Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

काठमाडौंबाट कुम्लो, कुटुम्बो बोकेर हिड्दै मधेस जाने मजदुर, गरीबहरु देख्दा बडो भावुक हुन्छु – अध्यक्ष प्रचण्ड


जन प्रभाब-२०७७ बैशाख ५ गते.
काठमाडौं । पहिलो कुरो के हो भने हामीले देशमा ठूला ठूला राजनीतिक परिवर्तन गर्न पनि राजनीतिक सहमति, समझदारीको आधारमा सम्भव भएको हो । किनकी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म देशलाई ल्याई पुर्याउनको लागि राजनीतिक दलहरुको भूमिका, नागरिक समाजको भूमिका, पत्रकारहरुको भूमिका र आम नेपाली जनताको भूमिका ईतिहासमा स्थापित भई नै सकेको छ । अब यसमा मेरो के कति योगदान रह्यो भन्ने कुरा ईतिहास र जनताले मूल्यांकन गर्ने कुरा हो । मलाई खुशी के मा छ भने त्यो राष्ट्रिय सहमति बनाउन र एउटा ऐतिहासिक परिवर्तनतिर देशलाई लैजानको लागि भूमिका खेल्ने, योगदान गर्ने अवसर मलाई प्राप्त भयो । म त्यसमा आफूलाई गर्वको महशुस गर्दछु ।

दोस्रो, देशमा राष्ट्रिय विपत्तिका स्थितिहरु यो बीचमा पनि आए । चाहे महाभुकम्पको कुरा होस् । कहिले ठूला–ठूला पहिरो र बाढीका कारणले भएको क्षति होस् । त्यो सबैमा मैले आफ्नो तर्फबाट कहिले प्रधानमन्त्रीको रुपमा र कहिले विपक्षी दलको नेताको रुपमा राष्ट्रिय सहमति बनाउन सबैलाई संगै लिएर जानको लागि मैले भूमिका खेल्ने अवसर प्राप्त गरें । मलाई त्यसमा पनि गर्व छ । र, अझ महत्वपूर्ण राजनीतिक कुरा के हो भने देशमा संविधान घोषणा गराउन, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा गराउने कुरा निकै चूनौतिपूर्ण कार्य भएको थियो । त्यसमा राजनीतिक दलहरुका बीचमा सहमतिबिना संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा गराउन सम्भव थिएन । त्यतिवेला पनि मैले यो परिवर्तनको निम्ति ठूलो जोखिम र आन्दोलनको नेतृत्व गरेको नाताले र संविधानसभामा पनि एउटा महत्वपूर्ण उपस्थितिको नाताले मैले भूमिका खेल्ने अवसर प्राप्त गरें । मैले त्यतिवेला भएका प्रमुख राजनीतिक दलका नेताहरु कसैलाई प्रधानमन्त्री, तपाईलाई नै म समर्थन गर्छु भनेर पहिले नै एउटा प्रतिबद्धता व्यक्त गरें । कतिलाई मैले राष्ट्रपतिमा म समर्थन गर्छु भनेर भनेको थिएँ । र, यो सबै समझदारी बनाएर संविधान घोषणा गराउने सफलता पनि हामीलाई प्राप्त भयो । म त्यसमा पनि गर्व गर्दछु ।

मुख्य चूनौति त देशलाई निर्वाचनतिर लगेर देशलाई लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा जान्छ कि जाँदैन ? संविधान त घोषणा भयो, निर्वाचनतिर सिंगै राष्ट्र जान्छ कि जाँदैन ? किनकी मधेश, पहाड र हिमाल सबै ठाउँमा बस्ने जनसमूदाय यो निर्वाचन प्रक्रियामा, लोकतान्त्रिक प्रक्रियामा, शान्तिपूर्ण रुपमा सहभागी हुन्छन् कि हुँदैनन् ? निकै नै ठूलो प्रश्न थियो त्यो । मलाई लाग्छ तपाईहरु पत्रकारहरुलाई राम्रोसँग थाहा छ । मैले त्यस्तो बेलामा दोस्रोपटक प्रधानमन्त्रीको हैसियतले मधेशका जनतालाई पनि विश्वासमा लिएर, पहाड, हिमाल सबैका जनतालाई भरोसामा लिएर सबैसँग सहकार्य गरेर चुनावी प्रक्रियामा मैले देशलाई लान मलाई सफलता प्राप्त भयो । त्यसमा मलाई खुशी छ । गर्व छ । अब अहिले यो पछिल्लो कारोनाको संक्रमणको महामारी छ, यो विश्वव्यापी रुपमा देखिएको छ । यो त सानो कुरो छैन । धेरै नै ठूलो कुरा छ ।

