प्रकाशित मिति-२०७७ बैशाख ३ गते .
जनकपुरधाम । प्रदेश -२ जिल्ला महोत्तरीको लोहारपट्टी नगरपालिका -८ मा एक हप्ता पहिले वितरण गरिएको साबुन र मास्क मध्ये म्याद सकिएको साबुन भेटिएको पाइएको छ ।
लोहारपट्टी नगरपालिका – ८ का वडा अध्यक्ष रामबाबू यादवको नेतृत्वमा वडाबासीलाई हात धुनका लागि उपलब्ध गराइएको सबै साबुनको म्याद गुज्रिएको स्थानीय फुलचन मुखियाले बताए ।
त्यहाँ अर्को चरणमा खाद्यान्न सामग्री पनि वितरण गरिने भएकाले उक्त सामग्री पनि एक्स्पायर हुनसक्ने भन्दै राहत लिने गरिब,मजदूर र विपन्न परिवारलाई अगाडी नै सचेत हुन उनले आग्रह गरेका छन् ।
यस सम्बन्धमा लोहारपट्टी नगरपालिकाका मेयर शैलेन्द्र यादवले आफुलाई पनि वडा नम्बर – ८ मा डेट एक्स्पायर साबुन वितरण गरिएको कुरा जानकारीमा आएकोले यस सम्बन्धमा छानविन गरिरहेको बताए ।
मुखियाले स्थानीय निकाय एवं सम्बन्धित सरोकारवालालाई डेट एक्स्पायर सामग्री वितरण नहोस् भन्नेतर्फ निगरानीका लागि अपिल गरेका छन् ।

















