जन प्रभाब-सम्बादाता / २०७७ बैशाख १६ गते .
काठमाडौं । पुर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेडियो नेपालका कर्मचारीलाई धम्क्याउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्।
डा. भट्टराईले आज ट्वीट गरेर रेडियो नेपालको अन्तर्वार्तामा बोलेको विचारको जिम्मा आफूले लिने भन्दै कर्मचारी धम्काउने काम बन्द गर्न सरकारलाई चेतावनी दिएका हुन्।
सोमबार बिहान भट्टराईसँग नवराज लम्सालले लिएको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्द प्रयोग भएको भन्दै रेडियो नेपालका कार्यकारी निर्देशकलाई सूचना तथा सञ्चार मन्त्रालयले स्पष्टिकरण सोधेको छ।


