मानव जातिको ईतिहासमा एउटा ठूलो मोड भएको छ यो कोरोना भाइरसको संक्रमण, यसले अझ सबैभन्दा विकसित र शक्तिशाली भनिएका देशहरुमाथि जसरी कोरोनाले आक्रमण गरिराखेको छ । र, आक्रान्त पारेको छ । यसले धेरै धेरै प्रश्न उब्जाएको छ । हाम्रो विकासको मोडेलको बारेमा, हाम्रो अर्थ नीतिको बारेमा, हाम्रो राजनीतिक प्रणालीको बारेमा, हाम्रो खानपिनको बारेमा, हाम्रो संस्कृतिको बारेमा, हामीले विकास गरेको ग्लोब्लाईजेशन भूमण्डलीकरणको परिस्थितिको बारेमा यसले धेरै धेरै प्रश्नहहरु जन्माईदिएको छ । मलाई लाग्छ यसले अन्ततः नेगेटिभबाट पोजेटिभतिर जाने ईतिहासमा पनि, प्रकृतिमा पनि र मानव जातिको ईतिहासमा पनि, मान्छेको सोच्ने र चिन्तन गर्ने तरिकामा पनि त्यो विज्ञानले काम गरि नै राखेको हुन्छ । यो नराम्रो महामारी जो फैलिएको छ अहिले । यसले एउटा नयाँ विश्व व्यवस्था कायम गर्न, नयाँ अन्तर्राष्ट्रिय एकता कायम गर्न, नयाँ मानवीय सम्बन्ध र संवेदनालाई विकास गर्न मद्दत गर्छ भन्ने मलाई लाग्छ ।

यस दृष्टिबाट हेर्दा अहिले मैलेपनि आफ्नो ठाउँबाट यो महामारीकाविरुद्ध मानव जातिको एकताको लागि, नेपाली जनताको एकता, नेपालका सबै शक्तिहरुको एकताको निम्ति लगातार अपिल गरिरहँदा प्रधानमन्त्री मेरै पार्टीको प्रधानमन्त्रीसँग मेरो यो विषयमा कुनै विमति भएको म देख्दिन । हामी सबै मिलेर जानुपर्छ भन्ने कुरामा । अब कतिपय ईस्युहरुमा होला, तर अहिले त्यो ईस्युमा छलफल गर्ने यो बेला पनि होईन, हामीले बलियो एकताको प्रदर्शन गर्नुपर्छ । हामी सबै मिलेर यो महामारीविरुद्ध लड्ने संकल्प गर्नुपर्दछ । नेपाली जनताले बडो धैर्यताको साथ हामीलाई साथ दिईरहेका छन् । राजनीतिक नेतृत्वलाई जनताले अहिलेपनि साथ दिईरहेको स्थिति छ, त्यसलाई सुदृढ गर्नुपर्छ । यो बेलामा अन्य विषयमा कहिलेकाहीँ देखापर्ने बहसहरु र विवादहरुलाई अहिले अगाडि ल्याउन म विल्कुल चाहन्न । म पार्टी किनभने ठूलो पार्टी, हामीले ऐतिहासिक रुपले एकता गरेका छौं । र, त्यो एकताको नेतृत्व गर्नेमा म र केपी ओली दुई वटा अध्यक्ष भएरनै मुख्य पहल लिएको हुनाले यतिबेला म फेरि विवादका कुरा, विमतिका कुरातिर जान चाहन्न । जो मान्छेहरु त्यसरी जान्छन् या प्रचार गर्छन् । उनीहरुले बास्तवमा देशको, जनताको आवश्यकत्ता र भावनालाई बुझेका छन् जस्तो मलाई लाग्दैन । म चाहीँ अहिले त्यतातिर टिप्पणी गर्न चाहन्न ।

यो बेलामा धेरै समिक्षातिर लाग्ने पनि परिस्थिति होईन । हो, हामीले पहल गरेको हो । गठबन्धन बनाएको हो । चुनाव जितेको हो । हाम्रो सरकार छ । हाम्रो ठूलो जिम्मेवारी छ । र, यो बीचमा भएका राम्रा कामहरु र यो बीचमा भएका कमिकमजोरीका समिक्षा गर्नु पनि पर्छ । गल्ती भएका छन् भने सच्याउनु पनि पर्छ । त्यसमा कुनै द्धिविधा र दुईमतको कुरा हुँदैन । हामीले जे भनेर चुनाव लडेका थियौं । हामी सुशासन दिन्छौं । हामी भ्रष्टाचारलाई रोक्छौं । हामी जनतालाई विकास र समृद्धि दिन्छौं भनेर जे भनेका थियौं । हामी त्यही उद्देश्यमा अटल रहन सक्नुपर्दछ । तर, यी सबै विषयको समग्र समिक्षा गर्नेबेला चाहीँ अहिले होईन । अहिले अझै दृढ एकता प्रदर्शन गरेर कोरोनाको विरुद्ध विजयी हाँसिल गर्नुछ । यसको लागि हामीले आफ्नो सम्पूर्ण शक्ति लगाउने बेला हो । त्यसकारण म अहिले समिक्षातिर लाग्न चाहन्न ।

म भएको भए संयन्त्र बनाउँथे

मूलभुत रुपमा त समझदारी छँदैछ । अस्ति भर्खरै बसेको बैठकमा पनि हामीले पार्टी एकतालाई अझै सुदृढ गरेर लानुपर्ने हुन्छ । हामीले राष्टिय एकतालाई अझै सुदृढ गरेर लानुपर्ने हुन्छ । हामीले सबै दल र सबै पक्षसँग समझदारी बनाउनुपर्छ भन्ने कुरालाई अझै दह«ो बनाउने कुरा गरेका छौं । र, त्यसमा हाम्रो सहमति नै छ
अब मैले राष्ट्रिय सहमति आवश्यक छ भन्ने सन्दर्भमा प्रधानमन्त्रीकै नेतृत्वमा संयन्त्र बनाएर जान सकिने कुरा गरेको हो । तर, मैले त्यसो भन्दै गर्दा मैले साथ–साथै के पनि भनेको छु भने मुख्य कुरा सरकार हो । सरकारले बनाउने संयन्त्र, जो बनेको छ । त्यो ठीक छ । त्यसले नै काम गर्नुपर्छ । तर, राजनीतिक समझदारी र सहमति बनाउन प्रमुख प्रतिपक्षी दललगायतका दलहरुलाई पनि विश्वास लिएर जाने सन्दर्भमा मैले भनेको हो । मैले भनेको कुरा यदि सरकारलाई अहिले आवश्यक छैन भन्ने लाग्छ भने मैले फेरी जबरजस्ती गर्न खोजेको त होईन । मैले भन्ने त फेरि त्यस्तो बन्ने हो भनेपनि प्रधानमन्त्रीकै नेतृत्वमा हो है भनेको थिएँ । यदि म भएको भए त त्यसो गर्थें । तर, सरकार त अहिले हाम्रो अर्को अध्यक्ष कमरेड केपी ओलीको नेतृत्वमा छ । उहाँलाई जे सजिलो लाग्छ, त्यही गर्ने हो । तर, मुख्य कुरा राष्ट्रिय सहमित, राष्ट्रिय एकता बनाउन हामी सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ ।

मुख्य जिम्मा भनेको सरकार नै हुन्छ । यो कोरोनाको विरुद्ध लड्ने, राष्ट्रिय सहमति बनाउने, सबै शक्तिहरुलाई विश्वासमा लिएर जाने, पारदर्शी तरिकाले काम गर्ने, यो सबै जिम्मा सरकारको नै हुन्छ । अब त्यो कति भयो ? कति भएन ? भन्ने कुरा त जनताले र ईतिहासले समिक्षा गर्छ । मेरो विचारमा म त्यही पार्टीको अर्को अध्यक्ष हुनुको नाताले सरकारले मूलभूत रुपमा यो लकडाउनलगायतका अरु कार्यक्रमहरु समयमै ल्याएको छ । र, जनतामा यो रोगको संक्रमण हुनबाट रोकथाम गर्नतिर लागेको छ भन्ने कुरामा म प्रष्टै छु । तर, यसलाई अझै भोलि फेरी समस्या बढ्न पनि सक्छ । त्यसको निम्ति सबै शक्तिहरु राम्रो समझदारी बनाउने, सहमति गर्नेतिर लाग्नुपर्छ । तपाईले जोड गरेर हामीभित्र झगडा छ भनेर बनाउन चाहनुभएको छ भने तपाईले आज पाउनुहुन्न । हाम्रोभित्र राम्रो एकता छ । राम्रो एकता बनाउनुपर्छ । म चाहीँ पार्टीलाई अझै एकता गर्ने । देशलाई अझै एकतावद्ध गर्ने र यो संकटको सामाना गर्ने पक्षमा म बोलिराख्छु । म आफ्नो ठाउँबाट सकेको योगदान गरिराख्छु ।

अस्ति हामी सचिवालयको बैठक बसियो, मिडियामा थुप्रै कुराहरु आईराखेका थिए । स्वास्थ्य उपकरणको कुरा, औषधीको कुरा, के–के कुरा ? आएकै हो, हामी सबैले प्रधानमन्त्रीलाई र प्रधानमन्त्री आफैंले पनि भन्नुभएको थियो कि–यो के के भएको हो ? म छानबिनमा छु । दोषीलाई म छोड्दिन भन्नुभयो । हामी सबैले ल त्यसो गर्नुपर्छ भन्यौं । त्यो चाहीँ जिम्मा फेरी प्रधानमन्त्रीकै हो भन्ने कुरा भएको हुनाले हामीभित्र त्यस्तो कुनै विमति, समस्या भन्ने छैन् । मान्छेहरुले कृत्रिम ढंगले विमति छ भनेर प्रचार गर्यो भने त्यो सत्य हुँदैन् ।”

केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री, हामीबीच विमति छैन

सरकार परिवर्तनको अहिले सम्भावना छैन । त्यो कुरा टुँगिसक्यो । मैले प्रधानमन्त्री बन्नका लागि बाहिर चलखेल गरेको भन्ने आरोप बेकारको कुरा हो । त्यो सब चाहीँ मान्छेका मनोगत कुरा हो । बनको बाघले खानु कहाँ छ ? कहाँ ? मनको बाघले खाएजस्तो कसैलाई लाग्या होला । त्यो बेकारको कुरा हो । केपी ओलीजी नै पाँच वर्षको प्रधानमन्त्री हो । अहिले हामी सबै कोरोनाको विरुद्ध संघर्षमा छौं ।

कोरोनाविरुद्ध नेपालले विजय प्राप्त गर्छ

अहिले हामीले जसरी काम गरिराखेका छौं । यसको रोकथाममा नै जोड दिएका छौं । अनि यसलाई नियन्त्रण गर्ने र उपचार गर्ने तयारी पनि हामीले गरिराखेका छौं । त्यसकारण यसमा नेपालले सफलता हाँसिल गर्छ । नेपाली जनतालाई सफलता प्राप्त हुन्छ भन्ने कुरामा म विश्वास गर्दछु । र, अन्तर्राष्ट्रिय रुपमा, यद्यपी वैज्ञानिकहरुले र थुप्रै स्वास्थ्य विज्ञहरु यसमा लागिरहेका छन् । ती सबैको भनाईले यसको अझैपनि भ्याक्सिन पत्ता लागेको छैन् । जबसम्म खोप पत्ता लाग्दैन् । सम्पूर्ण रुपमा निर्मुल गर्न त गाह«ो हुन्छ भन्ने भनाईहरु पनि आईरहेको छ । तर, पुरै संसार लागेको हुनाले छिट्टै त्यस्तो भ्याक्सिन बन्छ र यो नियन्त्रण हुन्छ भन्ने कुरामा आशावादी भएर विश्वास गरेर नै हामी अगाडि बढ्नुपर्दछ ।

कोरोनाविरुद्धको लडाईमा सहकार्य जारी छ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि चिनफिसँग बडो नजिकबाट पटक–पटक बैठक गर्ने, छलफल गर्ने र अन्तरंग कुराकानी पनि गर्ने, अझ भारतको गोवामा त मेरो अन्तरंग कुरा गर्ने अवसर जुट्यो । र, यो त्रिदेशीय साझेदारीको बारेमा होस या हाम्रा दुवै छिमेकीसँग राम्रो सम्बन्ध विकास गर्ने बारेमा खुलेर कुरा गर्ने सन्दर्भमा मेरो विश्वासको गहिरो सम्बन्ध त दुवै नेतासँग बनेकै छ । र, मैले दोस्रो चोटी प्रधानमन्त्री हुँदाखेरि पनि दुवैतिर विशेष दूत पठाएर एउटा सन्तुलन कायम गर्ने, कता–कता एकपाखे हुन्छ कि नेपाल भन्ने चिन्ता त्यतिवेला मानिसहरुको मनमा थियो । तर, हामी त्यस्तो होईन । हाम्रो स्वतन्त्र परराष्ट नीति, असंलग्न परराष्ट्र नीतिको आधारमा हामी निर्देशित छौं । नेपाल यसबाटै निर्देशित छ ।

र, त्यहीअनुसार मैले पनि भारत र चीन दुवैसँग एउटा सकारात्मक, रचनात्मक विश्वासको सम्बन्ध बनाउने पहल गरें । र, त्यसले एउटा सकारात्मक सन्देश पनि दियो पनि । र, अहिले यहाँसम्म आउँदा हाम्रो सन्तुलित सम्बन्ध छ भन्ने मलाई लाग्छ । र, यो कोरोनाकै सन्दर्भमा पनि मैले भारतीय नेताहरुसँग पनि र चिनियाँ नेताहरुसँगपनि सहकार्यको निम्ति, मैले उहाँहरुले गरेको पहलको निम्ति बधाईपनि भनेको छु । र, सहकार्यको निम्ति आवश्यकत्ता छ । र, हामीलाई सहयोगको खाँचो छ । अहिले यो सन्दर्भमा अलिक उपकरण, औषधी, अरु साधन र स्रोतमा सहयोग गर्न सक्ने स्थितिमा चीन छ । अहिले विश्वमा अमेरिका कोरोनाबाट सबभन्दा बढि आक्रान्त भएको अवस्था छ । युरोप आफैं आक्रान्त भएको स्थिति छ । यो भाइरस चीनको वुहानबाट सुरु भयो । तरपनि चीनले मूलभूत रुपमा अहिले उसको अर्थतन्त्रको कारणले पनि होला, अमेरिकालाई पनि थुप्रो सहयोग गरेको छ । युरोपलाई सहयोग गरेको छ ।

