जन प्रभाब-सम्बादाता / २०७७ बैशाख १७ गते .
मुम्बइ । बलिउड अभिनेता इफरान खानको निधन भएको छ ।
उनको मंगलबार मुम्बइस्थित कोकिलाबेन अस्पतालमा निधन भएको बीबीसीले जनाएको छ ।
उनलाई बिसञ्चो भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनलाई आईसीयूमा भर्ना गरिएको थियो । उनलाई के समस्या थियो भन्ने स्पष्ट हुन सकेको छैन ।
५३ वर्षको उमेरमा निधन भएका इरफानका परिवारले समेत उनको मृत्यु कारण स्पष्ट पारेको छैन । सलाम बम्बे, हासिल, मेकूललगायतका चलचित्रहरु निकै चलेका थिए ।
इरफान खानका प्रवक्ताले भनेका छन्, “उनलाई कोलन इन्फेक्सन भएको थियो । हामी उहाँको बारेमा जानकारी दिने नै छौं ।”
उनले करिब ३० वर्षमा ५० भन्दा बढी हिन्दी, ब्रिटिश र हलिउड चलचित्रमा अभिनय गरेका थिए । ‘लाइफ अफ पाइ’ र ‘स्लमडग मिलिनियर’ अन्तर्राष्ट्रियस्तरमै चर्चा कमाएका इरफानका चलचित्र हुन् ।
तपाईको प्रतिक्रिया !
