Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

स्वास्थ्य सामग्री खरिदमा ‘चलाखी’ – सेनाको काँधमा बन्दुक राखेर भित्रभित्रै अर्कै खेल


प्रकाशित मिति -२०७७ बैशाख ५ गते !

काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथाम र उपचारका लागि ‘लकडाउन’ कार्यान्वयनमा छ । कोरोना फैलिन नदिन लकडाउन मुख्य हतियार भएपनि कोरोना भाइरस संक्रमितको पहिचान र उपचारका लागि स्वास्थ्य सामग्री अर्काे मुख्य हतियार हो ।स्वास्थ्य सामग्री खरिदमा सरकारीस्तरबाट भएका प्रयास विवादमा परेका छन् । सरकारले रातारात सार्वजनिक खरिद कानून विपरीत ओम्नी बिजनेश कर्पोरेसन इन्टरनेसनलसँग स्वास्थ्य सामग्री किन्ने सम्झौता गरेपछि विवाद भयो ।बजार मूल्यभन्दा महंगो र गुणस्तरहीन स्वास्थ्य सामग्री आएको भन्दै विवाद भएपछि सरकारले ओम्नीसँगको सम्झौता रद्द ग¥यो । ओम्नीले पहिलो चरणको स्वास्थ्य सामग्री आयात गरेपछि सम्झौता रद्द भएको थियो ।

कोरोना महामारीको बेला सरकारले कमिसनको लोभ देखाएको भन्दै जनस्तरमा चर्काे आलोचना भयो । आलोचना मत्थर गर्न र तत्काल स्वास्थ्य सामग्री आपूर्ति गर्न सरकारले चैत १६ गते सेनालाई खरिदको जिम्मा दिने निर्णय गरेको थियो । सेनालाई जिम्मा दिएको २ हप्ताभन्दा बढी समय भइसक्दा समेत स्वास्थ्य सामग्री खरिद हुन सकेको छैन ।स्वास्थ्य मन्त्रालय र अन्य सरकारले निकायले गर्नुपर्ने खरिदको काम राष्ट्रिय सुरक्षाको जिम्मेवारी बोकेको सेनालाई दिनु उपयुक्त नहुने बहस उतिबेलै चलेको हो ।

तर अहिले भित्रभित्रै अर्कै चलाखी देखिएको स्रोतले जनाएको छ । सेनालाई स्वास्थ्य सामग्री खरिदका विभिन्न प्रक्रियामा अल्झाएर निजी कम्पनीले स्वास्थ्य सामग्री आयात गर्न थालेका छन् । विदेशबाट निजी कम्पनीले स्वास्थ्य सामग्री नेपाल भित्र्याउने र निजी कम्पनीबाट सरकारले नेपालमै स्वास्थ्य सामग्री खरिद गर्ने खेल भइरहेको पाइएको छ ।

निजी कम्पनीले सामान ल्याए, सेना अलमलमा
स्वास्थ्य सामग्री खरिदका लागि सेना अलमलमा रहेका बेला शुक्रबार बिहान विभिन्न निजी कम्पनीले स्वास्थ्य सामग्री काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झारेका छन् । चीनको ग्वाङ्झाओबाट सामान लिएर नेपाल एयरलाइन्सका दुवै जहाज काठमाडौं पुगेका छन् । निजी क्षेत्रले नेपाल एयरलाइन्सका २ वटा जहाज भाडामा लिएर स्वास्थ्य सामग्री काठमाडौं ल्याएका छन् ।

नेपाली सेनाले जीटुजी प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिद गर्ने निर्देशन पाएपछि विभिन्न देशका राजदूतावासलाई पत्राचार गरेको थियो । सेनाले चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई स्वास्थ्य उपकरण र औषधि खरिद गर्न प्रस्ताव पठाएपछि भारत र चीनले सामग्री आपूर्तिमा रुचि देखाएका छन् । सरकारी स्वामित्वका औषधि कम्पनीबाट सामग्री खरिद गर्ने निर्णय भएपनि नेपाली सेना खरिद गर्ने सामग्री र औषधिको सूची तथा बजेट व्यवस्थापनमा अल्झिएको छ भने निजी कम्पनीले त्यसअघि नै सामग्री नेपाल भित्र्याइरहेका छन् ।
भित्रभित्रै अर्कै खेल !
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सरकारी निर्णय अनुसार यथाशीघ्र स्वास्थ्य सामग्री खरिद गर्ने जनाएका थिए । तर सेनाको खरिद प्रक्रियामा ढिलाइ हुँदै गएको छ ।‘स्वास्थ्य सामग्री खरिदमा सेनालाई पनि विवादमा ल्याउने खेल देखिँदैछ । खरिदमा ढिलाइ भए सेनालाई देखाएर आफू उम्किने र भित्रभित्रै निजी कम्पनीसँग कमिसनको साँठगाँठ गरेर नेपालबाटै सामान खरिद गर्ने रणनीतिमा स्वास्थ्य मन्त्रालय देखिन्छ,’ रक्षा मन्त्रालयको उच्च स्रोतले भन्यो, ‘सेनाको काँधमा बन्दुक राखेर कमिसन पड्काउने खेल भइरहेको छ ।’

स्वास्थ्य मन्त्रालयको खरिद प्रक्रिया विवादमा आएपछि सरकारले सेनालाई खरिदको जिम्मा दिएको थियो । कोरोना भाइरससँग लड्नुपर्ने बेला सरकारी निकायले नै आपसमा लडाइँ गरिरहेका स्रोतको दाबी छ । स्रोतका अनुसार महामारीको बेला आर्थिक लाभ लिन खोज्नेहरू निरन्तर सरकारी संयन्त्रको सम्पर्कमा रहेर सेनाको खरिद प्रक्रियामा ढिलाइ गर्न खोजिरहेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद
आर्थिक

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ

4 months पहिले
तोलामा २७ सयले घट्यो सुन
आर्थिक

तोलामा २७ सयले घट्यो सुन

4 months पहिले
कृष्णमार्गका लागि दश करोड बजेट सुनिश्चित
आर्थिक

कृष्णमार्गका लागि दश करोड बजेट सुनिश्चित

4 months पहिले
एआईजी थापा एनसीबी कन्फरेन्समा भाग लिन फ्रान्स प्रस्थान
अन्तर्राष्ट्रिय गुप्तचर , अन्तर्राष्ट्रिय सुरक्षा , Raw / NIA / isi

एआईजी थापा एनसीबी कन्फरेन्समा भाग लिन फ्रान्स प्रस्थान

4 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh