Advertisement
No Result
View All Result
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

महानगरिय प्रहरी परिसर काठमाडौंबाट बिदा भए डिआईजी सुवेदी, यी हुन सुवेदीका चर्चित कामहरु


जन प्रभाब-२०७७ बैशाख १० गते .

काठमाडौं । महानगरिय प्रहरी परिसर काठमाडौंमा एक बर्ष प्रहरी प्रमुखको रुपमा काम गरेर हालै मात्र एसएसपीबाट बढुवा भइ डिआईजी बनेका उत्तमराज सुबेदी परिसरबाट आज बिदा भनेका छन्। उनी सुदुरपश्चिम प्रदेशको प्रहरी प्रमुख भएर जाँदैछन्।

प्रहरी परिसरको कार्यभार सम्हाले पश्चात राजधानी काठमाडौलाई सुरक्षित र अपराध रहित वनाउन प्रहरीवाट भएका विभिन्न महत्वपूर्ण कार्यहरुलाई सकारात्मक तरिकाले विभिन्न मिडियामार्फत  जनता माझ पुर्‍याई सहयोग गरेको भन्दै सुवेदीले संचारमाध्यम र पत्रकारहरुलाई धन्यवाद दिएका छन्।

काठमाडौं परिसरमा रहदा विभिन्न वैंकहरुको सफ्टवेयर ह्याक गर्दे करोडौं रुपियाँ एटियमवाट निकाल्ने गिरोह पक्राउ, महिला तथा युवती माथी सिरिन्ज आक्रमण गर्दे त्रास सिर्जना गर्ने व्यक्ति पक्राउ,  चिनिया राष्ट्रपतीको नेपाल भ्रमण सुरक्षित साथ सफल पारिएको लगायत धेरै महत्वपूर्ण कार्यहरु गर्न सफल भएकोमा डिआईजी सुवेदीले काठमाडौ प्रहरी टिमलाई धन्यवाद दिदैं आफु समेत गौरवान्वित महशुस भएको वताएका छन् ।
काठमाडौं भनेको नेपालको राजधानी सहर हो । यहाँ ७७ वटै जिल्लाका मानिसहरु बसोबास गर्छन् । विदेशी कुटनीतिक नियोग यहीँ छन् । अधिकांश विदेशी पर्यटकहरु पनि काठमाडौं भएरै अरुतिर जान्छन् । स्थानीय ठाउँबाट कामको सिलसिलामा कर्मचारीहरु आउँछन् । पढ्न, कामको खोजीमा र कतिपय वैदेशिक रोजगारीको सिलसिलामा मानिसहरु आउँछन् । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि यहीँ छ । समग्रमा भन्नुपर्दा यहाँ जनघनत्व धेरै छ । विभिन्न खाले मान्छे बस्ने भएकाले आफैंमा जटिल सहर बन्न गएको छ । यस्तो स्थानमा शान्तिसुरक्षा कायम राख्नु प्रहरीका लागि चुनौती छ । तर पनि नेपाल प्रहरीको सक्रियताले गर्दा कैयौं देशका राजधानीभन्दा काठमाडौंको सुरक्षा व्यवस्था राम्रो छ, हामी गौरवका साथ भन्न सक्छौं । काठमाडौं परिसरमा रहंदा  डिआईजी सुवेदी नेतृत्वको प्रहरीले गरेका महत्वपूर्ण कामहरु यस्ता छन्

१ .काठमाडौ जिल्लामा विभिन्न मिति,स्थानमा जुवा खेलाउने गिरोह कौडा, तास र नगद ३ करोड भन्दा वढी रकम सहित ७५ जना पक्राउ ।

२ मिति २०७६/०५/१३ गते रु २० लाख माग गरी नदिएमा छोरीको ज्यान मार्ने र घर वमले उडाइ दिने धम्कि दिने जिल्ला धादिङ वेनिघाट रोराङ्ग गा.पा वडा नं. ५ घर भई हाल काजि नयावजार धारा गल्ली वस्ने वर्ष २७ जो सन्तोष कडेल पक्राउ ।