अफ्रिकालाई सहयोग गरेको छ भने हाम्रो छिमेकी नेपाललाई त सहयोग नगर्ने कुरा भएन ? त्यसकारण मैले राष्ट्रपतिलाई नै चिठ्ठी लेखेर सहयोगको अपेक्षा पनि गरें । र, यो माथि मूलभूत रुपमा चीनले जो विजय प्राप्त गर्दै गईरहेको छ त्यसको निम्ति मैले बधाई पनि भनें । त्यस्तैगरि भारतीय नेताहरुलाई पनि मैले भनेको छु । खासगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जसरी सार्कस्तरमा सहकार्यको निम्ति भिडियो कन्फरेन्समार्फत पहल लिनुभयो । मैले उहाँलाई पनि बधाई भनेको छु । उहाँले जसरी रोकथामको लागि त्यति विशाल भारतमा जुन पहल लिनुभएको छ, त्यसको निम्ति पनि मैले उहाँलाई बधाई भनेको छु । र, सफलताको शुभकामना भनेको छु । र, हामी सहकार्यको निम्ति तत्पर छु । हाम्रो प्रधानमन्त्रीपनि यो प्रक्रियामा सहभागी हुनुहुन्छ भनेको छु ।

सरकार अब व्यावहारिक बनौँ

यो महामारीको प्रकृति हेर्दा यसको विश्वव्यापी स्थिति हेर्दा नेपालमा पनि विस्तारै खाली विदेशबाट आएकालाई मात्रै होईन, नेपालमै भएकालाई पनि संक्रमणका केही संकेतहरु देखिए, त्यसले गर्दा जतिसुके अप्ठ्यारो भएपनि लकडाउनलाई एउटा मुख्य हतियारको रुपमा हामीले प्रयोग गर्नैपर्ने देखिन्छ । अझै केही समय । अब त्यो सरकारले सबै स्थिति बुझिराखेकै छ । केही समय अझै हामीले धैर्यता लिर्नैपर्ने छ । केही समय पीडा भोग्नैपर्ने स्थिति छ ।

तर, दोस्रो कुरा दैनिक ज्यालादारी गर्ने, जनताको समस्याको सम्बोधन गर्ने उपाय, र केही मानिसहरु शहरबाट घर जान चाहन्छन्, तिनलाई उच्च सतर्कताका साथ घर जाने वातावरण बनाईदिने, किसानहरुको समस्यापनि सरकारले केही उच्च सतर्कताका साथ गरिदिने । व्यवहारिक पनि बन्नुपर्छ । यी दुई वटा कुरातिर हेरियो भने नेपाली जनताले फेरि पनि हामीलाई साथ दिन्छन् । नेपाली जनताहरु धेरै दुःख, कष्ट, विपद्हरु भोगेर आएका छन् । धेरै बलिदानीहरु गरेको जनता हुन् । नेपाली जनताले नबुझ्ने कुरा छैन् । यस्तो विषयमा नेपाली जनता संसारका सबैभन्दा सचेत जनताभित्र पर्छन् । यो कुरा बझेर मैले नेपाली जनताले सरकारलाई, पार्टीलाई र नेतृत्वलाई साथ दिन्छन् भन्ने विश्वास लिएको छु ।

चाहे त्यो अमेरिकामा होउन्, चाहे युरोपमा होउन् । चाहे मध्यपूर्वमा होउन् । जहाँ होउन् उहाँहरु यो समस्यासँग जुधिरहेका छन् । हामी नेपाली भएको नाताले संसारको जुनसुकै कुनामा बस्ने नेपालीहरुको समस्याप्रति गम्भिर छौं । कतिपय देशले तिमीहरु आफ्नो देश जाउ भनेको पनि सुनिन्छ । त्यस्तो अवस्थामा हामीले कुनै न कुनै उपाय अपनाउनुपर्छ । पार्टीहरुले, सरकारले र हामीले सोच्नुपर्ने हुन्छ । नेपालीप्रति हाम्रो विशेष दायित्व छ । यो बेलामा विभिन्न देशमा रहेका नेपालीहरुले आफ्नो अनुशासन पालना गरेर यसकाविरुद्ध जुध्नको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता प्रदर्शन गर्ने कुरामा पनि नेपालीहरुले एउटा उदाहरण प्रस्तुत गर्नुपर्छ । हामी सबैको आ–आफ्नो दायित्व छ । सबैले मिलेर यो समस्याको सामना गर्नुपर्छ ।”

काठमाडौंबाट हिँडेर सप्तरी, सुनसरी जाने भनेर मान्छेहरु बाटो लागेका छन् । कुम्लो, कुटुम्बो बोकेर हिँडेका छन् । त्यो देख्दा बडो भावुक पनि हुने गरेको छु । त्यसकारण ती सबै जनताप्रति, मजदुरहरुप्रति, गरिब जनताप्रति मेरो विशेष सहानुभूति छ । उहाँहरुलाई सरकारको तर्फबाट राहतको घोषणा पनि भएको छ । साथसाथै, मैले निजी क्षेत्रका व्यवसायीहरु, अलि पुँजीपतिहरुलाई यस्तो बेलामा, किनकी यो कोरोनाले त अहिले पुँजीपति पनि भनेको छैन्, मजदुरपनि भनेको छैन् । यो जातिपनि भनेको छैन् । त्यो जातिपनि भनेको छैन् । यो देशपनि भनेको छैन् । त्यो देशपनि भनेको छैन् । यो धर्मपनि भनेको छैन् । त्यो धर्मपनि भनेको छैन् । संसारका मानिसमाथि मात्रै त्यसले एकै ढंगले आक्रमण गरेको छ । कुन ठूलो पदको ? कुन सानो पदको ? भनेर पनि त्यसले भेद छुट्याएको छैन् । यस्तो बेलामा हामीले अलिकति मानवीय हृदय खोलेर त्यस्तो निजी व्यवसायीहरुलाई अगाडि आउन र मजदुर र सबै निमुखाहरुलाई सहयोग गर्न अलिक मुठ्ठी खोल्न मैले सुरुमा पनि अपिल गरेको थिएँ । म आजपनि फेरि भन्न चाहन्छु ।

के र छ त धन भनेको ? हामीले भुकम्पको बेलामा एकचोटी भोग्यौं । सब घर, बंगला भनेजति सब भागभाग भयो । हामी सबै चौरमा पुग्यौं । सबै टेन्टमा बस्यौं । भुकम्पले झण्डैझण्डै सबैलाई समाजवाद आयोजस्तो बनाईदियो भनेर हामीले नेगेटिभ्ली टिप्पणी गरेको पनि सुन्यौं । अहिलेपनि मान्छे मात्रैलाई एकतावद्ध होउ भनेर नेगेटिभ्ली सन्देश दिएको जस्तो फिल हुन्छ । तिमीहरु चाहीँ यो अहंकार नगर । धनी छु भनेर घमण्ड नगर । ठूलो पदमा छु भनेर घमण्ड नगर । तिमी केही नै होईनौं । तिमीहरु मान्छे सबै एउटै हौ भनेर शिक्षा दिएजस्तो लाग्छ । त्यो बुझेर चाहीँ त्यस्ता निजी व्यवसायीहरुले यो बेलामा मुठ्ठी खोल्नुपर्छ भनेर म अनुरोध गर्न चाहन्छु ।

प्रस्तुत विचार प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग अध्यक्ष प्रचण्डले व्यक्त गरेको विचारबाट सम्पादन गरि प्रकाशन गरेका हौँ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
मेयर नै यसरी कमाउन लागेपछि
जनप्रभाबन्युज विशेष

मेयर नै यसरी कमाउन लागेपछि

1 year पहिले
वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला
जनप्रभाबन्युज विशेष

वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला

1 year पहिले
पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो
जनप्रभाबन्युज विशेष

पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो

1 year पहिले
प्रसाईं सम्पर्कविहीन भएपछि राजावादीको कमाण्ड जगमान गुरुङलाई
जनप्रभाबन्युज विशेष

प्रसाईं सम्पर्कविहीन भएपछि राजावादीको कमाण्ड जगमान गुरुङलाई

1 year पहिले
पार्टी जिम्मेवारीमा फर्किए रास्वपा सभापति रवि
जनप्रभाबन्युज विशेष

पार्टी जिम्मेवारीमा फर्किए रास्वपा सभापति रवि

1 year पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh