला परेका छन् । बाँके र रुपन्देहीका एक / एक पुरुषमा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको सख्या ५९ पुगेको छ ।
उनिहरु दुवै जना लकडाउनका बेला भारतबाट आएको खुलेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षिय पुरुष र बाँकेका ६० वर्षिय पुरुषमा कोरोना देखिएको जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका–८ डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षिय पुरुष मुस्लिम धर्मका धर्मगुरु हुन् । उनि एक महिना अघि भारतबाट नेपाल आएका थिए । सीमा क्षेत्र बहराइचबाट नेपाल छिरेका उनि क्वारेन्टाइनबाट भागेको प्रहरीले जानकारी दिएको छ । महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झण्डै ६ सय जना भाग्दा उनिपनि थिए ।
क्यारेन्टाइनबाट भागेका धेरै कर्णाली प्रदशका विभिन्न जिल्ला गएका थिए भने उनि फेरी भारतको बहराइच पुगेको स्रोत बताउछ । भारत–नेपाल आउजाउ गरिरहने उनिमा कोरोना हुन सक्ने आशंकामा पीसीआर जाँच गरिएको थियो । प्रहरीले उनिसँग सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी शुरु गरेको छ । ति ६० वर्षिय धर्मगुरुलाई शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना अस्पतालमा भर्ना गरिएको छ ।
संक्रमित भेटिएसँगै नेपालगञ्जमा रहेका मस्जिद तथा मन्दिरमा केही दिनदेखि व्यापक रुपमा स्वाब परीक्षण थालिएको छ । कोरोना भाइरस संक्रमित भेटिएपछि बाँके प्रहरीले यहाँका धार्मिकस्थलमा निगरानी बढाएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्थित उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठकले कोरोना भाइरस संक्रमित भेटिएपछि उच्च सतर्कता अपनाउने निर्णय गरेको बताए ।
रुपन्देही कोटहीमाइ गाउँपालिका–१ सिपवाका युवा भने भारतबाट हिडेर अवैध रुपमा नेपाल छिरेका हुन् । नयाँ दिल्लीमा मजदुर गर्ने उनि ४ दिन पैदल हिडेर बैशाख ५ गते सीमाबाट लुकेर गाँउ छिरेका थिए । सीमाबाट उनलाई दाइले साइकलबाट घर नल्याई कोटहीमाइको बौरियाघाटबाट क्वारेन्टाइ पु¥याएका थिए । गाउँपालिकाले उनलाई मझगवामा स्थापना गरेको श्रीमर्चवार आदर्श मावीको क्वारेन्टाइनमा राखेको थियो ।
त्यहाँ उनीसँगै १६ जना बसेका थिए । तीमध्ये तीनजना बिहीबार भारतबाटै आएर सीमाबाट लुक्दै गाउँ छिरेका थिए । रातिमा गाउँ छिरेका उनीहरुलाई स्थानीयले नै क्वारेन्टाइनमा र्पुयाएका थिए । क्वारेन्टाइनमा गाउँउपालिकाबाट खटिएका स्वास्थ्यकर्मीले उनीसहित १० जनाको थ्रोट स्वाब बुधबार संकलन गरेका थिए । बाँकी ६ जनाको स्वाब शुक्रबार संकलन भएको छ ।

