३ मिति २०७६/०८/२८ गते रु ३ लाख फिरौति मागी ३ वटा वच्चा अपहरण तथा वन्धक वनाउने का.जि.का.म.न.पा. वडा नं. ३१ बानेश्वर बस्ने अं. वर्ष २४ को आशिष सिजापती पक्राउ ।

४ मिति २०७६/०१/२९ गते १५ लाख ९० हजार पाँच सय भारतिय प्रतिवन्धित नोट सहित जिल्ला काठमाण्डौ का.म.न.पा. वडा न. १६ नया वजारवाट ६ जना पक्राउ ।

५ अवैध सुन ६ किलो सहित ६ जना पक्राउ गरि कारवाही गर्न राजस्व कार्यालय हरिहर भवन पठाईएको ।

६ सोल्टीमोड स्थित होटल ग्राण्ड भिल्लामा मिति २०७६/१०/०६ गते आफ्नै साथीको हत्या गरी फरार वंगलादेशी नागरीक पक्राउ ।

७ मिति २०७६/०२/०१ गते वेलुकी अ १९३० वजे दोलखा डाडागाँउ घर भई का.जि कालोपुल डेरा गरि वस्ने वर्ष २० कि जेनि खडकालाई एसिड प्रहार गरि फरार विष्णु भुजेल पक्राउ ।

८ काठमाडौ लगायत आसपासका जिल्लाहरुमा महिला तथा युवती माथि सिरिन्ज आक्रमण गरी त्रास फैलाउँदै आएका व्यक्तिलाई मिति २०७६/०३/१२ गते पक्राउ गरिएको ।

९ काठमाडौमा मोडलिङ्ग गर्ने भन्दै ललाई फकाई एक युवतिलाई विराटनगर पु-याई तान्त्रिक पूजा गर्ने भन्दै मानव वेचविखन गर्ने गिरोहका ७ जना पक्राउ ।

१० मिति २०७६/१२/०२ गते केही व्यक्तिहरुले रू.३।२५ पैसा पर्ने मास्कलाई रू.३१ मा बिक्री गरेको गुनासोमा RDG INTERNATIONAL सप्लायर्स कम्पनीको नाममा गोदाम सतुङ्गल र स्वयम्भुमा छापा मार्दा ११ लाख २० हजार थान मास्क समेत वरामत गरी कारवाही            गरिएको ।

११ काठमाडौ जिल्लामा हतियार पेस्तोल सहित गुण्डा गर्दी गर्नेहरुहरुको साथवाट ६ थान पेस्तोल ऐ को गोली ३० स्थान र ३२ जना पक्राउ ।

१२ मिति २०७६/०७/०४ गते नक्कली नोट छाप्ने मेसिन, नेपाली नक्कली नोट , रु २ लाख ५० हजार र सोको लागी प्रयोग हुने सामाग्री सहित३     जना मानिसहरु पक्राउ ।

१३ मिति २०७६/०५/१४ गते नक्कली भिषा कार्डको प्रयोग गरी विभिन्न वैंकको सफ्टवेयर ह्याकगरी दरवारमार्ग स्थित नविल वैकको ATM  BOOTH वाट विभिन्न बैकको १ करौड ७६ लाख रकम निकाल्दा निकाल्दै ६ जना चिनिया नागरीक पक्राउ ।

१४. काठमाडौका विभिन्न स्थानमा महिलाहरुका सिक्री लुटने गिरोह लुटिएका सुनका सिक्रि ६ थान सहित ३ जना पक्राउ ।

१५ काठमाडौ जिल्लामा लागू औषध खैरो हिरोईन वेचविखन गर्ने गिरोह २८९ ग्राम हिरोईन, तराजु सहित ४ जना पक्राउ ।

१६ विभिन्न वैंकमा खाता खोली अरुको सिग्नेचर नक्कल गरी २० लाख रुपिया निकाल्ने ६ जना गिरोह पक्राउ ।

