जन प्रभाब-२०७७ बैशाख ५ गते-सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीको बिचार यस्तो छ । आज मानव समाज माथी गम्भीर संकटको अवस्था छ, यस्तो अवस्थामा सवै एक जुट भई यो माहामारीबाट मानवीय क्षेति हुनबाट जोगौ र जोगाऔ।अहिलेको आवश्यक्ता लकडाउनको पूर्णपालना र अत्यावश्यक चिजवस्तुको कमि हुन न दिई सवै नागरिकको जीवन सुरक्षित बनाउन खाधान्न लागायतको उचित व्यवस्थापन।यसको जिम्मेवारी वूझ्न जरुरी छ, १)नागरिक जिम्मेवारी
२) राज्यको जिम्मेवारी
नागगरिकको जिम्मेवारी–
१)घरमा वसी रोग संक्रमण हुन न दिने कार्यमा सहयोगी भूमिका निर्वाह गर्ने
२) सवै छिमेकी, गाउलेहरुलाई सोही वमोजिम गर्न गराउन उत्प्रेरित गर्ने
३) भारत लगायत तेस्रो मुलुकवाट आई लुकि छिपि वस्नेवारे गोप्य र सही सूचना दिने
४)धार्मिक र परम्परागत कुनै पनि गतिविधीमा समावेश न हुने र हुनवाट रोक्न सवैलाई अनुरोध गर्ने
५) हाट वजारमा न जाने तथा हाटवजार संचालन हुन न दिन स्थानीय निकायलाई सहयोग गर्ने
६)कोरोना भाईरसवाट जोगिने उपायवारे सवैलाई सचेत गराउने र स्यंम सोको पालना गर्ने
७) स्थानीय निकाय र प्रशासनलाई सकारात्मक सहयोग र सुझाव दिने
८)गरिव दुखी र असहायलाई आवश्यक मानवीय सहयोग गर्ने, अफवाह न फेलाउने तथा यस्ता समाचारवाट जोगिने
९) यस घडीमा आवश्यक अन्य कार्यहरुमा सकृय रहने
राज्य पक्ष–
१) महामारीवाट आम नागरिकलाई जोगाउन पूर्णरुपमा कार्यन्वयनहुने ठोस रणनीति तयार पारी सोही वमोजिमको औष्धी उपचार र राहत दिने
२) स्थानीय निकायवाट प्रदान गरिने सेवा प्रभावकारी र विश्वासनीय बनाउने
३)अहिलेको आवश्यक्ता बूझि उपचारको व्यवस्थापनलाई वढी जोड दिनु पर्ने
४) राजनैतिक स्वार्थ छोडी राहत आशवश्यक भएकालाईमात्र राहत दिई वाकी रकम अस्पतालकोलागि आवश्यक उपकरण औषधी र स्वस्थ्यकर्मीको सुरक्षामा खर्च गर्नु पर्ने
५)महामारी लामो समय सम्मा कायम रहि रहन सक्ने हुदा अहिले रकम जोगाई राक्न आवश्यक रहेको देखिन्छ।
७)हाट वजार र अत्य आवश्यक चीज वस्तुको सप्लाईमा अत्यन्त द?यान दिनु पर्ने जसवाट आम नागरिक संक्रमणवाट जोगिन सकोस
८) क्वारेन्टाईन र आईसोलेसनको गुण स्तर बृदधी गरियोस, विमारीको पूर्णरुपमा नि:शुल्क उपचारको व्यवस्थापन हुनु आवश्यक
९)सवै सरोकारवाला सरकारी निकाय विच उचित समन्वय र सहकार्य
१०)सुरक्षाकर्मी र स्वास्थ्यकर्मिको मनोवल उच्चराखी आवश्य सुरक्षा उपकरण प्रदान गर्नु पर्ने ।

















