जन प्रभाब – सम्बादाता प्रकाशित मिति -२०७७ बैशाख ९ गते. काठमाडौं । समाजवादी पार्टीले सरकारले जारी गरेको अध्यादेशलाई राजनीतिक पार्टीहरूलाई आर्थिक चलखेल गरी फुटाउनका लागि ल्याएको जनाएको छ। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक दहरूसँग सम्बन्धित अध्यादेशले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र लोकतन्त्रलाई समाप्त पारी देशलाई ठूलो दुर्घटनामा पार्ने समाजवादी पार्टीको भनाइ छ।
‘यसले नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त सघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई धरापमा पार्ने र सिंगो मुलुकलाई नै द्वन्द्व र अस्थिरतातर्फ धकेल्नेछ। यसलाई सरकारले फिर्ता लिनुपर्दछ,’ पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !