काठमाडौं,बैशाख १ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को यो तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । छोरी ज्वाइँसँगै थारु समुदायका व्यक्तिले दिएको माटोको चुलोमा मासु भुट्दै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको हो ।
मुलुकमा चलेको १० वर्षे जनयुद्धको कठिन समयमा पनि बेलाबेलामा खाना पकाउने र अरुलाई खुवाउने गरेका प्रचण्ड शान्ति प्रक्रियामा आएपछि भने निक्कै व्यस्त बनेका थिए ।
लकडाउनका कारण उनले परिवारलाई धेरै समय दिन पाइरहेका छन् । परिवारका हरेक सदस्यसँग छलफल गर्ने, बिरामी श्रीमती सिता दाहाललाई सहयोग गर्न र अन्य क्रियाकलापमा समय दिन पाइरहेका छन् ।

