१७. मिति २०७६/०१/२९ गते FOREX online Business गर्ने भनेर दरवारमार्गको याक यण्ड होटलमा वसी नेपालीहरुलाई दुवईमा डलर  ACCOUNT खोल्न लगाई रु ६३ लाख जम्मा गरी ठगी गर्ने २१ जना भारतिय पक्राउ गरी कारवाही गरिएको ।

१८ मिति २०७६/०३/१६ गते गृह प्रवक्ताको नाम र गृह मन्त्रालयको लेटरप्याड किर्ते गरी ठग्न खोज्ने लक्ष्मी अधिकारी पक्राउ ।

१९ नक्कली BMC मसला वनाउने मेशिन सहित २ ट्रक भन्दा वढी अखाद्य मसला वरामत गरिएको ।

२० मिति २०७६/१०/०८ गते बिभिन्न ब्राण्डका ७०९ थान मोबाईल सहित २ जना मानिस पक्राउ ।

२१ काठमाडौ जिल्लामा लागू पदार्थ चरेशको कारोवार गर्ने ५ जना ३१ किलो चरेश सहित पक्राउ ।

२२ काठमाडौ परिसर द्दारा विशेष अभियान संचालन गरि सवारी साधनमा पाकेटमारी गर्ने र चोरी गर्ने ९६ जना व्यक्ति पक्राउ ।

२३ मिति २०७५/०५/०४ गते राती काजिकामनपा वडा नं १८ थापाथली स्थित कुरिया गाँउ वस्ने वर्ष ८० को पूर्व राजदुत केशवराज झा लाई  कर्तव्य गरी मारेको सम्वन्धमा पेण्डिङ रहेको मुद्धा पुन अनुसन्धान गर्दा मिति २०७६/०४/३२ गते कान्छा भन्ने सानुकन्छा तामाङ्ग                     नियन्त्रणमा  लिई कर्तव्य ज्यान मुद्धामा म्याद थप गरी अनुसन्धान पश्चात प्रस्तुत मुद्धा सरकारी वकिलमा वुझाईएको सम्मानित काठमाडौ जिल्ला अदालतवाट निज प्रतिवादी पूर्पक्षको लागी थुनामा राख्न आदेश भएको ।

२४  मिति २०७६/०४/२२ गते व्रिटिस नागरीक डोना स्मित र वालकल्याणका निर्देशक समेतका मिलोमतोमा अस्पतालमा जन्मिएको वच्चालाई  आफ्नो वच्चा भनि ओसार पसार गर्न लागेको अवस्थामा पक्राउ गरी मानव वेच विखन मुद्दा दर्ता गरी अनुसन्धान पश्चात प्रतिवादीहरुलाई  काठमाण्डौ जिल्ला अदालतवाट पूर्पक्षको लागि थुनामा गएको ।

२५ मिति २०७६/०६/०४ गते काठमाडौ जिल्ला कामनपा २ जोरपाटी स्थित सडक खण्डवाट सुवासकुमार श्रेष्ठसंग सुन खरिद गर्ने वहानामा         सुवासकुमार श्रेष्ठलाई जोरपाटीवाट जवरजस्ती अपहरण गरी निजको साथमा भएको २६ तोला सुनको वाला डाका गर्ने २ जना पक्राउ गरी डाका तथा अपहरण मुद्धा दर्ता गरी अनुसन्धान पश्चात प्रतिवादीहरुलाई सम्मानित काठमाण्डौ जिल्ला अदालतवाट पूर्पक्षको लागि थुनामा गएको ।

२६ मिति २०७६/०८/१५ गते देखी काठमाडौमा भएको दक्षीण एसियाली खेलकुद प्रतियोगिताको सुरक्षा व्यवस्थापन सफलताका साथ सम्पन्न गराईएको ।

२७ मित्रराष्ट्र चीनका महामहिम राष्ट्रपति  सी जिनपिङज्यूको मिति २०७६/०६/२५ गते देखि ऐ. २७ गतेसम्मको राजकिय भ्रमणमा उत्कृष्ठ सुरक्षा व्यवस्थापन गरी सम्पन्न भएको ।

