जन प्रभाब-सम्बादाता / २०७७ बैशाख १९ गते .
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूसँगको भेटलाई तीव्रता दिएकी छन् ।
यान्छीले आज शुक्रबार नेकपा अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड )सँग खुमलटारमा भेटवार्ता गरिन् ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै थप सहयोगका लागि आग्रह गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
प्रचण्डलाई भेटे लगत्तै यान्छी नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेकी थिइन् ।
नेकपा विदेश मामिला विभाग प्रमुखसमेत रहेका नेता नेपाल र यान्छीबीच दुई देशबीचको घनिष्ठ सम्बन्धका विविधि पक्षमा छलफल भएको विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
यान्छीले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेकी थिइन् । नेकपामा अन्तरविरोध चर्किएका बेला यान्छीको भेटलाई अर्थपूर्ण मानिएको छ ।

















