जन प्रभाब-२०७७ बैशाख ४ गते !
सिरहा । नेपाल, भारत दुवै देशमा लकडाउन रहेको छ । यस्तो बेला मानिसहरु हिड्न बन्देज छ । तर, सिरहाको नबराजपुर गाउँपालिका -५ स्थित दस गजा र गेहु खेतमा भारतबाट ल्याउँदै गरेको लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।
लकडाउनका वेला भित्रीबाटो प्रयोग गरी लागुऔषधको कारोबार गर्ने दुई कारोबारीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । नवराजपुर गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट सशस्त्र प्रहरीले लागूऔषध सहित दुई युवालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको गस्ती टोलीले नवराजपुर गाउँपालिका ५ कुसण्डीको नेपाल–भारत दश गजा क्षेत्रबाट भारतबाट नेपाल ल्याउँदै गरको एक जना सहित दुई जना पक्राउ परेको छ । दशगजाँमा चेकजाँच गर्ने क्रममा भरतबाट नेपाल आउँदै गरेको भारत मधुबनी जिल्ला लालमनिया ग्राम पन्चायत ८ को १५ वर्षिइ अबदुल हानानको साथबाट लागूऔषध रोस्कोफ डिएस १ सय एमएल ७ बोतल सहित प्रहरीले पक्राउ परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हेडक्वाटर सिरहाका प्रबक्ता तथा डिएसपी प्रेम बहादुर रावलले जानकारी दिए ।
सोही गाउँपालिका ४ पूर्व पश्चिम् हुलाकी राजमार्गको सोनबर्षा नहरनिया सडक खण्डम चेक जाँच गर्ने क्रममा भगवानपुर गाउँ पालिका ४ को १९ वर्षिय राम लक्ष्मण मुखिया पक्राउ परेको छ । पक्राउ परेको मुखियाको साथबाट लागूऔषध डाइलेक्स डिसी १सय एमएल ७ बोतल सहित पक्राउ परेको छ ।
पक्राउ परेको दुबै जनालाई आश्यक कार्वाही तथा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा पठाएको सशस्त्र प्रहरीले जानकारी दिए ।

