२८ मित्रराष्ट्र वगंलादेशका राष्ट्रपतिज्यूको मिति २०७६/०७/२६ गते देखि ऐ. २९ गते सम्मको राजकिय भ्रमणमा उत्कृष्ठ सुरक्षा व्यवस्थापन गरी सम्पन्न भएको ।

२९ चिनवाट ठुलो संख्यामा आई काठमाडौंका विभिन्न स्थानमा घर/होटल भाडामा लिई गैर कानूनी काम कारवाही गर्दै आईरहेकाहरुलाई  मिति २०७६ /०९/०७ गते काठमाडौंको ३ स्थानमा विशेष अप्रेशन संचालन १२२ जना चिनिया नागरीक नियन्त्रणमा लिई आवश्यक कारवाही पश्चात चिन फिर्ता पठाईएको ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

प्रधानमन्त्रीको भारत भ्रमण : दिनमा कञ्जुस्याइँ भएन, लिन चाहिँ केही सकिएन
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्रीको भारत भ्रमण : दिनमा कञ्जुस्याइँ भएन, लिन चाहिँ केही सकिएन

1 week पहिले
सशस्त्रलाई गोताखोर तालिम
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

सशस्त्रलाई गोताखोर तालिम

1 week पहिले
व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दामा आरोपीलाई थुनामा पठाउन आदेश
जनप्रभाबन्युज विशेष

व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दामा आरोपीलाई थुनामा पठाउन आदेश

1 week पहिले
मेयर महेश चौधरीमाथि झुठो आरोप लगाउँदै प्रदेशसभा सदस्य ललिता दास
अन्य

मेयर महेश चौधरीमाथि झुठो आरोप लगाउँदै प्रदेशसभा सदस्य ललिता दास

1 week पहिले
सार्वजनिक जग्गा सरकारले दुरुपयोग गरेकाे भन्दै प्रदीप पाैडेलकाे खबरदारी
जनप्रभाबन्युज विशेष

सार्वजनिक जग्गा सरकारले दुरुपयोग गरेकाे भन्दै प्रदीप पाैडेलकाे खबरदारी

2 weeks पहिले
नेपाल वायुसेवा निगमले जहाजमा दिएको खाद्यान्न गुणस्तरहीन, यात्रुले गरे हल्लीखल्ली
जनप्रभाबन्युज विशेष

नेपाल वायुसेवा निगमले जहाजमा दिएको खाद्यान्न गुणस्तरहीन, यात्रुले गरे हल्लीखल्ली

2 weeks पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

स्रोत नखुलेको १४ लाख बढी रुपैयाँसहित एक जना नियन्त्रणमा

स्रोत नखुलेको १४ लाख बढी रुपैयाँसहित एक जना नियन्त्रणमा

34 mins पहिले
प्रचण्ड–बाबुरामविरुद्ध सर्वोच्चमा मुद्दा

प्रचण्ड–बाबुरामविरुद्ध सर्वोच्चमा मुद्दा

36 mins पहिले
ट्रेडमार्कको मुद्दा विभागमा विचाराधीन

ट्रेडमार्कको मुद्दा विभागमा विचाराधीन

37 mins पहिले
सत्ता टिकाउनका लागि रेशम चौंधरीलाई आममाफी दिइयो : कांग्रेस नेता कोइराला

सत्ता टिकाउनका लागि रेशम चौंधरीलाई आममाफी दिइयो : कांग्रेस नेता कोइराला

46 mins पहिले
मधेसका ८ जिल्लामा मिटर ब्याजीविरुद्ध १८ हजार ७१ उजुरी, ७ जना पक्राउ

मधेसका ८ जिल्लामा मिटर ब्याजीविरुद्ध १८ हजार ७१ उजुरी, ७ जना पक्राउ

48 mins पहिले
सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भण्डारी ५ दिनदेखि सम्पर्कविहीन

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भण्डारी ५ दिनदेखि सम्पर्कविहीन

50 mins पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh